×

NMB BANK
NIC ASIA

साताको शेयर : दुई अर्बको कारोबार

साउन ४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं- धितोपत्र बजारमा यस साता कूल १७० कम्पनीको करीब दुई अर्ब रुपैयाँ बराबरको शेयर कारोवार भयो ।

Sagarmatha Cement
Muktinath Bank

आर्थिक वर्ष २०७५/०७६ को अन्तिम तीन दिन र चालू आर्थिक वर्षको दुई दिन खुलेको बजारमा कूल ८५ लाख ९९ हजार १७ कित्ता शेयर कारोबार भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालू आर्थिक वर्ष शुरू भएपछिको दुई दिन कारोवार मापक नेप्से उतारचढावपूर्ण अवस्थामा रह्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 अघिल्लो साता अर्थात् असार २६ गते बिहीवार एक हजार २४८ दशमलव ५३ मा पुगेर बन्द भएको कारोबार यस साताको पहिलो दिन अर्थात् आइतवार झिनो अंकले सुधार भयो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुग्यो । 


Advertisment
Nabil box
Kumari

सो दिन नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औसत मात्रै रह्यो । कूल १६१ कम्पनीको १० लाख ४२ हजार ६४६ कित्ता शेयर २८ करोड ५२ लाख १४ हजार ५७२ मूल्यमा खरीद बिक्री भए । 

Vianet communication
Laxmi Bank

सोमवार भने करीब ४३ करोडको कारोबार भयो । कूल २९ लाख ७३ हजार ८४३ कित्ता शेयर बिक्री हुँदा दोस्रो बजारमा त्यस दिन १७० कम्पनीको शेयर कारोबार भयो । मंगलबार पनि कूल ३४ करोडको कारोबार हुँदा १६१ कम्पनीको १९ लाख ५६ हजार ६३० कित्ता शेयर खरीद बिक्री भए । 

यस्तै बुधवार कारोबार मापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अंकले वृद्धि भयो । सो दिन नेप्से परिसूचक १५.८५ अंकले बढेर एक हजार २४७.८६ मा पुग्यो । नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने औसतमै सीमित रह्यो । कूल १६७ कम्पनीका १३ लाख ७५ हजार १९० कित्ता शेयर ४२ करोड ६७ लाख ४३ हजार ४५८ मूल्यमा कारोबार भए । 

त्यस्तै बुधवार दोहोरो अंकले उकालो लागेर बन्द भएको बजारमा बिहीवार भने नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ बिन्दुमा पुग्यो । नेप्से ओरालो लागे पनि कारोबार रकम भने औसतमा रह्यो । कूल १५८ कम्पनीको १२ लाख ५० हजार ७०८ कित्ता शेयर ४१ करोड १३ लाख ६९ हजार २९९ रुपैयाँमा खरीद बिक्री भए । 

बजार पूँजीकरणका आधारमा यस साता पनि वाणिज्य बैंककै बोलवाला रह्यो । पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी कायम रहँदा नविल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यार्डड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआईसी एशिया बैंक, नेपाल एसबीआई बैंक र कृषि विकास बैंक उत्कृष्ट दशौं स्थानमा परे । 

यस्तै यस साता विभिन्न चार कम्पनीका शेयर स्टकमा सूचीकृत भए । त्यसमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ७५ लाख ४० हजार ३५२ कित्ता हकप्रद शेयर, एनएमबी लघुवित्त वित्तीय संस्थाको दुई लाख ११ हजार ३१२ कित्ता हकप्रद शेयर, नविल ब्यालेन्स फण्डको ११ करोड २० लाख एकाइ साधारण शेयर र कुमारी बैंकको कूल एक करोड ५२ लाख २१ हजार ७८१ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x