ओम अस्पतालको सहकार्यमा महालक्ष्मी विकास बैंकको निशुल्क स्वास्थ्य शिविर

असार ३०, २०७६

काठमाडौं- महालक्ष्मी विकास बैंक लिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिवार ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

मधुमेह, स्त्री तथा प्रसुती रोग र रक्तचापको विशेष जाँच गरिएको सो शिविर सुकेधारा चोकमा आयोजना गरिएको थियो ।


ADVERTISEMENT

करीब तीन सय जनाले निशुल्क स्वास्थ्य जाँच गराएको उक्त शिविरमा बैंकको सुकेधारा शाखाले निशुल्क आवश्यक औषधि समेत उपलब्ध गराएको थियो । 

बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, बिरामी, गरीब तथा जेहेन्दार विद्यार्थीलाई  आगामी दिनहरूमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
 

असार ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस