×

NMB BANK
NIC ASIA

गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा, केही दिनभित्रै पाइपलाइनबाट नियमित इन्धन आयात

साउन ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल आयल निगमले प्राविधिक काम सकेर केही दिनभित्रैमा पाइपलाइनबाट पेट्रोलियम पदार्थको नियमित आयात गर्ने जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

 भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइप विच्छ्याउने कार्य सम्पन्न भई विभिन्न चरणमा पाइपलाइनको चापीय परीक्षक कार्य भएको जानकारी दिँदै मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन परियोजना व्यवस्थापक प्रदीपकुमार यादवले छिट्टै आयातलाई नियमित गर्ने उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    परियोजनाले शुक्रबार एक विज्ञप्ति जारी गरी पछिल्लो पटक भारतले पटनाको मोतिहारी हुँदै अमलेखगञ्जसम्म पाइपलाइनबाट पठाएको डिजल अमलेखगञ्ज डिपोमा प्राप्त गरेको र सो कार्यको परीक्षणसमेत भइरहेको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

    
 वीरगञ्ज–मोतिहारी रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजल आएपछि यसको प्रादेशिक परीक्षण सफल भएको छ । बिहारको राजधानी पटनाबाट बाराको अमलेखगञ्ज डिपोमा एक हजार किलोलिटर डिजेल आइपुग्दा यसको अन्तिम परीक्षण सफल भएको आयोजना कार्यालय सिमराले जनाएको छ । 

Vianet communication
Laxmi Bank

  यसअघि सो पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको थियो । शुक्रबार पनि डिजल पठाएर परीक्षण गरिएको छ । शुरुमा पाइपलाइनबाट ६५० किलोलिटर पानी र एक हजार किलोलिटर डिजल पठाएर परीक्षण गरिएको जनाइएको थियो । 

 पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको थियो । सो पाइपभित्र तरल पदार्थसँगै रबरका टुक्रा, इलेक्ट्रिक, चुम्बकीय पदार्थ आदिको मात्रा सहितका पदार्थ पठाएर पाइपको भित्री भाग सफा गरिएको थियो । 

सो पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भूभागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण गरिएको थियो । 

 यसमा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनको संयुक्त लगानी छ । जसमा दुई अर्ब भारत सरकारको र रु ७५ करोड नेपाल सरकारको रहेको छ । कूल लम्बाइ ६९.५ किलोमिटर रहेको सो पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर रहेको छ । विसं २०७२ मा नेपाल भारतबीच भएको सम्झौताअनुसार पाइपलाइन दैनिक २० घण्टा सञ्चालन गर्दा चार हजार किलोलिटर डिजल ल्याउन सकिने छ ।  

    अमलेखगञ्जस्थीत आयल निगमको डिपोमा कूल १६ हजार किलोलिटर तेल भण्डारण गर्न सकिनेछ । सो पाइपलाइनको उद्घाटंन दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने तय भए पनि मिति तोकने प्रक्रिया शुरु भएको जनाइएको जनाइएको छ । 
    
१९ व्यापारीमाथि कारवाही

सरकारले तरकारीको अस्वभाविक रूपमा मूल्यवृद्धि गरेको र विचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले शुक्रबार गरेको अनुगमनका क्रममा आफूले खरिद गरेको तरकारीको बिलविजक देखाउन आनाकानी गर्ने कालीमाटीका आठ व्यवसायी र बल्खु तरकारी बजारका ११ व्यवसायीमाथि कारवाही गरेको हो । 

किसान तथा कृषि उपज सङ्कलन केन्द्रबाट तरकारी खरिद गरेको बिजविजल नदेखाउने बल्खुका १० र कालीमाटीका छ व्यापारीलाई जनही रु पाँच÷पाँच हजार जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा बल्खुस्थित तरकारी बजारमा बिचौलियासमेत फेला परेको थियो । एउटा पसलबाट तरकारी नाफा खाएर सोही ठाउँको अर्को पसलमा बेच्ने धन्दा चलाउँदै आएका ती बिचौलियालाई विभागको अनुगमन टोलीले ठाउँका ठाउँ रु २० हजार जरिवाना गरेको छ । 

खरिदसम्बन्धी कुनै पनि विवरण नदेखाउने कालीमाटीस्थित तरकारी बजारका दुई व्यापारीलाई जनही रु १०÷१० हजार जरिवाना गरिएको विभागले जनाएको छ । विभागको टोली अनुगमका लागि बजार प्रवेश गर्दा उपभोक्ताको ढाड सेक्न पल्किएका व्यापारी स्टलनै छाडेर भागेका थिए । 

