पुस २६, २०८०
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
बुटवल – रूपन्देही र आसपासका बस्तीहरू सिञ्चित गर्ने र पानीको स्रोत बचाइराख्ने प्राकृतिक सम्पदा तिनाउ नदी हो । यो नदी बुटवल शहर भएर बग्छ ।
पछिल्ला ८–१० वर्ष नदीको प्राकृतिक बहाव क्षेत्रमा खेलाची गरेर संरचना खडा गरी अव्यवस्थित बस्ती निर्माण भएका छन् ।
सरकारले भवन निर्माण संहितामा नदी र खोलाले बनाएको बगरमा भवन निर्माण गर्न नहुने गरी मापदण्ड बनाएको छ तर तिनाउको बहाव अतिक्रमण गरेर प्रत्येक वर्ष घर बनाउने क्रम रोकिएको देखिँदैन ।
बहाव क्षेत्रमा घरटहरा मात्र बनेका छैनन् । ३/४ तलेसम्मका घरहरू बन्न भ्याएका छन् । उक्त क्षेत्र बाढीको जोखिममा पर्छ । यसको नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका मौन छ ।
२०७४ सालमा तिनाउमा आएको बाढीले बुटवल देवीनगरस्थित झोलुङ्गे पुल बगायो भने २० भन्दा बढी नदी अतिक्रमण गरी बनेका घरहरू नदीको कटानमा परेका थिए ।
बुटवल बजार हुँदै बगेको तिनाउले विगतमा ठूलो जनधन क्षति गरेको तथ्यांक छ । २०१८, २०२७, २०३८, २०५० सालमा आएका ठूला बाढीले धेरै क्षति गरेको जानकार बताउँछन् । २०२७ सालमा आएको बाढीले १ सयभन्दा बढीको ज्यान गएको थियो । दर्जनौं घर बगे । हजारौं हेक्टर खेतीयोग्य जमिन बगर बन्यो । २०३८ सालको बाढीले दोभानमा २९ र बुटवलमा ३५ गरी ६४ जनाको ज्यान गयो । सयौं परिवार घरवारविहीन भए । २०५९, २०६५ र २०६६ सालमा पनि औसतभन्दा ठूला बाढी आएको थियो ।
पछिल्लो ५ वर्षमा तिनाउको बहाव क्षेत्रमा बनेका २ सय टहरा बाढीले बगाएको छ । तिनाउको अध्ययन गरेको इन्जिनियर खेटराज दाहालले तिनाउमा खेलाची गरेर बसेका बस्तीले ठूलो विपत्ति सिर्जना गराउने बताए । ‘तिनाउ नदीको बहाव क्षेत्र अतिक्रमण गरेरै घरहरू निर्माण भएका छन् । यसले भयावहको संकेत गर्दैछ । तिनाउ खहरेजस्तो हो । जतिबेला पनि उर्लिन सक्छ । नदीको बहाव क्षेत्रमा सुकुम्बासीको नाममा बस्नेहरूलाई प्रदेश र स्थानीय तहले सही व्यवस्थापन गरी अन्यत्र पुनःस्थापन गर्नको विकल्प छैन,’ उनले भने, ‘सुकुम्बासीका नाममा तिनाउमा मनपरी भएको छ । जसले गर्दा रुपन्देही ठूलो विपत्तिको जोखिमसँगै तिनाउ नदी संकटमा परेको छ ।’
तिनाउ नदीको बहाव क्षेत्र १ किलोमिटर हो । अहिले १ सय मिटरमा बहाव क्षेत्र खुम्चाइएको छ । अहिले परिरहेको पानी नारायणी पूर्व मात्र बढी पर्यो । तिनाउ नदी आसपासमा बस्ने अधिकांश गैरसुकुम्बासी रहेको बताइन्छ तर ती बस्ती हटाउने स्थानीय र प्रदेश सरकारको कुनै योजना बनाएका छैनन् । अव्यवस्थित बसोबास भएकै क्षेत्रमा पूर्वाधार निर्माण गरी नगरपालिकाले लाखौं रकम खर्चिएको छ ।
पश्चिमतर्फ खासै पानी परेको छैन । अझै साउनमा पश्चिमी क्षेत्रमा ठूलो वर्षा हुने मौसमविद्को आकलन छ । अहिले गोलपार्कदेखि बुटवल–११ मजुवासम्म तिनाउ नदीको दायाँबायाँ घरहरूले भरिएका छन् । तिनाउ नदीका जानकार दलबहादुर गुरूङ सिद्धबाबा तथा उपल्लो तटीय क्षेत्रमा नदी पहिरोले १० मिनेट थुनिए बुटवल तथा त्यस आसपासमा ठूलो धनजनको क्षति पुर्याउने बताए ।
