कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज राजनीतिलाई द्रब्यमुखी ब्यवसाय बनाएर सिद्धान्तहीन, बिचारहीन, मूल्यमान्यता बिहीन मात्रै तुल्याइएको छैन लक्षबिहीन प्रहार र दिशाबिहीन गतिमा समेत धकेलिएको छ । आम नेपाली जनताको अशा र अपेक्षालाई लत्याउँदै जस्तो बिबादास्पद संविधान बिबादास्पद दोश्रो संविधान सभाबाट ल्याइयो त्यो बिबादको भुवरीमा धकेलिनु, नेपाली जनताको एकता र राष्ट्रिय अक्षुण्णतलाई कमजोर पार्नु र मुलुकलाई महा भ्रष्टाचार र माफियागिरीको अखडामा परिणत गर्दै थप अन्यौल र अनिश्चितताको चरणमा मोड्ने धरातल निर्माण गर्नु बस्तुतः यस्तै गम्भीर गलत प्रबृत्तिको पछिल्लो उदाहरण थियो र हो ।
यस्तो जटिल बेलामा आफूले अंगीकार गरेको विचार, पक्रिएको सिद्धान्त र अपनाएको मूल्यमान्यतामा आधारित भएर जस्तै कठिन परिस्थितिमा पनि त्यसमा अडिग भएर चल्ने पुष्पलाल र बीपी जस्ता राष्ट्रका दुई महान् व्यक्तिहरूलाई कसरी बुझ्ने ? यो एउटा गम्भीर प्रश्न हाम्रा अगाडि उपस्थित भएको छ । बीपी र पुष्पलालको नाम भजाएर ‘श्राद्धमा बिरालो बाँध्ने’ कुरा मात्र दोहोर्याइरहने हो भने बेग्लै कुरा । त्यस्तो अन्धविश्वासले कुनै सार्थकता प्रदान गर्दैन । त्यो फगत औपचारिकता पूरा गर्ने कर्मकाण्डीय भजनकीर्तनको कुरा मात्रै हुन जान्छ । तर दुःखपूर्वक भन्नुपर्छ, आज हामी मूलतः यस्तै स्थितिबाट गुज्रिरहेका छौं ।
वास्तवमा नेपाली राजनीतिलाई आधुनिक मूल्यमान्यताको अग्रगामी मूलबाटोमा हिँडाउने, दिशानिर्देश गर्ने र सर्वाधिक प्रभावित तुल्याउने नेपाली राजनीतिक इतिहासका दुई प्रखर व्यक्तित्व हुन् कमरेड पुष्पलाल र बीपी कोइराला । यो कुरा सत्य हो– उनीहरूको जीवन दर्शन एउटै थिएन । उनीहरूले नेपालको आधुनिकीकरण र लोकतान्त्रिकीकरणका विषयमा बेग्लाबेग्लै विचार, आदर्श, सिद्धान्त, नीति र कार्यक्रम अघि सारेका थिए र त्यसमा अखण्डित रूपमा आस्थावान थिए । तथापि त्यसैको बीचमा पनि उनीहरूले साझा सहमति र सहकार्यको खोजी पनि गर्ने गर्थे र परस्पर अन्तरविरोधका कुरालाई थाँती राख्दै नेपाली जनआन्दोलनको विकास गर्ने र त्यसलाई जोगाउने क्रममा सहकार्यको कुरालाई प्रबल रूपमा अघि बढाउन चाहन्थे भन्ने कुरा इतिहास केलाउँदा प्रस्ट हुन्छ ।
विशेषतः कमरेड पुष्पलालले राजा महेन्द्रको २०१७ सालको प्रतिगामी कदमपछि प्रस्ट र प्रखर रूपमा राजतन्त्रका विरुद्ध साझा दृष्टिकोण बनाएर कम्युनिस्ट र कांग्रेस एक भई लड्नुपर्ने कुरामा जोड दिँदै संयुक्त जनआन्दोलनको नीति अघि सारेका थिए । राजाद्वारा नेतृत्व गरिएको सामन्ती अधिनाकयवादी पञ्चायती व्यवस्था नेपाली जनताको साझा दुश्मन, नेपाली समाज विकासको साझा अवरोध र त्यसलाई पन्छाउनैपर्ने अनिवार्यता र आवश्यकताको बोध गराएका थिए । बीपीको नेतृत्वमा नेपाली कांग्रेसले पनि २०१८ साल र २०३१/३२ सालमा राजतन्त्रविरुद्ध सशस्त्र संघर्ष चलायो । यसले पनि कांग्रेस र कम्युनिस्ट दुवैको साझा दुश्मन राजतन्त्र हो भन्ने कमरेड पुष्पलालको दृष्टिकोण सही थियो भन्ने प्रस्ट हुन्छ । तर पुष्पलाल भने व्यापक रूपमा नेपाली जनतासँग नङ मासु सरह नगाँसिएको सशस्त्र संघर्ष अपरिपक्व र असफल हुन्छ र त्यस्तो संघर्षबाट देश र जनतलाई जोगाउनुपर्दछ भन्ने पक्षमा थिए ।