तरकारी बजारमा बिचौलिया र ढुवानीकर्ताको पनि अनुगमन गर्ने उद्देश्यका साथ सो स्थानमा पुगेका भए पनि उनीहरू राति नै फर्कने गरेको भेटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । 

    
घुस लिएको आरोपमा पक्राउ पर्ने गृहका कर्मचारी बढी

    गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको आरोप लागेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५÷७६ मा घुस लिँदालिँदै पक्राउ गरेको कर्मचारीको तथ्याङ्कका आधारमा सो निष्कर्ष निकालिएको हो । 

    आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सो आवमा गृह प्रशासनतर्फका २७ निकायमा घुस लिएको अभियोगमा कर्मचारीलाई पक्राउ गरेको छ । यस्तै दोस्रोमा सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालय छ । सो मन्त्रालयका २६ कर्मचारी घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ । सो आव अवधिभरी भूमि व्यवस्थाका २२, वन वातावरणका ११, ऊर्जा जलस्रोत तथा सिँचाइका नौ, शिक्षा विज्ञान प्रविधिका आठ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र कानून न्यायका समान सात÷सात कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका थिए । 

    आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाकाअनुसार अर्थका पाँच, उद्योग वाणिज्य तथा आपूर्तिका चार, कृषि विकासका तीन, स्वास्थ्यका तीन, श्रमका दुई, अख्तियार, शहरी विकास, खानेपानी मन्त्रालयका समान एक÷एक कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका थिए । यस्तै अन्य निकायका पाँच कर्मचारीलाई समेत आयोगले घुस लिँदै गर्दा पक्राउ गरेको छ । 

    प्रवक्ता कोइरालाले भने, “एक दिन बिराएर एक जना राष्ट्रसेवक घुस लिएको अभियोगमा रङ्गेहात पक्राउ गरिएको छ । कूल १४२ स्थानमा २०० कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरिएको छ ।” उनका अनुसार विशिष्ट श्रेणीका दुई, सहसचिव वा सो सरहका दुई, उपसचिव वा सो सरहका १०, शाखा अधिकृत ३२, नायब सुब्बा वा सो सरहका ४७, खरिदार वा सो सरहका २९, तल्ला तहका कर्मचारी १५, कार्यालय सहयोगी १५ पक्राउ परेका छन् । यस्तै निर्वाचित पदाधिकारी सात र बिचौलियालगायत अन्य ३२ जनालाई आयोगले पक्राउ गरेको छ । 

    यस्तै आयोगले आव २०७५÷७६ मा निर्णय भएका ३५१ एवं गत आवमा निर्णय भएका छ गरी जम्मा ३५७ मुद्दा विशेष अदालतमा दायर गरेको छ । विशेष अदालतमा दायर गरिएका मुद्दामध्ये ८८.५ प्रतिशतमा आयोगले सफलता हासिल गरेको छ । आव २०७४÷७५ मा कूल १९४ मुद्दा दायर गरेकामा ६८ प्रतिशत मात्रै सफलता हासिल गरेको थियो । 

    आयोगमा आव २०७५÷७६ मा २४ हजार ४८ उजुरी परेको थियो । त्यसमा १५ हजार ६११ उजुरीको फछ्र्योट गरिएको छ । यस्तै विस्तृत अनुसन्धान भने ९२१ मा मात्रै गरिएको थियो । यस्तै आव २०७४÷७५ मा भने कूल १९ हजार ४८८ उजुरी परेकामा १२ हजार ४०० उजुरीको फछ्र्योट गरेको थियो । सो आवमा कूल ५०४ उजुरीको मात्रै विस्तृत अनुसन्धान गरेको थियो । 

    आयोगले सेवाग्राहीको बढी भीड हुने सरकारी निकायमा सेवाग्राहीकै भेषमा सुराकी परिचालन गरेको छ । आयोगको सोही रणनीतिले सफलता हासिल भएको आयोगले दाबी गरेको छ । 

प्यान लिन आग्रह

    आन्तरिक राजश्व विभागले व्यवसाय वा आय शुक्रबार्रनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रूपमा लिन आग्रह गरेको छ । 

    सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट वक्तव्यमार्फत ‘एक व्यक्ति, एक स्थायी लेखा नम्बर’ भन्ने नीति लिएको छ । शुक्रबार एक सूचना जारी गर्दै विभागले उक्त नीतिको कार्यान्वयन गर्न सबैलाई लेखा नम्बर लिन भनेको हो । 

