×

NMB BANK
NIC ASIA

बन्दी फरार भएपछि प्रहरी जवान निलम्बनमा

असार ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बाँके-खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट तीन जना बन्दी नाटकीयरुपमा फरार भएपछि प्रहरी जवान शम्शेर थापामगरलाई निलम्बन गरिएको छ । घटनाका समयमा थापामगर हिरासतको सुरक्षामा खटिएका थिए । 
    
शनिबार मध्यरातमा शौचालयको झ्याल फोडेर सार्वजनिक सुरक्षा अपराधअन्तर्गत पक्राउ परेका खजुरा–३ का निर्मल थापा र उज्वल कार्की तथा लागुऔषधसहित पक्राउ परेका स्थानीय सिमन विक छन् । उनीहरु ११ फिट अग्लो हिरासतमा रहेको फलामे झ्याल फोडेर भागेका थिए । 
    
दुई दिनअघि मात्र पक्राउ परेका विकसँग प्रहरीले लागुऔषध ब्राउनसुगर बरामद गरेकाले आइतबार म्याद थप गराएर थप अनुसन्धान गर्ने प्रक्रियामा थियो भने यही असार २३ गते पक्राउ परेका थापा र कार्कीको पाँच दिनका लागि म्याद थप गरिएको थियो । भाग्ने तीनै जना २० वर्ष भन्दा कम उमेरका रहेका प्रहरीले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

हिरासतमा रहेका पाँचमध्ये एकजना बिरामी भएपछि अस्पताल पु¥याइएको थियो भने गम्भीर अपराधका अर्का एकजना हिरासतमै सुतिरहेका थिए । इप्रका धनौलीमा प्रमुखका रुपमा रहेका प्रहरी निरीक्षक मख्खनप्रसाद यादव शनिबारदेखि बिदामा थिए । निमित्त इञ्चार्जको जिम्मेवारी लिएका प्रहरी नायब निरीक्षक चक्रबहादुर खत्रीले घटनाबारे केही बताउन चाहेनन् । 
    
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले घटनाको पुष्टि गर्दै हिरासतको सुरक्षामा खटिएका जवानलाई निलम्बन गर्दै थप अनुसन्धान अघि बढाइएको बताए । उनीहरुलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x