×

NMB BANK
NIC ASIA

उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

असार ३१, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

लहान – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्न सिरहा आएका मन्त्री यादवले सिरहाको चोहर्वामा जिल्लास्थित कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलका क्रममा यस्तो निर्देशन दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाढी प्रभावित क्षेत्रका जनता संकटमा रहेकाले तत्काल उद्धार र राहत वितरण गर्नेतर्फ सबै संयन्त्र परिचालन गर्नुपर्ने भन्दै बाढी पीडितको नाममा हुने राहत वितरणको कार्यलाई निष्पक्ष र प्रभावकारी बनाउन मन्त्री यादवले निर्देशन दिए ।


Advertisment
Nabil box
Kumari

बस्तीभरि अझै बाढी रहेकाले महामारी फैलिन नदिन बाढी प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली परिचालन गर्न निर्देशन दिँदै बाढी पीडित जनतालाई उद्धार र राहतका लागि तीनै तहको सरकारले समन्वय गरी अघि बढ्नुपर्ने बताए । यसअघि मन्त्री यादवले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो । 

Vianet communication
Laxmi Bank

छलफलमा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, सिरहाका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको थियो । 

सिरहामा ४ जनाको मृत्यु, १ बेपत्ता 

केही दिनयताको अविरल वर्षा र बाढीका कारण सिरहामा हालसम्म २ बालिकासहित ४ जनाको मृत्यु भएको छ भने १ जना डुबेर बेपत्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाले दिएको जानकारी अनुसार अविरल वर्षाको पानी जमेको खाल्डोमा डुबेर असार २९ गते सिरहाको मिर्चैया नगरपालिका–४ मा स्थानीय सन्तोष साहको ५ वर्षीया छोरी प्रियंका साह र बद्री महतोको ११ वर्षीया रागिनीकुमारी महतोको मृत्यु भएको छ । 

मृत्यु भएका २ बालिकाका परिवारलाई मिर्चैया नगरपालिकाले किरिया खर्चबापत आर्थिक सहयोग गरेको छ । मृतक दुवै बालिकाका परिवारलाई नगर प्रमुख श्रवण यादवले २० हजार रुपैयाँका दरले किरिया खर्च वितरण गरे ।

सिरहाको नरहा गाउँपालिका–३ चन्द्रगाढास्थित सुमो एजुकेसन एकेडेमी बोडिङ स्कूलमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका उदयपुरको बेलस्रोत निवासी ६५ वर्षीय सोभितबहादुर कटुवालको खाल्टोमा डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । 

सिरहा नगरपालिका–१७ पटेर्वा्स्थित कमला नदीको बाँध नजिकै पानीमा बालुवाले पुरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । नाम, थर र वतन नखुलेको अन्दाजी ३० वर्षीया महिलाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सिरहा नगरपालिका–१५ सुखचैनामा आएको बाढीमा डुबेर भारत विहार देवरीया घर भई फुपाजु नरेश साहको घरमा आएका १५ वर्षीय बली साह बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ । 

कमला नदीको बाढीमा डुबेर बेपत्ता भएका सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहा निवासी ५५ वर्षीय कामेश्वर यादवको भारत जयनगरको कोरियाही भन्ने स्थानबाट सकुशल उद्धार गरिएको छ । कमला नदीमा डुङ्गा चलाउँदै आएका यादव यही असार २८ गते बाढीमा डुबेर बेपत्ता भएका थिए । 

अविरल वर्षाका कारण सिरहाको विभिन्न स्थानमा ३५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने २ हजार ५ सय ३८ वटा घरमा आंशिकरुपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x