    सरकारले रु एक हजारभन्दा बढीको भुक्तानीमा अनिवार्य रूपमा प्यान आवश्यक पर्ने व्यवस्था लागू गरिएसँगै झुक्तानी गर्ने प्रक्रियामा सहभागी हुने सबैलाई अनिवार्य प्यान नम्बर लिन भनिएको छ । 

    सहज रूपमा लेखा नम्बर उपलब्ध गराउन आफू मातहत आन्तरिक राजश्व कार्यालय तथा करदता सेवा कार्यालयमा प्राथमिकतापूर्वक छुट्टै काउन्टरमार्फत सरल र सहज रूपमा प्यान उपलब्ध गराउने काम भइरहेको विभागले जनाएको छ । बजेट वक्तव्ययता झण्डै एक लाखभन्दा बढीले प्यान नम्बर लिई सकेका छन् । हालसम्म २२ लाखभन्दा बढीले त्यस्तो नम्बर लिइसकेको विभागले जनाएको छ । 

परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्गदान

परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली दम्पतीले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपपछि जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अङ्गदानको घोषणा गरेको छ । शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनीरूले अङ्गदानको घोषणा गरे ।  ज्ञवाली दम्पतीले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज र सानो आन्द्रा दान दिने मञ्जुरिनामामा हस्ताक्षर गरेका हुन् । 
सो अवसरमा परराष्ट्रमन्त्रीकी धर्मपत्नी सरस्वती ज्ञवाली, परराष्ट्र मन्त्रालयका अधिकृत टीकाराम ज्ञवाली, भक्तपुर अस्पतालका पूर्वअध्यक्ष सुरेश न्यौपाने, वर्तमान अध्यक्ष मिलन सुवाल, मानव अङ्ग प्रत्यारोपण केन्द्रका डा रविभूषण सुवाललगायत १४ जनाले पनि अङ्गदानको घोषणा गरेका थिए । 

अमेरिकी चाहना

    अमेरिकाले नेपाललाई आत्मनिर्भर, स्वतन्त्र र समुत्थानशील साझेदारका रूपमा छिमेक र त्यसभन्दा परका राष्ट्रमा स्थापित गराउनु आवश्यक भएको बताएको छ । 

    अमेरिकी सरकारको प्रायोजनामा विभिन्न समयमा भिन्न प्राज्ञिक कार्यक्रम तथा शैक्षिक एवं अध्ययन भ्रमण गरी स्वदेश फर्केका नेपालीको सङ्गठन नेपाल–यूएस एलम्नाइ नेटवर्क (नुसान) ले अमेरिकी दूतावासको सहयोगमा शुक्रबार राजधानीमा आयोजना गरेको ‘क्षेत्रीय सञ्जाल विस्तार’ विषयको विचार गोष्ठीमा नेपाललाई भौगोलिक अवस्थितिको लाभ हुनुुपर्ने पनि उसले बताएको छ ।
 
    नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले ७३ वर्ष पुरानो अमेरिका–नेपाल कूटनीतिक सम्बन्धलाई नयाँ आयाम दिन सरकारी र जनस्तरजस्ता सम्पर्कका बहुुउपाय अवलम्बन गरिएको बताउँदै अमेरिकामा ज्ञान, सीप र विज्ञता हासिल गरी त्यसको उपयोग नेपालमा गर्ने एलम्नाइ सदस्य अमेरिका–नेपाल सम्पर्कका निम्ति महत्वपूूर्ण माध्यम हुने बताए ।  

    केन्याबाट उद्धार गरिएका युवती आफन्तको जिम्मामा
    
    अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को सहयोगमा केन्याबाट उद्धार गरी नेपाल ल्याइएका १२ नेपाली युवतीलाई आफन्तको जिम्मा लगाइएको छ । 

    उनीहरूलाई प्रारम्भिक अनुसन्धानपश्चात् आईओएमका प्रतिनिधिको रोहोबरमा शुक्रबार आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ । 

    ती युवती भारतको बाटो हुँदै केन्या पुगेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनीहरू विभिन्न स्थानबाट बसमार्फत पूर्वको काँकडभिट्टा नाका हुँदै सिलगुडी–मुम्बई–अदिसाअबाब–मुम्बासा (केन्या) पुगेको खुल्न आएको छ । केन्याको मुम्बासा शहरस्थित रङ्गीला डान्समा काम गर्दै आएका उनीहरूलाई त्यहाँका प्रहरीले छापामारी नियन्त्रणमा लिएको थियो ।
    
