×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री कार्यालयले नै गर्यो लेखा समितिको पटक–पटकको निर्देशनको अवज्ञा

असार २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले पटक–पटक ताकेता गर्दा समेत यहाँका मुख्यमन्त्री कार्यालयसहितका मन्त्रालयले मागिएको विवरण बुझाउन अझै अटेरी गरेका छन् । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आव २०७४/२०७५ मा यहाँका मन्त्रालयहरुले इन्धन खर्चमा व्यापक बेरुजु आएको थियो ।

Sagarmatha Cement
Muktinath Bank

सोही बेरुजुवारे मलेपाले औल्याएका विवरण प्रदेश सभाको सार्वजनिक लेखा समितिले विवरण माग गरेको थियो । तर अझैसम्म मागिएको पूर्ण विवरण बुझाउन आलताल गरेको समितिले जनाएको छ । समितिले गत चैत्र १० गते मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहितका मन्त्रालयहरुलाई महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको विवरण बुझाउन पत्रचार गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर बुझाउन अटेर गर्दा पुनः बैशाख १९ गते सो समितिले २४ घण्टाभित्र विवरण बुझाउन अल्टीमेटमसहितको निर्देशन दिएको थियो । तर हालसम्म पूर्ण विवरण नआएको समितिका सभापति कुमारी नन्द बमले जानकारी दिइन् । यसैबीच समितिले आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका मुख्य सचिव नारायण प्रसाद विडारी र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरत बहादुर बुुढाथोकी संग स्पष्टीकरण समेत सोधेको छ ।


Advertisment
Nabil box
Kumari

समितिको आइतबार बसेको बैठकले तेस्रो पटक पनि विवरण माग गर्ने निर्णय गरेको छ । समितिका सभापति बममे भनिन्–‘हामीले पटक–पटक मलेपा प्रतिवेदनले औल्याएका वितरण बुुझाउन निर्देशन दिएका छौ । तर हालसम्म बुझाउन अटेरी गरिएको छ । वेवास्ता गरिएको छ । अब मुख्यमन्त्रीसहितका सम्बन्धित मन्त्रालयका मन्त्रीलाई नै पत्रचार गरेर स्पष्टीकरण लिने निष्कर्षमा पुगेका छौ ।’

Vianet communication
Laxmi Bank

त्यस्तै, समितिका सदस्य भरतबहादुर खड्काले प्रदेश सरकारका मन्त्रीहरु समिति तथा प्रदेश सभाप्रति जवाफदेही नदेखिएको औल्याएका छन् । प्रदेशमा आर्थिक सुशासन कायम गर्ने समितिको दायित्व रहेको बताउँदै उनले २ पटक पत्रचार गरेको तर विवरण नआएकोले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरे ।

समिति सदस्य खड्काले भने, 'यो समिति ‘मिनी पर्लियामेन्ट’ हो । संविधानतः यो समितिले मुख्यमन्त्रीसहितका मन्त्रीसँग स्पष्टीकरण सोध्ने हैसियत राख्दछ । संसदप्रति उत्तरदायी देखिएका छैनन् । तर जवाफदेही हुनैपर्छ ।’

त्यस्तै, समितिको अर्की सदस्य चुनकुमारी चौधरीले पनि सरकार हालसम्म संसद तथा समितिप्रति उत्तरदायी नदेखिएकोले कडा रुपमा जाने बताइन् । वेवास्ता हुँदै गए उपसमिति गठन गरेर भएपनि सम्बन्धित विषयमा छानविन समेत गर्ने चेतावनी दिइन् । ‘सरकारले सुशासन विधेयक ल्याउने । तर आफैले ल्याएको विधेयक लागु नगर्ने ? सरकारले सबैभन्दा पहिले आफै तथा आफ्ना अंगहरुमा लागु गर्नपर्छ’, उनले अगाडी थपिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x