×

NMB BANK
NIC ASIA

इंग्ल्यान्डको जीतपछि बेन स्टोक्सले मागे न्युजील्यान्डसँग माफी

असार ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – क्रिकेट विश्वकपमा आइतवार सम्पन्न फाइनल जस्तो खेल बिरलै मात्र देख्न पाइन्छ । 

Sagarmatha Cement
Muktinath Bank

बेन स्टोक्स र इंग्ल्यान्डका लागि हिजो निकै भाग्यशाली दिन थियो । इंग्ल्यान्डले अन्तिम ओभरमा चार अतिरिक्त रन पाएर खेलमा फर्किन सफल भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिनै चार रनले आइतवार लर्ड्सको ऐतिहासिक मैदानमा न्युजील्यान्डलाई विश्वविजेता बन्न दिएनन् ।


Advertisment
Nabil box
Kumari

इंग्ल्यान्डलाई अन्तिम ओभरमा जीतका लागि १५ रन आवश्यक थियो । ओभरको तेस्रो बलमा छक्का हानेर स्टोक्सले तीन बलमा नौ रनको स्कोर बनाए । चौथो बलमा स्टोक्सले मिडविकेट बाउन्ड्रीमा प्रहार गरे र दुई रन लिन दौडिए ।

Vianet communication
Laxmi Bank

क्रीजमा पुग्नलाई उनले ब्याट घिसारे । त्यतिखेरै मार्टिन गप्टिलको थ्रो उनको ब्याटसँग ठोकियो र बल बाउन्ड्री लाइन पारि पुग्यो । स्टोक्स र इंग्ल्यान्डले यसरी एक बलमा ६ रन पाए । अब दुई बलमा तीन रन बनाए पुग्ने भयो । 
इंग्ल्यान्डले पाएको यो रन नियमअनुसार सही थियो । 

न्युजील्यान्डका कप्तान केन विलियमसनले यसमा दुःख प्रकट गरे । उनले म्याचपछि भने, ‘स्टोक्सको ब्याटमा गएर बल ठोकिनु लज्जाको कुरा हो । यसले नै खेलको दिशा परिवर्तन गरिदियो । यति महत्त्वपूर्ण क्षणमा यस्तो कहिल्यै नहोस् भनी म कामना गर्छु ।’

विलियमसनलाई उनको उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ द टूर्नामेन्ट दिइयो । 

न्युजील्यान्डको क्राइस्टचर्चमा जन्मिएका स्टोक्सले खेलपछि न्युजील्यान्ड टीमसँग माफी मागे । उनले भने, ‘अन्तिम ओभरमा बल मेरो ब्याटमा ठोकिएर सीमारेखापारि पुग्यो । यस्तो मैले सोचेकै थिइनँ । मैले केनसँग यसबारेमा धेरैचोटि माफी मागिसकेको छु । म यस्तो गर्न चाहँदिनथिएँ ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x