×

NMB BANK
NIC ASIA

नेपाल टेलिकमको ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ

असार ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ – नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका लागि पूर्णतः फाइवर तारयुक्त बनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बागलुङ बजारमा नमूनाको रुपमा कपर (तामाको तार) को प्रयोग हटाई पूर्णतः फाइवर तारको प्रयोग गरी ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ गरिएकोे नेपाल टेलिकम बागलुङले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टेलिकमले १ वर्ष लगाएर प्रमुख लाइनको रुपमा जमीनमुनि र शाखा लाइनको रुपमा पोलको प्रयोग गरेर सेवाग्राहीको घरसम्म फाइवर तार बिच्छ्याउने काम सम्पन्न गरेको छ ।


Advertisment
Nabil box
Kumari

नेपालमै नमूनाको रुपमा रहेको ‘फाइवर टु दि होम’ को सम्पूर्ण काम सम्पन्न भई सेवाको सञ्चालन गरिएको नेपाल टेलिकमका प्रमुख केशव शर्माले बताए । ‘सेवाग्राहीको घरघरसम्म तार तथा डिभाइस वितरण गरिसक्यौं,’ शर्माले भने, ‘टेलिकमका नयाँ ग्राहकको घरमा फाइवर सेवा शुरु भयो भने पुराना ग्राहकलाई केही दिनमै सेवा प्रदान गर्नेछौं ।’ 

Vianet communication
Laxmi Bank

टेलिकमले नेपालका विभिन्न ठाउँमा फाइवरमार्फत इन्टरनेट सेवा प्रदान गरे पनि बागलुङमा भने इन्टरनेट र फोन दुवै सेवा फाइवरमार्फत दिन थालेको हो । पुरानो प्रविधिको तामाको तारको प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, इन्टरनेटको गति घट्दै जाने, पटक–पटक आउने समस्याले सेवाग्राहीले हैरानी खेप्नुपर्ने अवस्था फाइवर सेवा प्रदान गर्न थालेपछि अन्त्य भएको शर्माको भनाइ छ । 

१ महिनाभित्र सम्पूर्ण ग्राहकलाई कपर विस्थापित गरेर फाइवरमा लगिसक्ने योजना रहेको टेलिकमले जनाएको छ । बागलुङ बजार क्षेत्रमा रहेका करीब ३ हजार ल्याण्डलाइन टेलिफोन तथा सोही संख्याका एडिएसएल इन्टरनेटका सेवाग्राहीले अब एकैसाथ फाइवर प्रविधिको भ्वाइस तथा डाटाको सेवा लिन पाउनेछन् । 

पुरानो प्रविधिलाई पूर्णतः विस्थापित गरी नयाँ प्रविधिको प्रयोगबाट फाइवर सेवा दिन शुरू गरेको टेलिकम बागलुङले जनाएको छ । 

नयाँ ग्राहकलाई फाइवर सेवा प्रदान गरेर सेवाको शुभारम्भ गरेपनि अबको १ महिनाभित्र बागलुङ बजारका सबै ग्राहकलाई फाइवर उपलब्ध गराउने टेलिकम प्रमुख शर्माले बताए । कपर प्रविधिको इन्टरनेटमा भन्दा फाइवर प्रविधिको इन्टरनेट द्रुत गतिमा चल्ने टेलिकमले जनाएको छ ।    

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x