सशस्त्र संघर्ष गर्नुपर्छ भनी कार्यकर्ताको दबाब पर्दा कमरेड पुष्पलालले सधैं सम्झाउने गर्दथे– नेतृत्वको एउटा समय निरपेक्ष गलत निर्णयले लाखौं जनता र हजारौं कार्यकर्ताको जीवन बर्बाद हुन सक्छ भने सही र समयसापेक्ष निर्णयले करोडौ जनतामा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासको सञ्चार गर्दछ । अनि आमूल सामाजिक परिवर्तनको माथिल्लो चरणमा आन्दोलनलाई उठाउन र विकसित गर्न थप मद्दत गर्दछ । यस सन्दर्भमा उनले संयुक्त जनआन्दोलनको माध्यमबाट जनतालाई शोषण, उत्पीडन, असमानता, अन्याय, अभाव र गरीबी अनि शोषण थोपर्ने परिपाटीका विरुद्ध तथा त्यसको कारण एवं निवारणका बारेमा जनतालाई सचेत, संगठित र संघर्षशील बनाएर मात्र सशस्त्र संघर्ष जनताद्वारा, जनताका लागि जनताले चलाउने संघर्षमा विकसित गर्न र सफल तुल्याउन सकिने कुरा बारम्बार सम्झाउने गर्दथे ।
पुष्पलालको दृष्टिमा कुनै पनि प्रकारको संघर्ष समाज र वर्गसापेक्ष थियो । निरपेक्ष बिल्कुलै थिएन । आमूल परिवर्तन निर्णायक स्वरूपको संघर्षबाट मात्रै सम्भव हुन्छ भन्ने कुरामा पुष्पलालमा कुनै अस्पष्टता र द्विविधा बिल्कुलै थिएन । यहाँ लेनिनले ‘सशस्त्र संघर्ष संघर्षको शल्यक्रियात्मक अंश हो (‘आर्म्ड रेभोल्युसन इज द अपरेसनल पार्ट अफ द रेभोल्युसन’) भन्ने कुरालाई पुष्पलालले राम्रोसँग आत्मसात गरेको देखिन्छ ।
निश्चय नै पुष्पलाल र बीपीका बीच राजनीतिक परिवर्तनको अवरोध र त्यसलाई बदल्नुपर्ने आवश्यकता, औचित्य र आधार समान भए पनि उनीहरूका लक्ष्य र गन्तव्यका आ–आफ्नै सीमा थिए । बीपीको प्रजातान्त्रिक समाजवाद र पुष्पलालको वैज्ञानिक समाजवादले यो कुरा प्रस्ट पार्दछ । तथापि सामन्तवादलाई समाप्त पारेर त्यसभन्दा उन्नत र आधुनिक माथिल्लो चरणमा नेपाली समाजलाई लैजाने र देशलाई अग्रगति दिनपर्ने कुरामा दुवै नेतामा कुनै आधारभूत अन्तर्विरोध थिएन । त्यसैले त्यहाँ साझा दृष्टिकोणको धरातल देखेर नै कामरेड पुष्पलालले संघर्षमा सहकार्यको मार्गमा हिँड्न सकिने यथार्थ राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको परिप्रेक्ष्यमा औंल्याएका र अघि सारेका थिए । त्यो थियो— संयुक्त जनआन्दोलनको समयसापेक्ष सही नीति ।
तर बीपी र पुष्पलाल जीवित छँदा बनारसको टाउन हलमा एउटै मञ्चमा खडा भएर राजतन्त्र र राजाको नेतृत्वको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त आवाज उठाउने भन्दा बढी अगाडि बढ्न सम्भव भएन । तर त्यतिबेला त्यत्ति कुराले मात्र पनि संयुक्त जनआन्दोलनको स्पष्ट वस्तुगत आवश्यकताको सन्देश दिएको र ठूलो तरंग पैदा गरेको थियो । संयुक्त जनआन्दोलनको त्यो नीति २०३६ सालको संयुक्त विद्यार्थी आन्दोलन, २०४६ सालको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाविरोधी ऐतिहासिक संयुक्त जनआन्दोलन र २०६२/६३ सालको राजतन्त्रविरोधी बृहद् ऐतिहासिक संयुक्त जनआन्दोलनमा व्यवहारमा प्रस्ट रूपमा परिलक्षित थियो ।
