×

NMB BANK
NIC ASIA

खोज तथा उद्धारका सामग्रीसहित १५ हजार सेना परिचालित

असार २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- नेपाली सेनाले मुलुकभर बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि २२ जिल्लाका ४८ स्थानमा डुङ्गालगायत आवश्यक खोज तथा उद्धारका सामग्रीसहित विभिन्न युनिटबाट १५  हजार फौज परिचालन भएको जनाएको छ । 

Muktinath Bank

    परिचालित फौजले खोज तथा उद्धार, राहत वितरण, मेडिकल क्याम्प खडा गरी उपचार, कमला नदीमा बाँध बाँध्ने, थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्ध निर्माणलगायतका कार्यलाई निरन्तरता दिइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    सेनाले हवाई साधनबाट राहत सामग्री ढुवानी, पहिरो पन्छाई राजमार्ग तथा सहायक मार्गहरु सञ्चालन गर्ने कार्यलगायत अन्य मानवीय सहयोगका कार्यलाई तीव्रता दिएको निर्देशनालयमार्फत जारी विज्ञप्तिमा उल्लेख छ ।
 
    सेनाले शनिबारदेखि हालसम्म बाढी र पहिरोबाट अति प्रभावित क्षेत्रमा ४९५ जनाको सकुशल उद्धार गरेको छ भने बाढीरपहिरोमा परी मृत्यु भएका १२ जनाको शव निकालिएको र १५ जना बेपत्ता भएका व्यक्तिको खोजकार्यलाई जारी राखेको छ ।  


Advertisment
Nabil box
Kumari

    इलाम, धनकुटा, तेह्रथुम, काभ्रेपलाञ्चोक, भक्तपुर, रसुवा, रुपन्देही, बर्दिया र डोल्पामा खटिएका फौजबाट पहिरो पन्छाई खोज तथा उद्धार कार्यको अतिरिक्त अवरुद्ध सडकलाई सञ्चालन गर्ने कार्य भइरहेको छ ।
 
    यसैगरी मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सा, दाङ, ललितपुर र काठमाडाँैमा सेनाले खोजी तथा उद्धारको अतिरिक्त थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्ध निर्माण कार्यमा सहयोग पु¥याइरहेको छ ।

Vianet communication
Laxmi Bank

    सप्तरीमा सेनाले ८५ घरपरिवारलाई खाद्यान्नलगायतका राहत सामग्रीहरु वितरण गर्नाका साथै उदयपुरमा मेडिकल क्याम्प खडा गरी स्थानीयवासीलाई उपचारको प्रबन्ध गरेको छ भने बाढीबाट सिराहास्थित कमला नदीमा क्षति पुगेको हुँदा बाँध बाँधी क्षतिको जोखिमलाई न्यूनीकरण गर्न फौज खटिएको विज्ञप्तिमा उल्लेख छ ।
 
    सेनासँग भएका विपद्को समयमा प्रयोग हुने स्रोत, साधन तथा जनशक्तिसहित इटहरी, धनुषा र काठमाडाँैमा हेलिकोप्टर तयारी अवस्थामा रहनाको साथै प्रत्येक जिल्लामा तैनाथ युनिटमा आपत्कालीन उद्धार सामग्रीसहित तयारी हालतमा राखिएको छ ।

    साथै गृह मन्त्रालयबाट बाढी र पहिरो प्रभावित इलाकामा पठाउन तयार गरिएका पाललगायतका अन्य राहत सामग्रीहरु सेनाको हेलिकोप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x