×

NMB BANK
NIC ASIA

उद्यमी नेता

मेयर सा’पको पौरख : राजनीतिसँगै थरिथरिका व्यावसायिक कृषि कर्म

असार २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुर – कुर्सीमा पुगेपछि कुर्सीमै टाँसिरहने प्रवृति नेपाली राजनीतिकर्मीमा हाबी छ । राजनीतिलाई नै व्यापार ठान्ने घातक प्रवृति उत्तिकै मौलाउँदो छ ।

Sagarmatha Cement
Muktinath Bank

तर कतिपय यस्ता पनि जनप्रतिनिधि छन्, जसले जीविकोपार्जनको पाटो राजनीति होइन, फरक क्षेत्रलाई बनाएका छन् । जसमध्ये एक हुन् कञ्चनपुरको बेलौरी नगरपालिकाका (प्रमुख) मेयर पोतीलाल चौधरी ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलौरी नगरपालिका–५ रामनगर बस्तीमा घर रहेका मेयर पोतीलालले घरसँगै रहेको जग्गामा एकसाथ व्यावसायिक बंगुरपालन, माछापालन, तरकारी खेती, जडीबुटी खेती गर्दै आएका छन् । जसबाट मनग्य आम्दानी समेत गर्दै आएको उनी बताउँछन् ।


Advertisment
Nabil box
Kumari

मेयर पोतीलालले भने, ‘राजनीति सेवा हो, व्यापार होइन । यसमा आश्रित हुने प्रवृत्ति मुलुकको लागि दूर्भाग्य हो । मेरो पारिवारिक जीविकोपार्जनको बाटो नितान्त कृषि पेशा नै हो । बस् मैलै परम्परागत खेतीपातीलाई व्यवस्थित गर्दै व्यावसायिक बनाउन खोजेको मात्रै हुँ ।’

Vianet communication
Laxmi Bank

संयुक्त परिवारमा बस्दै आएका उनी नगरपालिकाबाट घर फर्केलगत्तै घरपरिवारसँग कृषि कर्ममा खटिन्छन् । उत्पादित कृषि उपज उनका परिवारजन नजिकै रहेको बेलौरी बजारसम्म पुर्‍याउँछन् । परिवारलाई चाहिने तरकारी आफ्नै बारीमा उत्पादन गरिरहेका छन् भने बाँकी तरकारी बिक्रि गरेर बालबालिकाको शिक्षादीक्षालगायत घरका आवश्यकता परिपूर्ति हुने गरेको मेयर पोतीलालले सुनाउँछन् ।

स्थानीय स्तरमा निकै लोकप्रिय रहेका पोतीलाल तत्कालीन नेकपा माओवादीबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिकाको मेयरमा भारी मतले विजय भए ।

कार्यालय समयका साथै अन्य समयमा पनि जनताकै सेवामा समर्पित उनी जनताको सेवाबाट बाँकी रहेको समयलाई सदुपयोग गरी कृषि कर्ममा अगाडी बढेपछि पौरखी व्यक्तित्वको रुपमा पनि आफ्नो छवि बनाएका छन् ।

‘समय धेरै मूल्यवान छ । मूल्यवान समयलाई व्यवस्थापन गर्न सक्नुपर्छ । कार्यालयबाट फर्केपछि केही समयमा बेमौसमी तरकारी खेती, माछापालन र बँगुरपालन, जडीबुटीमा लाग्छु । परिवारका सदस्यहरूलाई सल्लाह सुुझाव दिन्छु,’ उनले अगाडि थपे ।

१८ वटा बंगुर, ५ हजार माछा, केही जग्गामा मेन्था, केमोमाइल प्रजातिको जडीबुटी खेती गरेको सुनाउँदै उनले खेतीमा परिवारको सदस्यहरूको राम्रो साथ र सक्रियता रहेको बताउँछन् ।

बजारमा नयाँ तरकारी नआउँदै उनले आफ्नो बारीमा बेमौसमी तरकारी फलाइसकेका हुन्छन् । अहिले उनको बारीमा लौकी, करेला, बोडी, भिन्डी, पर्वर लगायत तरकारी फलेका छन् । माछापोखरीमा माछा खेलिरहेका छन् भने माछापोखरीको ढिकमा रहेको बंगुरको खोरमा बंगुरका पाठापाठी हुर्किरहेका छन् ।

व्यावसायिक कृषि कर्मले उनको परिवारका सदस्यहरूलाई घरमै स्वरोजगार भएका छन् । ‘हामी (जनजाति) उसै पनि गरी खाने वर्ग हो । खाद्यान्न आफैं फलाउँछौ । किनेर वा मागेर खाएको अवस्थामा समाजमा अपहेलित हुने मानसिकता उत्तिकै बलियो छ । जुनकारणले निर्वाहमुखी कृषि पेशालाई व्यावसायिक बनाउँदै गएका छौं र बनाउनुपर्छ भन्दै अभियान पनि चलाउँदै आएको छु,’ उनले भने ।

बेलौरीका अधिकांश स्थानीय कृषि पेशामा नै आवद्ध छन् । कतिपयले मेयर पोतीलालबाट नै सिको गर्दै व्यावसायिक कृषि पेशालाई अगाडि बढाएको स्थानीय बताउँछन् । नगर क्षेत्रमा उत्पादित कृषि उपजको बजार स्थानीय बेलौरी बजार, पुनर्वास बजारका साथै कञ्चनपुरको छिमेकी जिल्ला कैलालीको धनगढी बजार पनि हो । 

कृषिलाई प्राथमिकता

बेलारी नगरपालिका कृषिको लागि सम्भावनाले भरिएको क्षेत्र हो । कृषि क्षेत्रलाई नगरपालिकाले आफ्नो बजेट कार्यक्रममा प्राथमिकतामा राख्दै आएको पाइएको छ ।

आर्थिक वर्ष २०७५/२०७६ मा कृषि क्षेत्रतर्फ करीब १ करोड बजेट विनियोजन गरेको नगरपालिकाले सबै कार्यक्रम सफलतापूर्वक गरेको जनाएको छ भने आर्थिक वर्ष २०७६/२०७७ को लागि पनि कृषि क्षेत्रको  विकासको लागि करीब १ करोड रुपैयाँको हाराहारीमा बजेट विनियोजन गरेको जनाएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल नेपाली कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणमा जोड दिँदै कार्यक्रम ल्याएको बताउँछन् । नगर क्षेत्रमा हालसम्म कृषि उपज भण्डार गृह र संकलन केन्द्र नरहेको बताउँदै उनले आर्थिक वर्ष २०७६/२०७७ मा नगरको बेलौरी, कलकत्ता र गोकुलपुरमा भण्डार केन्द्र र कृषि हाट बजार तथा संकलन केन्द्र स्थापना गर्ने योजना रहेको सुुनाउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x