कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ - बेपत्ता भएको ९१ वर्षपछि ‘मृत्यु’ भएको मान्दै नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीस्थित अधिकारीथोकका एक परिवारका सदस्यले हिन्दू संस्कारअनुसार काजकीरिया थालेका छन् ।
जन्मले १०० वर्ष पुगेका नन्दीकेशर अधिकारी (बैकुण्ठ)को हिन्दू संस्कारअनुसार काजकीरिया थालिएको हो । गत मङ्गलबार कुशको ‘शव’ बनाएर अधिकारीको अन्तिम संस्कार गरिएको छ ।
सोही दिनदेखि नन्दीकेशरको भाइका एक नाति कुमार अधिकारी कोरा बारेर १३ दिनकै कीरिया बसेका छन् । मान्छेको मृत्यु भएपछि हिन्दू परम्पराअनुसार १३ दिनसम्म कोरा बस्ने, अलिनो खाने, शुभकार्य नगर्ने, बन्धु र आफन्तले सीदा ल्याउने, शोक प्रकट गर्नेलगायतको एउटै प्रक्रिया हुने नन्दीकेशरका अर्का नाति राजनप्रसाद अधिकारीले जानकारी दिए ।
हिन्दू संस्कारमा ‘नारायणवली’ भनिने यो प्रक्रियामा बेपत्ता भएको मानिस १०० वर्ष हँुदासम्म पनि फेला नपरे मृत्यु भएको मानेर अन्तिम संस्कार गर्ने चलन रहँदै आएको छ । राजनका अनुसार विसं १९६५ मा जन्मेका नन्दीकेशर १९८५ मा परदेश गएका थिए ।
'हजुरबुबा विदेशिएदेखि नै बेपत्ता हुनुभएपछि हिन्दू संस्कारअनुसार अहिले काजकीरिया गर्दैछौँ,' राजनले भने । सात वर्षको उमेरमा विवाह गैरका नन्दीकेशरको श्रीमती बेदमायाको पनि विसं २०४२ मा मृत्यु भइसकेको छ ।
उनीहरूबाट कुनै जायजन्म भएको थिएन । मुलुकी देवानी संहिता २०७४ को भाग–२ व्यक्तिसम्बन्धी कानूनको परिच्छेद–१ को प्राकृतिक व्यक्तिसम्बन्धी व्यवस्थामा कुनै व्यक्ति बिनासूचना लगातार १२ वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले १२ वर्षदेखि कुनै जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने उल्लेख छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...