×

NMB BANK
NIC ASIA

आफ्नै औषधिका कारण झोले डाक्टरको मृत्यु

साउन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चीनको दक्षिणपूर्वी भागमा रहेको शाओगुआनमा एक झोले चिकित्सकको आफ्नै घरेलु औषधि खाएपछि मृत्यु भएको छ । रोगीसमक्ष आफ्नो परम्परागत औषधि ठीक भएको भनी प्रमाणित गर्न उनले औषधि खाएका थिए ।

Muktinath Bank

ढाडको समस्या भएर अघिल्लो बिहीवार झोले चिकित्सककहाँ पुगेकी एक महिलालाई उनले औषधि दिएका थिए । त्यो औषधि खाएपछि उनलाई वाकवाक लागेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त औषधिमा कुनै समस्या नरहेको प्रमाणित गर्नका लागि कुइ थर भएका चिकित्सकले आफैं सानो डोज लिए । औषधि खाएको केही बेरपछि उनलाई विष परेको लक्षण देखिन थाल्यो । त्यसपछि उनलाई अस्पतालतिर कुदाइयो ।


Advertisment
Nabil box
Kumari

आपतकालीन उपचार सफल नभएपछि उनलाई मृत घोषित गरियो । 

Vianet communication
Laxmi Bank

रोगी महिलाको नाम शियाओ हो । उनलाई गलत औषधिले वाकवाकी लागेपछि तत्कालै अस्पताल पुर्‍याइयो । उनलाई विष परेको र अंग पनि फेल भएको पाइयो । धेरै दिनको उपचारपछि उनको स्वास्थ्यअवस्था स्थिर रहेको बताइएको छ । 

पत्रकारहरूसँग कुरा गर्दै उनले गाउँमा रहेको कथित अर्थोपेडिक क्लिनिकका चिकित्सककहाँ जान आफूलाई भनिएको बताइन् । आफू निकै पीडामा भएकाले त्यहाँ गएको उनको भनाइ छ । 

‘ती चिकित्सकले मेरो ढाडको मालिश गरे अनि पानीमा एउटा अनौठो धूलो हालेर पिउन दिए ।’

युएबेई पीपुल्स हस्पिटलको नेफ्रोलोजी विभागकी चिकित्सक हे मिनका अनुसार, उक्त धूलो हार्टब्रेक ग्रास नामक अत्यन्तै विषालु लहरोबाट बनेको हो । 

उनका अनुसार, अनुमति प्राप्त नगरेका गाउँका चिकित्सकहरूले यो लहराको धूलो प्रयोग गर्ने गरेका छन् । तर यसलाई कहिले पनि प्रयोग गर्नु हुँदैन । 

ती झोले चिकित्सकको क्लिनिक बन्द गरिएको छ ।

अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x