रेस्टुराँमा गएर ट्याक्सी जोतिएपछि ८ जना घाइते (भिडियो)

असार २७, २०७६

काठमाडौं – अमेरिकाको म्यानह्याटनमा बिहीवार दिउँसो एउटा पहेंलो ट्याक्सी रेस्टुराँमा गएर जोतिँदा आठजना घाइते भएका छन् । 

घटनाको भिडियो सार्वजनिक भएको छ । सीसीटीभी क्यामरामा देखिएको फूटेजमा ट्याक्सी सडकपेटीमा चढेको र वेस्टभिलस्थित हेल्स किचन नामक रेस्टुराँमा जोतिएको देखिन्छ । 


ADVERTISEMENT

पेटीमा हिँडिरहेका एक पैदलयात्रीलाई ट्याक्सीले ठोकेको थियो । उनी हूडमा हुत्तिए तर भाग्यवश उनलाई कुनै चोटपटक लागेन । 

घाइते भएकामध्ये कसैलाई पनि गम्भीर चोटपटक लागेको छैन । पाँचजनालाई अस्पताल लगिएको छ भने तीनजनाले उपचार गराउन चाहेनन् । 

ट्याक्सी चालक घाइते भएनन् । आफ्नो ट्याक्सीलाई अर्को गाडीले पछाडिबाट धक्का दिएकोले पेटीमा चढ्न पुगेको उनले बताए । 

एजेन्सी

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस