पार्किङका विषयमा झगडा पर्दा एक व्यक्तिको आँखामा चक्कु प्रहार (विचलित बनाउने भिडियो)

साउन ५, २०७६

काठमाडौं – मेक्सिकोको पूर्वी भागमा एक व्यक्तिले अर्का व्यक्तिसँग गाडी पार्किङका विषयमा झगडा गर्ने क्रममा आँखामा चक्कु प्रहार गरेका छन् । पीडितले आँखामा चक्कु गाडिएको अवस्थामै आक्रमणकारीसँग झगडा गरेको भिडियो सार्वजनिक भएको छ ।

पीडितको नाम डोमिंगो मुनोज हो । घटनाको भिडियोमा उनले एउटा कपडाले आफ्नो रक्ताम्मे अनुहार पुसेको अनि सेतो टीशर्ट लगाएको व्यक्तिसँग कुरा गरेको देखिन्छ । आक्रमण गर्ने व्यक्तिको नाम अर्मान्डो बारागान हो र उनले मुनोजसँग एउटा शपिङ सेन्टरबाहिर झगडा गरेका थिए । 


ADVERTISEMENT

मुनोज छटपटिँदा आक्रमणकारी चाहिँ शान्त बसेको देखिन्छ भने नजिकै एउटा प्रहरीको कार पार्किङ गरिएको भेटिन्छ । मानिसहरूले स्तब्ध भएर झगडा हेरेको देखिन्छ । पुएर्तो दे भेराक्रुज नामक स्थानमा घटना भएको हो ।

बेकरी आइटमहरू बोकेको गाडीका चालकले मुनोजमाथि आक्रमण गरेका हुन् । उनलाई घटनास्थलमा उपचार गरेर पछि अस्पताल पठाइएको थियो ।

बारागानलाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।

एजेन्सी
 

साउन ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस