×

NMB BANK
NIC ASIA

रुपन्देहीका पम्पमा गुणस्तरीय डिजेल र पेट्रोल

असार ३१, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

रुपन्देही – जिल्लाका पेट्रोल पम्पहरुमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ ।

Muktinath Bank

विभिन्न कार्यालय तथा संघसंस्थाले गरेको अनुगमनका क्रममा पम्पहरुमा डिजेल र पेट्रोलको नापतौल र गुणस्तर सही भएको पाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार र सोमवार अनुगमनपछि मंगलवार प्रतिवेदन सार्वजनिक गर्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नारायण भट्टराईले अनुगमन गरिएका सबै पेट्रोल पम्पमा डिजेल र पेट्रोलको नापतौल ठीक भएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, वाणिज्य कार्यालय, नापतौल तथा गुणस्तर विभाग, आयल निगम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र पत्रकार महासंघका प्रतिनिधिसहितको टोलीले गरेको अनुगमनका क्रममा रुपन्देहीका पेट्रोल पम्पमा गुणस्तर राम्रो भएको पाइएको हो ।

Vianet communication
Laxmi Bank

 टोलीले रुपन्देहीको ओमसतीया गाउँपालिका–४ स्थित मोहित आयल फिलिङ सेन्टर र हरिकृष्ण आयल सप्लायर्स, सिद्धार्थ नगरपालिका–१ स्थित नवजीवन स्टोर्स, बुटवल रामनगरस्थित अशोका सप्लायर्स, श्री रिपुमर्दिनी पेट्रोल पम्प र बुटवलको नेपालगञ्ज रोडमा रहेको बुटवल डिजेल सेन्टरमा अनुगमन गरेको हो । 

नापतौल तथा गुणस्तर विभागका प्रमुख मनोजकुमार पोखरेलका अनुसार प्रति ५ लिटरमा जाँच गर्दा १५ मिलिलिटर कमी र २५ मिलिलिटर बढी हुनुलाई सामान्य मानिन्छ । यो भन्दा कम भएमा ठगी गरेको ठहरिने प्रमुख पोखरेलले बताए ।

अनुगमन गरिएका सबै पम्पमा डिजेल र पेट्रोलको नापतौल र गुणस्तर सही भएको आयल निगमका सहायक प्रबन्धक गोविन्दप्रसाद ज्ञवालीले बताए । ‘डिजेल र पेट्रोलको गुणस्तर ठीक छ तर पम्पहरुलाई अझै व्यवस्थित गर्न जरुरी छ,’ उनले भने । 

पेट्रोल पम्पको गुणस्तर सही भएपनि अधिकांशमा सुरक्षा उपकरण भने नभएको पाइएको छ । सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने पेट्रोल पम्पमा विपद् वा आगलागीका घटनाबाट बच्न प्रयोग हुने सुरक्षा उपकरणहरु तयारी अवस्थामा राख्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयका अधिकृत झबिलाल भट्टराईले जानकारी दिए ।

‘अधिकांश पेट्रोल पम्पमा सुरक्षा उपकरण नभएको पाइयो,’ उनले भने । अनुगमन गरिएका पेट्रोल पम्पमा शौचालयको व्यवस्था भए पनि व्यवस्थित नभएको पाइएको छ । अधिकृत भट्टराईले लैङ्गिक र अपाङ्गमैत्री शौचालयको व्यवस्था गर्न निर्देशन दिइएको जानकारी दिए ।

जिप्रकाका अधिकृत भट्टराई, नापतौल तथा गुणस्तर विभागका प्रमुख मनोजकुमार पोखरेल र कर्मचारी रमेशप्रसाद पाण्डे, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नारायण भट्टराई र राजकुमार घिमिरे, आयल निगमका सहायक प्रबन्धक गोविन्दप्रसाद ज्ञवाली र केशवप्रसाद गौतम, वाणिज्य कार्यालयका मंगला शर्मा, नेपाल प्रहरीका एनबी थापालगायतको टोलीले पेट्रोल पम्पमा स्पष्ट देखिने गरी बोर्डको व्यवस्था गर्नसमेत निर्देशन दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x