‘तिनाउको उपल्लो तटीय क्षेत्रका पहाडहरू कमजोर छन्,’ गुरूङले भने, ‘ती पहाडमा पहिरो गएर ५/७ मिनेट तिनाउ थुनियो भने त्यसपछिको अवस्था कल्पना गर्नेसम्मको पनि हुँदैन । त्यस्तैले बहाव क्षेत्र ओगटेर बसेका सुकुम्बासी भन्न रुचाउनेहरूलाई स्थानीय सरकारले स्थानान्तरण गर्नुपर्छ ।’ पछिल्ला वर्षमा केहीलाई जग्गाधनीपूर्जा वितरण गरेपनि सुकुम्बासी र भूमिहीनहरुको संख्या घट्नुको साटो बढ्दै गएको छ । बढदो शहरीकरण र अव्यवस्थित बसोबासले फोहोरले नदी र खोलाको किनाराहरु भरिँदै गएका छन् ।
बुटवलभित्र तिनाउ नदी अतिक्रमण गरेर ४ हजार घरपरिवार बसिरहेको अनुमान छ । यसमध्ये आधाभन्दा धेरैले पक्की घर बनाइसकेका छन् । मौसम पूर्वानुमान महाशाखाले सोमवार र मंगलवार देशको पश्चिमी भूभागमा वर्षासँगै बाढीको खतरा रहेको जनाएको छ ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले बहावमा बसोबास गरेकाहरूलाई तत्काल अन्यत्र सार्न सम्भव नदेखिएको बताइन् । उनले भनिन्, ‘हामीले मात्र अनुरोध गरेर जोखिमपूर्ण क्षेत्रमा बसेकाहरूलाई हटाउन सकिँदैन । यसका लागि संघ र प्रदेशको पनि ध्यान जानुपर्छ । बसोबास गरेकालाई जबरजस्ती स्थानीय सरकारले हटाउन सक्दैन ।’ आचार्यले बुटवलमा झण्डै १४ हजार अव्यवस्थित बसोवासी रहेको बताइन् । २ दिनसम्म पश्चिम राप्ती, बबई, तिनाउ, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै महाशाखाले आसपासका नागरिकलाई सावधानी अपनाउन भनेको छ ।
बुटवलका पुराना स्थानीय रवीन्द्र गोपाल लाकौलले बहाव क्षेत्रका घरहरू बनाएर बस्नेलाई हटाउने दायित्व बुटवल उपमहानगरपालिकाको भएको बताए । ‘नदीको बहाव क्षेत्र सकिँदै छ । तिनाउलाई साँघुरो घेरामा खुम्चाइँदै छ । यो गलत भइरहेको छ । यसको बारेमा अग्रिम रुपमा नसोचे ठूलो दुर्घटना र धनजनको क्षति पुर्याउन सक्छ । यसबारे प्रदेश र स्थानीय सरकारले बेलैमा ध्यान पुर्याउन आवश्यक छ,’ उनले भने । विपद् व्यवस्थापनका लागि प्रदेश सरकारलाई तयारी गर्न भनिएको छ ।
विपद्को पूर्व तयारीमा छौं : प्रदेश सरकार
प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार तयार अवस्थामा रहेको बताए । ‘आन्तरिक मामिला मन्त्रालयले तयारी गरेको छ । हाम्रो विपद् व्यवस्थापनका लागि बजेट पनि पर्याप्त छ । बाटो बन्द भए डुवान क्षेत्र त्यसको लागि तत्काल उदार र राहत पुर्याउने गरी तयारीमा सरकार छ,’ उनले भने ।
५ नम्बर प्रदेशमा केही दिनदेखि परेको अविरल वर्षाका कारण दाङ र पाल्पामा गरी २ जनामा ज्यान गएको छ । विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
तिलोत्तमा नगरपालिकाले नगर प्रमुख प्राकृतिक विपद् राहत कोष खडा गरेको छ । नगर प्रमुख वासुदेव घिमिरेले विपद् सामना गर्न नगरपालिकाले सचेतना कार्यक्रम सञ्चालन गरेको बताए । विपद् आइहाले उद्धारका लागि टीम पनि निर्माण नगरपालिकाले बनाएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...