×

NMB BANK
NIC ASIA

विरेन्द्रनगरमा खुला पशु-चौपाया : मोटरसाइकल चढेर हिंड्नेका लागि 'यमराज' जस्तै

साउन ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- वीरेन्द्रनगर ९ का रमेश कार्की मोटरसाइकल चढेर मंगलगढी चोकबाट लाटीकोइलीतर्फ जाँदै थिए । उनले मंगलगढी चोक क्रस गर्दा गाइसँग झण्डै ठोक्किनु परेको थियो ।

Sagarmatha Cement
Muktinath Bank

पानी परेका कारण उनको मोटरसाईकल 'स्लिप' खायो । उनलाई धेरै चोट भने लागेन । सोही प्रकृतिको घटना यरीचोकमा पनि दोहोरियो । खोक्रेलाइनबाट नन्दकृष्ण आचार्य यरीचोक गइरहेका थिए । उनीसँग झण्डै गाइ ठोक्किन आयो । उनी बालबाल दुर्घटनाबाट बच्न सफल भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोरलेन सडक भएका कारण सवारी साधनको गति पनि धेरै हुन्छ । यी घटनाहरु त प्रतिनिधिमूलक मात्रै हुन् । फोरलेन सडकको दुवैतिर अहिले पचासौं गाईहरु निर्वाध रुपमा डुलिरहेका छन् । तर नगरपालिकाको ध्यान भने जान सकेको छैन ।


Advertisment
Nabil box
Kumari

‘कम्तिमा छाडा पशु-चौपायालाई नगरपालिकाले व्यवस्थित त गराउनु पर्ने हो नि,' दुर्घटनामा परेका कार्कीले गुनासो गर्दै भने, ‘यहाँ कोही कसैलाई जनताले पाएको सास्तीबारे ध्यान दिनु, बोल्नु नै छैन ।’

Vianet communication
Laxmi Bank

उनी स्थानीय सरकार तथा प्रदेश सरकार नजिकै भएपनि बेवारिसे पशु चौपायाको वयवस्थापन गर्न नसक्नु लाजमर्दो भएको बताउँछन् । ‘शक्तिशाली दुइ सरकार वीरेन्द्रनगरमा नै छन्, 'उनले भने, ‘तर दुवै सरकार पशु चौपायाको व्यवस्थापनमा निरिह देखिएको मैले महसुस गरें ।’

नन्दकृष्णको भनाइ पनि कार्कीको जस्तै छ । ‘सरकार भएपनि सरकार भएको महसुस हुन सकेन,' उनले भने, ‘कम्तिमा नगरपालिकाले पशुको व्यवस्थापन त गर्नुपर्ने थियो, तर खै किन नगरको ध्यान जान सकेको छैन ।’

उनका अनुसार फोरलेन सडकमा मात्रै पचास भन्दा बढी गाईवस्तु छन् । पशु चौपायाका कारण दुर्घटना बढ्ने खतरा भएपनि नगरपालिकाको भने यसतर्फ ध्यान नै नपुगेको पाइएको छ । नगर उपप्रमुख मोहनमाया ढकालले भने ती सबै गाईहरूलाई फार्म बनाएर बायोग्याँस उत्पादन गर्ने गरी नगरपालिका अघि बढिसकेको बताइन ।

‘वैकल्पिक उर्जासँग सहमति भई टेण्डर समेत भइसकेको छ,' उनले भनिन्, ‘अबको केही दिनमा नै काम शुरू हुन्छ ।’

तर त्यो काम सुरु नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था गरेर भएपनि नगरपालिकाले ती गाईवस्तुको व्यवस्थापन गर्ने जानकारी दिइन् । ‘हामी ती छाडा गाईवस्तुको व्यवस्थापनको प्रक्रिया अगाडि बढाउँछौं,' उनले भनिन्, ‘विगतमा पनि हामीले गाईलाई जंगलमा पठाउने गरेका थियौं, तर बारम्बार गाईवस्तु बजारमा आइरहने गरेका थिए ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x