दुवै नेता जीवित छँदा संयुक्त जनआन्दोलनले मूर्त र ठोस रूपाकार लिएर अघि बढ्न नसकेको भए पनि त्यस दिशाबोधले माथि उल्लेख गरिएका तीनवटा कालखण्डमा एकपछि अर्को संयुक्त आन्दोलनको शृंखला सिर्जना गरेको र त्यसले झन् पछि बृहत् सफलता पाएको कुरा हाम्रो अगाडि अखण्ड र अमिट रूपमा उपस्थित छ । नेताहरू सधैं नरहने भए पनि सही नीति हमेशा कायम रहन्छ र अघि बढ्छ भन्ने कुरा यसबाट पनि प्रमाणित र प्रस्ट हुन्छ । कमरेड पुष्पलालको ‘नेताप्रधान होइन, नीतिप्रधान हुन्छ’ भन्ने ऐतिहासिक अनुभवहरूको निचोडलाई पनि यसले अझ सार्थक तुल्याएको र स्पष्ट पारेको वास्तविकतालाई बुझ्न सकिन्छ ।
पुष्पललालको २०३५ सालमा र बीपीको २०३९ सालमा निधन भए पनि संयुक्त जनआन्दोलनको सही नीतिले नेपाली समाजको अन्तर्विरोध हल गर्ने बाटो लिन्थ्यो नै र लियो पनि । प्रधान अन्तर्विरोध हल नगरी एक पाइला पनि नेपाली राजनीति अघि बढ्न सक्ने कुनै बाटो थिएन । त्यसैले राजासँगको मेलमिलापको कार्यनीतिले पनि वास्तवमा राजाको मन पग्लिने र वर्गीय रूपमा राजतन्त्र बदलिने कुरा थिएन । अन्ततः संयुक्त जनआन्दोलनले नै त्यसलाई सत्ता केन्द्रबाट विस्थापित गरिदियो र आज देशमा गणतन्त्र आएको छ ।
तर संविधानसभामाथि अवाञ्छित खेलबाड गरेर भए पनि सत्ताको लुछाचुँडीमा मुख्य दलहरू लिप्त हुँदा पहिलो संविधानसभाको असामयिक र दुःखद अवसान भयो । परिणामतः विवादास्पद दोस्रो संविधानसभाबाट गणतन्त्रलाई सही किसिमले संस्थागत गर्ने, राज्यको सही किसिमले दूरगामी र टिकाउ संघीय पुनर्विन्यास गर्ने तथा जनतालाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हरेक किसिमले सबल, सक्षम र सफल एवं स्वशासित बनाउने दिशामा देशलाई अग्रसर गराउन मार्गदर्शन गर्ने खालको संविधान निर्माण हुन नसकेको गुनासो र असन्तुष्टि आज देशमा व्याप्त छ । जस्तो संविधान बनेको छ त्यसबाटै कार्यलाई फेरि पनि फत्ते गरिछाड्ने विश्वासको वातावरण सिर्जना गर्न नेतृत्वले कुर्सीमुखी प्रवृत्तिलाई तिलाञ्जली दिएर विगतका भयंकर महाभूलप्रति आत्मसमीक्षा गर्दै र जनतासँग क्षमायाचना गर्दै अघि बढ्न चाहेमा र तदनुकूल अझै पनि देशलाई सही दिशा र अग्रगति दिन सकिने आधार तयार गर्नेतिर लागेमा केही सकारात्मक आशा गर्न सकिन्छ । अन्यथा विचलित राजनीति, गलत ध्रुवीकरण र समीकरणले देश थप द्वन्द्वमा फस्ने तथा फेरि पनि बाह्य शक्तिहरूको अवाञ्छित अखडा बन्ने गम्भीरतम स्थिति देखिएको छ । त्यसले गर्दा आज गणतन्त्र, राष्ट्रियता र जनजीविका लगायतका सबै संवेदनशील कुरा जुन गम्भीर खतराको संघारमा पुगिरहेका छन् त्यस दलदलबाट निस्कन पटक्कै सकिने छैन ।
यस्तो स्थितिमा बीपी र पुष्पालाल जस्ता दूरगामी राष्ट्रिय चरित्र तथा चिन्तन भएका सिद्धान्तनिष्ठ, इमानदार र समर्पित व्यक्तित्वहरूको सम्मान हुन पनि सक्दैन । त्यसैले आज बीपी र पुष्पलालको जस्तो देश र जनताप्रतिको निःस्वार्थ समर्पण, त्याग र निष्ठाको पुनरुत्थान गर्नुपर्ने आवश्यकता अत्यधिक बढेको छ । यसो गर्न सकेमा मात्र देशले सही निकास पाउने, अन्योल र अनिश्चितताको पनि अन्त्य हुनेछ । यी नै भावनाका साथ दूरद्रष्टा तथा नेपाली जनआन्दोलनका दुई शिखरपुरुषहरूप्रति भावपूर्ण सम्मानकासाथ नमन ! श्रद्धाञ्जली !
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...