    उनीहरूलाई अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)को सहयोगमा बिहीबार राति नेपाल ल्याइएको हो । उद्धार गरेर ल्याइएको युवतीलाई व्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘रिसिभ’ गरेको थियो । केन्यामा नेपाली चेलीबेटी पक्राउ परेको भन्ने समाचार सार्वजनिक भएलगत्तै ब्यूरोले उनीहरूलाई नेपाल ल्याउन त्यहाँस्थित गैरआवासीय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दूतावास र केन्याको अपराध अनुसन्धान निर्देशनालय (डीसीआई) सँग सहकार्य गरेको थियो । 

उद्धार तथा राहत कार्य उच्च प्राथमिकतामा 
    
    सरकारले बाढीपहिरो र डुबानबाट पीडितहरूको उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ । गृहमन्त्री रामबहादुर थापाले देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिको विवरण सङ्कलन गरी खोज, उद्धार तथा राहत वितरणको कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको जानकारी दिए । 

    उनले गत असार २६ गतेदेखिको अविरल वर्षाले ३४ जिल्ला प्रभावित भएका तथा हालसम्म ९० जनाको मृत्यु भएको, ४१ जना घाइते, २९ जना बेपत्ता र एक हजार ३०० भन्दा बढी घरपरिवार विस्थापित भएका जानकारी गराए । 
        
    विस्फोटनमा परी मृत्यु हुने ‘विप्लप’ कार्यकर्ता

    नेत्रविक्रम चन्द विप्लव समूहको सेती महाकाली ब्यूरोले धनगढीमा बिहीबार साँझ भएको विस्फोटनको घटनामा मृत्यु हुने आफ्नो पार्टीका कार्यकर्ता रहेको जनाएको छ । 
 
    विप्लप समूहको सेती महाकाली ब्यूरोले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त विस्फोटनको घटनामा मृत्यु हुने रामबहादुर सिंह पार्टीका कार्यकर्ता रहेका र कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको बम विस्फोट भएको उल्लेख गरिएको छ ।

    उक्त घटनामा घाइते सिंहको माया मेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा गएराति मृत्यु भएको थियो ।मृतकको ठेगाना बझाङ जिल्ला जयपृथ्वीनगरपालिका–१ रहेको बताइएको छ । चटकपुर चोक नजिकै रहेको निलम होटेलमा बिहीबार साँझ भएको उक्त घटनामा पाँच जना घाइते भएका थिए । 

    घटनामा घाइते हुने होटेल सञ्चालक केशव पाण्डेयलाई थप उपचारका लागि कोहलपुर लगिएको छ । यसैगरी अन्य घाइते कञ्चनपुर बेलडाँडीका लक्ष्मण सेरला, धनगढीका कुखुरापालन व्यवसायी जीतेन्द्र यादव र भारत घर भई धनगढीको एक ट्र्याक्टर ग्यारेजमा काम गर्ने मोबिन खाँको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले चिया खान होटेलमा बसेलगत्तै मृतक सिंह र उपचारार्थ रहेका सेरलामध्ये एक जनाले झोलामा राखेको बम विस्फोटन भएको बताए । 

    सेरला पनि विप्लपकै कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

मूर्ति तोडफोडमा संलग्नलाई कारवाहीको माग 

प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले राजमार्गमा स्थापना गरिएका बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन प्रशासन गम्भीर हुनुपर्ने बताएका छन् । 

    प्रदेश सरकारको आयोजनामा शुरु भएको लुम्बिनी भ्रमण वर्ष २०७६ का अवसरमा तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गमा स्थापना गरेका बुद्धका मूर्तिमध्ये पाँचवटा मूर्ति अज्ञात समूहले बुधबार राति तोडफोड गरी क्षति पु¥याएका थियो । 
    
    सो घट्नापछि मन्त्री गिरीले शुक्रबार मन्त्रालयमा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापा, सशस्त्र प्रहरी उपरीक्षक वसन्त बोगटी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख नवीन अधिकारीसँग छलफल गरी घटनालाई गम्भीर रुपमा लिएर उक्त कार्यमा संलग्नलाई छिटो कानूनी दायरामा ल्याउन आग्रह गरे । 

    मन्त्री गिरीले शान्तिका अग्रदूत गौतमबुद्धका मूर्ति तोडफोडको घटनाबाट शान्तिप्रिय जनताको भावनामा चोट पुगेको बताए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x