×

NMB BANK
NIC ASIA

खेतीयोग्य जमिनमा सिँचाइको पहुँच बढ्दै

साउन ४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

पाल्पा- तिनाउ गाउँपालिकाले खेतीयोग्य जमीनमा सिँचाइको पहुँच बढाउन थालेको छ । चालू आव २०७६/०७७ देखि कृषियोग्य जमिनमा ५०० हेक्टर क्षेत्रफलमा सिँचाइको पहुँच बढाउन थालिएको हो ।

Muktinath Bank

गाउँपालिका क्षेत्रभित्र सात हजार ११७ हेक्टर क्षेत्रफल कृषि खेतीयोग्य जमिन रहेको छ । जसमध्ये बाह्रै महिना सिँचाइको सुविधा भएको एक हजार ८०७ हेक्टर र वर्षायाममा मात्रै सिँचाइ हुने क्षेत्र तीन हजार ५२५ हेक्टर जमिन छ । एक हजार ७८५ हेक्टर क्षेत्रफलमा आकाशे पानीको भरमा सिँचाइ गर्ने किसानको बाध्यता हटेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षा नहुँदा पानीको अभाव किसानले अन्नबाली उत्पादनमा समस्या पैदा हुँदै आएको किसानको गुनासो छ । सिँचाइ सुविधा पर्याप्त र भरपर्दो नहुँदासम्म कृषि उत्पादनमा वृद्धि गर्न समस्या हुने देखेर गाउँपालिकाले आगामी पाँच वर्षको अवधिसम्म ४०० हेक्टर जमीन सिँचाइको पहुँच विस्तार गर्न लागेको हो ।  


Advertisment
Nabil box
Kumari

गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले गाउँपालिका क्षेत्रभित्र रहेको कचलफाँटको ३०० हेक्टर, ओखलढुङ्गाको जुकेफाँट, झयांगलाफाँटको एक हेक्टर, माराबास बडरेको ५० हेक्टर कृषि उत्पादन क्षेत्रमा सिँचाइको पहुँच विस्तार गरी कृषि उत्पादनमा वृद्धि गर्ने बताए । 

Vianet communication
Laxmi Bank

कचलफाँटको रु १३ करोड लगानीमा सञ्चालित आयोजना करीब दुई वर्षमा सम्पन्न गर्ने योजना छ । जसमध्ये पाँच करोड रुपैयाँ बजेट खर्च भइसकेको छ । एक करोडमा लगानी ओखलढुंगाको जुकेफाँटमा सञ्चालित सिँचाइ आयोजना यस आव सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष घर्ती मगरले बताए । 

माराबाँस बडेरमा सञ्चालित आयोजना ५० हेक्टर जमिन सिँचाइ सुविधा हुनेछ । पहिला केन्द्रीयस्तर सिँचाइका लागि बजेट प्राप्त हुँदै आएकामा अहिले प्रदेश सरकारअन्तर्गत बजेट प्राप्त भइरहेको छ । केन्द्रीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा बाह्रै महिना सिँचाइको सुविधा पु‍र्‍याउन गरी बजेट व्यवस्था गरिने गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिए । निर्माणधीन आयोजनालाई निर्माण कार्य छिटोछरितोरुपमा सम्पन्न गर्न र थप आयोजनाको पहिचान गरी सम्भाव्यता अध्ययनसहित आयोजनाको छनोट तथा कार्यान्वयन गर्ने नीति गाउँपालिकाका प्रवक्ता श्रेष्ठको भनाइ छ ।

गाउँपालिकाले चालू आवमा ३४ साना सिँचाइका आयोजना सञ्चालन गर्नुेपर्ने बजेटको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष घर्तीले बताए । गाउँसभाद्वारा यस आवमा सञ्चालित साना सिँचाइका योजनामा डुम्री, पीपल, कुचो  निर्माण, माथिल्ला जलके कुलो, सिमलपानी कुरकुरे पाइप खरीद, कठहरा माथिल्लो कुलो निर्माण, ठूलो खेर बर्रे सिँचाइ, रुनिया, गणेशटोल, घोडेबास, उटुवा, भुताह, बगाहा माथिल्लो पाल्टेलगायतका रहेका छन् ।

किपट खेत, खानेपानी तथा सिँचाइको पाइप खरीद, दुमै तल्लो सिँचाइ, बेल दमार कुलो, बेरुवा कुलो, अर्घाछाप डुडैगैरा, लामेदमार कुलो हुसेघाट, मुक सताक, खहरेखोला, दिगांतुङ आफरे, केराबारीडाँडा, केराबारी तल्लो, फिलिम्दी, बारीखेत, भर्ले खेत, चौबिस माइल, बटुले खेत सिस्नेखोला, रिपाहा झयालाफाँट, रिपाहा बाजखरक सान सिँचाइ आयोजना यस आवमा सञ्चालन हुनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x