माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
असार ३०, २०७६
जनकपुरधाम – महोत्तरीको मनरा शिसवा नगरपालिकाका कतिपय गाउँ डुबानमा परेका छन् । जसको कारण हो – भारततर्फ पानीको निकास नै नहुनु ।
सीमावर्ती भारततर्फ निकास भएर जानुपर्ने पानी भारतीय बाँधले थुनिएपछि नेपाली भूभाग डुबानमा परेको हो । नगरपालिकाको वडा नम्बर १० स्थित मरुवाही, सक्री, मधवा, थरुवाही, बथनाहा लगायतका गाउँ डुबानमा परेका छन् ।
भारतले सीमावर्ती दशगजा क्षेत्रभन्दा १ सय मिटरको दूरीमा ठूलो उचाइको पूर्व–पश्चिम सडकले बाँध बनाएका कारण पानी निकास थुनिएकाले कतिपय गाउँ डुबानमा परेको मनरा शिसवा नगरपालिकाका प्रमुख सञ्जय सिंहले बताए ।
‘दशगजा क्षेत्रको सतहभन्दा १० फिटभन्दा पनि बढी उचाइमा बाँध बनाएका कारण पानीको निकास हुन समस्या भएको छ,’ प्रमुख सिंहले भने, ‘भारतीय पक्षले सडक बनाइरहेको भनेपनि सडकको नाममा बाँध नै बनेको हो ।’ केही दूरीमा बाँधमा भारतले स–साना पुल बनाएको छ तर पर्याप्त मात्रामा पानीको निकास नभएको प्रमुख सिंहले तर्क गरे ।
बाढी र डुबानको समस्या वर्षैपिच्छे आउने भएपनि नेपाल सरकारले समाधानको दीर्घकालीन उपाय ननिकाल्दा नेपाली नागरिक चुपचाप सहेर बस्न बाध्य रहेको उनले बताए । ‘समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीलाई भारत बिहारको समकक्षी काउन्टर पार्टको बैठकमा कुरा उठाउन जनप्रतिनिधिहरूले आग्रह गर्दै आएका छौं,’ उनले भने ।
महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका पनि डुबानको समस्या देखिएको छ । जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रका अनुसार नगरपालिकाको यस्तो कुनै वडा नै छैन, जहाँ घरघरमा पानी नपसेको होस् । जलेश्वर शहरमा २०७४ सालको बाढीभन्दा पनि ३ फिट बढी पानी सडकमा आएको मिश्रले बताए । उनका अनुसार सडकमा मात्रै ५ फिटभन्दा बढी उचाइसम्म पानी जमेको छ । विस्थापित भएका परिवारलाई उद्धार गरेर जलेश्वरको कन्या पाठशाला र प्रकौलीको क्याम्पमा राखिएको छ । राहत तथा खाद्य सामग्री वितरण गर्ने काम जारी छ ।
जलेश्वरबाट दक्षिण भारततर्फ निकास हुनुपर्ने पानी नभएकाले नेपालतर्फ डुबान भएको उनले बताए । ‘दशगजासँगै टाँसिएर भारतले आफ्नो भूभागमा ‘एसएसबी सडक’ बनाउने नाममा बनाएको बाँधका कारण पानीले निकास नै पाएन,’ जलेश्वर नगरपालिकाका प्रमुख मिश्रले भने, ‘समस्या सामान्य होइन, दुवै देशको प्रधानमन्त्रीको तहबाटै समाधान गरिनुपर्छ ।’
स्थानीय स्तरमा प्रमुख जिल्ला अधिकारी वा सुरक्षाकर्मीले कुरा गरेर समाधान गर्ने विषय नै नभएको नेपाल रेडक्रस महोत्तरीका अध्यक्ष दिपक मिश्रले बताए । ‘दुवै देशको उच्चस्तरीय वार्तामार्फत मात्र समस्या समाधान हुनसक्छ,’ रेडक्रसका अध्यक्ष मिश्रले भने, ‘समाधान गर्ने हो भने अहिल्यै पनि केही भएको छैन, वैकल्पिक उपाय पनि छन् ।’ भारतले अहिले बनाइरहेको बाँधमा माटो मात्र भरेका छन्, कालोपत्रे नै गरी नसकेको हुनाले अझै पनि दुवै देशका प्रधानमन्त्री स्तरमा कुराकानी भयो भने विकल्प निकाल्न सकिने जलेश्वर नगरका प्रमुख मिश्रको पनि तर्क छ ।
