×

NMB BANK
NIC ASIA

बाढीको त्रासमा रातभर जाग्राम !

असार ३०, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कैलाली - जब वर्षायाम शुरु हुन्छ तब कैलालीका धेरैजसो ठाउँका बासिन्दाको मुटु काँप्छ । उनीहरू वर्षेनी आउने बाढीबाट त्रसित छन् ।

Muktinath Bank

बाढी आउला कि भनेर नदी किनारमा रातभर पालैपालो जागाराम बस्छन् । वर्षा हुन थाल्यो भने स्थानीयवासी नजिकै रहेको नदीको बहाव हेर्न पुग्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यदि रातिको समयमा वर्षा भइरहेको छ भने उनीहरू पालैपालो रातभरी जाग्राम बसेर नदीको बहाव हेर्ने गर्छन् । विगतका वर्षमा बाढीबाटपीडित बनेका घोडाघोडी नगरपालिका–१० खल्ला गाउँका दिलीपसिंह बोहरा पानी पर्न थालेपछि कान्द्रा नदीमा आएको बाढीले सुतिरहेको समयमा आफ्नो घर बगाएको पीडा सम्झिन्छन् ।


Advertisment
Nabil box
Kumari

उनी भन्छन्, 'पानी पर्न थाल्यो की मुटुले ठाउँ छाड्न थाल्छ । विगतमा घर बगाउँदा राम्रोसँग सुत्न, खान नपाएको पीडा फेरि बल्झन्छ कि भनी पिर लागेर आउँछ ।'

Vianet communication
Laxmi Bank

बाढीको त्रासमा रहेको यसक्षेत्रका अधिकांश पुरुष तथा युवा रोजगारीका लागि भारतलगायत विभिन्न मुलुकमा रहेका कारण महिला, वृद्ध तथा बालबालिका मात्रै गाउँमा छन् । घुम्नि भाकलका रिताकुमारी थारुले भनिन्, 'घरका पुरुष जति धन कमाउन परदेशमा हुन्छन् । यहाँ हामी बाढीको त्रासमा छौँ । कसैले हाम्रो पीडा सुन्दैनन् । पानी पर्ना साथ मुटुले ठाउँ छाड्छ ।'

बमढीबाट प्रभावित घोडाघोडी–९ रत्तिपुरका बासिन्दा पनि वर्षा शुरु भएसँगै त्रसित हुने गर्छन् । उनीहरूको पीडा पनि उस्तै छ । चुरेको सिरानमा रहेको यस गाउँका बासिन्दा बाढी आउने डरले जाग्राम बस्ने गरेको पिडा सुनाउँछन् । स्थानीयवासी श्याम चौधरी वर्षायामसँगै हरेक वर्ष बाढीले गाउँ डुबाउने गरेको बताए ।

सधैँ बाढीको समस्याबाट गुज्रिएका यहाँका बासिन्दाले बस्ती स्थानान्तरणको माग गर्दै आएका छन् । विसं २०६८ को बाढीबाट घरबारबिहीन भएका घुम्निभाकलका दिलबहादुर नेपालीले भने, 'सधैँ यही बाढीको समस्या आइरहन्छ । हरेक वर्ष झै यसवर्ष पनि हामी गाउँले मिलेर तीन सय मिटर लामो जैविक तटबन्ध निर्माण गरेका छौं । तर, प्रत्येक वर्ष गाउँले बनाउने तटबन्ध बाढीले बगाउने गरेको छ ।'

विगतका कैयौँ वर्षदेखि निरन्तर बाढीको चपेटामा पर्ने भजनी नगरपालिकाको लालबोझीका बासिन्दा पनि बाढीको डरले रातभर सुत्दैनन् । स्थानीयवासी हरिराम चौधरीले भने, 'वर्षेनी बाढी आउँछ हामी आफ्नो ज्यान त जसोतसो गरेर जोगाउँछौ तर, आफ्नो ज्यान जोगाउने ध्यानमा कहिलेकाहीँ बस्तुभाउ र अन्नबाली जोगाउन सक्दैनौं ।'

घोडाघोडीका नगर प्रमुख ममताप्रसाद चौधरीले कान्द्रा नदी किनारको बस्ती बचाउने गरी गुरुयोजना बनाएर काम गर्न नगरपालिकाले पहल गरिरहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x