×

NMB BANK
NIC ASIA

कांग्रेस र राजपाद्वारा संसद सचिवालयमा स्थगन प्रस्ताव दर्ता, आजै छलफल गर्न माग

असार ३०, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

काठमाडौं– बाढी पीडितको उद्धार र राहातमा ध्यान केन्द्रीत गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले सोमवार प्रतिनिधि सभामा स्थगन प्रस्ताव दर्ता गराएका छन् । 

Muktinath Bank

सर्लाहीमा भएका दुई वटा गोली काण्डको छानविनका लागि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गरेका कांग्रेस र राजपाले स्थगन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाढी पीडितको उद्धारमा ध्यान केन्द्रीत गर्न भन्दै कांग्रेस सांसद डा. मीनेन्द्र रिजाल प्रस्तावक र राजपाका राजकिशोर यादव समर्थक रहने गरी स्थगन प्रस्ताव दर्ता गरिएको हो । 


Advertisment
Nabil box
Kumari

प्रस्तावमा भनिएको छ, 'विगत पाँच दिन देखिको अविरल वर्षा र यसका कारण आएको बाढी, पहिरो र डुवानका कारण देशभरिका तीस भन्दा बढी जिल्लाहरुमा करिब पाँच दर्जन नागरिकले ज्यान गुमाउनु परेको, झण्डै त्यतिनै संख्यामा वेपत्ता भएको, सयौं नागरिक घाइते भएको, दशौं हजार नागरिक प्रत्यक्ष प्रभावित भएको, महत्वपूर्ण राजमार्गहरु अवरुद्ध भएको, विभिन्न स्थानमा विद्युत सेवा लगातार रुपमा अवरुद्ध भएको, कतिपय स्थानमा उद्दार कार्यमा संलग्न सुरक्षाकर्मी समेत सम्पर्क विहिन भएको, दशौं करोड मूल्य बराबरको घर, खेत, धनमाल, बालि नष्ट भएको वर्तमान अवस्थामा यस गम्भीर विषयमा हालसम्म नेपाल सरकारद्वारा संचालित उद्धार, राहत कार्यको प्रगति तथा प्रभावित क्षेत्रहरुको विद्यमान अवस्थाबारे प्रतिनिधि सभामा जानकारी लिने, प्रतिनिधि सभाका माननीय सदस्यहरुबाट प्रभावित क्षेत्रबारे सरकारलाई सूचना उपलब्ध गराउने, तीनै तह केन्द्र, प्रदेश र स्थानीय सरकारद्वारा संचालित उद्धार, राहत र त्यसपछिको पुनस्र्थापनाको एकीकृत कार्यक्रम निर्माण गर्न नेपाल सरकारलाई नीतिगत निर्देशन तथा आवश्यक सहयोग पुर्‍याउने तथा प्रतिनिधि सभाका माननीय सदस्यहरुलाई उद्धार, राहत र पुनस्र्थापनाको कार्यमा संलग्न गराउने व्यवस्था गर्ने उद्देश्यले यस अत्यन्त जरुरी सार्वजनकि महत्वको विषयमा आज मिति २०७६ आषाढ ३० गतेको बैठकमा छलफल गर्नका लागि प्रतिनिधि सभामा आज २०७६ आषाढ ३० गतेको लागि निर्धारित सबै कार्यक्रम स्थगित गरियोस् भनि प्रतिनिधि सभा नियमावलीको नियम ७८ को उपनियम ९१० को व्यवस्था बमोजिम स्थगन प्रस्तावको सूचना पेश गर्दछौं ।'

Vianet communication
Laxmi Bank

स्थगन प्रस्ताव बाहेक अन्य कार्यसूचीमा राखिएमा आफूहरूको अवरोध कायम रहने राजपा नेता लक्ष्मणलाल कर्णले लोकान्तरलाई जानकारी दिए । प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली २०७४ को नियम ७८ मा अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफल गर्न बैठकको कार्यक्रम स्थगित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने व्यवस्था छ । 

स्थगन प्रस्तावमा छलफल भएर बैठक स्थगित भएमा सांसदहरू बाढी पीडितको राहत र उद्धारका लागि जिल्लामा जान पाउने कर्णले बताए । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x