राष्ट्रिय खेलकुद परिषदले गर्यो खेलाडीलाई सम्मानित

असार ३१, २०७६

काठमाडौँ - राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता तथा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई सम्मान गरेको छ ।

राखेपद्वारा आज यहाँ आयोजित कार्यक्रममा आठाँैमा व्यक्तिगत र टोली स्पर्धामा स्वर्ण जित्ने ७ सय ७ खेलाडी र कीर्तिमान कायम गर्ने १६ गरी कूल ७ सय २३ खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।


ADVERTISEMENT

प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा राखेपले व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई जनही रु १५ हजार तथा टोलीतर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही रु सात हजार प्रदान ग¥यो ।

त्यसैगरी राष्ट्रिय कीर्तिमान भङ्ग गर्ने खेलाडीले जनही रु २५ हजार प्राप्त गरे । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले १ सय ४० स्वर्णसहित कूल २ सय ८९ पदक जितेर टोली च्याम्पियन बनेको थियो ।

यस्तै नेपाल पुलिस क्लबले ६२ स्वर्ण, सशस्त्र प्रहरीको एपिएफ क्लबले ५४ स्वर्ण, प्रदेश नं ३ ले २२ स्वर्ण, प्रदेश नं ५ ले ११ स्वर्ण, गण्डकी प्रदेशले १२ स्वर्ण, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, प्रदेश नं १ ले नौ स्वर्ण, प्रदेश नं २ ले छ स्वर्ण तथा कर्णाली प्रदेशले तीन स्वर्ण जितेको थियो ।

खेलाडीलाई राखेप सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष पिताम्बर तिमल्सिनालगायतले पुरस्कार प्रदान गरेका थिए ।

 

असार ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस