×

NMB BANK
NIC ASIA

भारतबाट विद्युत् आयात घटाइयो, कुलेखानी पूर्णक्षमतामा चलाइँदै

असार ३०, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

काठमाडौं- पछिल्ला दुई वर्षदेखि भरिन नसकेको मकवानपुरमा रहेको इन्द्रसरोवर असारमा नै भरिएको छ । जलाधार क्षेत्रमा अत्यधिक वर्षा भएपछि नेपाल विद्युत् प्राधिकरणको ‘पावर ब्याङ्क’ का रूपमा रहेको कुलेखानी जलाशय भरिएपछि सरकारले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरणले नियमितरूपमा विद्युत् उत्पादन गरेर वा अन्य जुनसुकै उपाय अवलम्बन गरेर भए पनि जलाशयको पानी घटाउने तयारी गरेको छ । सो जलाशयमा हाल दुई आयोजना सञ्चालनमा छन् ।

Sagarmatha Cement
Muktinath Bank

कुलेखानी पहिलोबाट ६० र दोस्रोबाट ३२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । दुईवटै आयोजना पूर्ण क्षमतामा चलाउँदासमेत एक घण्टामा तीन सेन्टिमिटर मात्रै पानी घट्नेछ । तर जलाधार क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण ६० सेन्टिमिटर पानी थप भएको छ । गत वर्ष वर्षभरिमा जलाशयमा पानीको सतह एक हजार ५२६ मिटर रहेकामा यस वर्षको असार ३० गते अर्थात् आज बिहानसम्म सोही क्षमतामा पुगेको छ । प्राधिकरणका अनुसार आज बिहान ५ः३० मा पानीको सतह बढेर एक हजार ५२६ मिटर पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जलाशयमा अधिकतम एक हजार ५३१ मिटरसम्म मात्रै पानी भण्डारण हुनसक्छ । त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन-चार दिनमै जलाशयमा पानीको सतह करीब २० मिटर बढेको छ । जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो र दोस्रो आयोजना पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । “पानी पर्न भर्खर शुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महीनाअगाडि नै भरियो”, उहाँले भन्नुभयो, “विगतमा बर्खामा कुलेखानी विद्युत्गृह चल्दैन थियो, अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाई भारतबाट आयात भइरहेको विद्युत् आयात घटाइएको छ ।” कुलेखानी पहिलो विद्युत्गृह पूर्ण क्षमतामा चलाउँदासमेत सामान्य मात्रामा मात्रै पानीको सतह घट्ने छ ।


Advertisment
Nabil box
Kumari

कुलेखानीमा बर्खाको पानी जम्मा गरी मुख्यरूपमा विद्युत्को अत्यधिक माग हुने हिउँदमा मात्रै चलाउने ‘पावर ब्याङ्क’ आयोजना हो । विद्युत्को आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । जलाशयको पानीलाई क्रमशः नियन्त्रितरूपमा निकास दिइने भएकाले आत्तिइहाल्ने अवस्था नभएको प्रवक्ता अधिकारीको भनाइ छ । जलसतह बढ्ने क्रममा रहेकाले जलाशयको पानीलाई क्रमशः घटाएर नियमित राख्ने प्रयासमा प्राधिकरण रहेको छ ।

Vianet communication
Laxmi Bank

प्राधिकरणले हाल ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत मात्रै करीब १५० मेगावाट विद्युत् आयात गरिरहेको छ । अविरल वर्षाका कारण तराईमा विद्युत् माग घटेको छ । अहिले मुलुकभरको विद्युत्को माग करीब ६०० मेगावाट मात्रै छ । प्रवक्ता अधिकारीले विहारबाट आयात गरिने विद्युत् पूर्णरूपमा बन्द गरिएको जानकारी दिनुभयो । उहाँले ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट समेत २५० मेगावाट बढी विद्युत् आयात भइरहेकामा त्यसलाई घटाएर करीब १५० मेगावाटमा सीमित गरिएको छ ।

सतर्क रहन आग्रह प्राधिकरणले कुलेखानी जलाशय भरिँदै गएका कारणले पानी निकासका लागि बाँधको ढोका खोल्नुपर्ने अवस्था आउनसक्ने भएकाले सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । कुलेखानीको पानी वाग्मती नदीमा गएर मिसिन्छ । “जलाशयको पानीको सतह घटाउन जलाशयलाई पूर्ण क्षमतामा चलाइरहेका छौँ, यसबाट पनि नघटेमा पानी ‘स्पिल वे’बाट बाहिर जाने गरी व्यवस्था मिलाइएको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “त्यसो गर्दा पनि पानीको सतह बढेर जलाशयको क्षमताले नभ्याउने भएमा बाँधमा रहेका ढोका खोलेर पानी बाहिर निकाल्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्छ, यसबाट बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने वाग्मती नदीमा बाढी आउनसक्ने भएकाले त्यस आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दछु ।”

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले जलाशय भरिएकाले बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने अवस्था आएको जनाएको छ । केन्द्रले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । रमेश लम्साल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x