रौतहटको सदरमुकाम गौर लगायत सीमावर्ती क्षेत्रका विभिन्न भूभाग पनि डुबानमा पर्यो । प्रदेशको ८ जिल्लामध्ये सबैभन्दा बढी क्षति रौतहटमै भएको अनुमान गरिएको छ । भारततिर पानी निकास हुन नपाउनु नै डुबान र क्षतिको कारण हो । ‘पहिले–पहिले पानी सहजै निकास हुन्थ्यो तर अब भारतले धेरै ठूलो उचाइको बाँध बनाएका कारण पानीले निकास नपाएपछि नेपाली भूभागमै थुनिएर गौर लगायत विभिन्न गाउँ लामो समय डुबानमा परेका छन्,’ रौतहट रेडक्रसका अध्यक्ष सञ्जिव मल्लिकले भने ।
गौर पूरै डुबानमा परेर शहर नै बग्ने स्थिति आएपछि मात्र भारतीय पक्षले २ वटा सुलिस गेट (ढोका/फाटक) खोलेको र बिस्तारै पानीको सतह कम हुँदै गएको मल्लिकले लोकान्तरलाई बताए । नेपालको बाग्मती नदी र लाल बकैया नदीमा आउने पानीको निकास रोक्नका लागि भारत सरकारले बैगिर्नियामा तटबन्ध निर्माण गरेको छ ।
मल्लिकका अनुसार २० फिटको उचाइमा बनाइएको बाँधका कारण गौरसहित अन्य भूभाग डुबानमा परेको हो । बकैया नदीतर्फ २ वटा र बाग्मती नदीतर्फ ३ वटा गरेर ५ वटा सुलिस गेट भारतले बनाएको छ ।
डुबानको समस्या समाधान गर्न सरकारले कूटनीतिक तहमै भारतसँग संवाद गर्नुपर्ने मल्लिक बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशका नागरिक र भूभागको हितमा काम गर्न समकक्षीसँग संवाद थाल्नुपर्ने उनले बताए ।
कार्यान्वयन नभएको ओलीको त्यो ‘हावादारी’ भाषण
प्रधानमन्त्री केपी शर्मा ओलीले २ नम्बर प्रदेशको प्रदेश सभामा विशेष सम्बोधन गर्दा तराईको बाढी तथा डुबानमा पर्ने विषयलाई भारतसमक्ष प्राथमिकताका साथ उठाएको बताएका थिए । ‘आफू भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आँखामा आँखा जुधाएर भारतले बनाइरहेको तटबन्ध तथा बाँध निर्माणको विषय उठाएको छु,’ प्रधानमन्त्री ओलीले प्रदेश सभामा भनेका थिए, ‘नेपालको भूभाग तथा नागरिकको अहितमा बनिरहेको बाँधको समस्या समाधान गर्न मोदी तयार भएका छन् ।’
दुवै देशका प्राविधिक विज्ञ समेतको टोलीलाई परिचालन गरेर समस्या सधैंका लागि समाधान गर्न भारत तयार रहेको समेत उनले बताएका थिए । प्रधानमत्री ओलीले बडो गौरवका साथ त्यसो भनिरहँदा उनको अनुहारमा मुस्कान समेत देखिएको थियो । प्रधानमन्त्री ओलीले प्रदेश सभामा प्रदेश सरकारका प्रतिनिधि र प्रदेश सांसदसामु त्यसो भनेको पनि १ वर्षभन्दा बढी समय बितिसकेको छ तर समस्या समाधानको दिशामा हालसम्म कुनै काम नै अगाडि बढेको देखिँदैन ।
प्रधानमन्त्री ओलीले प्रदेश सभामा सम्बोधन गरेयता जनकपुरमा नै मोदी र ओलीबीच भेट वार्ता समेत भएको छ । त्यति मात्रै होइन, ओलीले पनि भारत भ्रमण दोहोर्याइसकेका छन् । बिमस्टेक बैठकमा पनि ओली र मोदीबीच भेटवार्ता भइसकेको छ तर बाढी र डुबानको समस्या ज्यूँको त्यूँ छ । डुबानमा परेका तराईका अधिकांश बस्ती अहिले ओलीको त्यो ‘हावादारी’ भाषण सम्झेर निराश भएका छन् ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...