कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडौँ - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतवार बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ वटा महानगरपालिकाको नेतृत्व टुंगो लगायो । तर कतिपय जिल्लाको नेतृत्वमा अस्वाभाविक रूपमा सहइन्चार्जको संख्या १० सम्म छन् भने कुनै जिल्लाहरूमा एक जना पनि सहइन्चार्ज छैनन् ।
लोकान्तरलाई प्राप्त सूची अनुसार जम्मा १८ वटा जिल्लाहरूमा नेकपाले सह-इन्चार्जको टुंगो लगाउन सकेको छैन । तिमध्ये भाष्कर काफ्लेलाई इन्चार्ज तोकिएको ताप्लेजुङमा एकजना पनि सह-इन्चार्ज छैनन् भने इलाम, धनकुटा, ओखलढुंगा, सप्तरी, नुवाकोट, काभ्रेपलान्चोक, मनाङ, पर्वत, म्याग्दी, मुस्ताङ, नवलपारासी पश्चिम, गुल्मी, प्युठान, बर्दिया, दार्चुलाको नेतृत्वमा पनि इन्चार्जमात्रै तोकिएको छ ।
तर सिराहा, धनुषा, काठमाडौँ, दाङ, कैलाली लगायतका जिल्लाहरूमा भने ८ देखि १० जनासम्म सह-इन्चार्ज छन् । सिराहामा लीला श्रेष्ठ इन्चार्ज छन् भने अजयशंकर नायकसहित १० जनालाई सह-इन्चार्ज तोकिएको छ । त्यस्तै धनुषामा जोगकुमार बरबरियाको नेतृत्वमा जुली महतोसहित ९ जना सह-इन्चार्ज छन् । काठमाडौँमा अन्जना विशंखेसहित ९ जना सह-इन्चार्ज छन् भने दाङमा पनि ९ जना नै सह-इन्चार्ज छन् ।
जिल्लासरहकै हैसियत पाएका महानगरपालिकाहरूमा पनि नेकपाले सह-इन्चार्जको आवश्यकता ठानेन । शिवकुमार मण्डल इन्चार्ज भएको विराटनगर महानगरपालिका, दिनेश राईको नेतृत्वमा वीरगंज, रेणु दाहालको नेतृत्वमा भरतपुर, शुशीला नेपालको नेतृत्वमा ललितपुर, जीवनराम श्रेष्ठको नेतृत्वमा काठमाडौँ र मानबहादुर जीसीको नेतृत्वमा रहेको पोखरा महानगरपालिकामा कुनै सह-इन्चार्ज तोकिएको छैन ।
सह-इन्चार्जको संख्या किन यसरी अस्वाभाविक रूपमा कम र बढी भयो भन्ने प्रश्नमा नेकपा सचिवालयका एक सदस्यले सन्तुलन मिलाउन त्यसो गरिएको जवाफ दिए । उनका अनुसार असन्तुष्टको संख्या धेरै हुन सक्ने भएकाले कहीं धेरै सह-इन्चार्ज राखिएको हो । सह-इन्चार्ज नतोकिएको जिल्लामा भने केही दिनमा तोक्ने र संख्यामा केही घटबढ हुन सक्ने उनको भनाइ छ ।
पढ्नुहोस्, यो पनि :
यी हुन् ७७ जिल्ला र ६ महानगरका नेकपा इञ्चार्ज तथा सह–इञ्चार्ज [सूचीसहित]
जिल्ला सचिवमा घटुवा भएका ४ नेतालाई इञ्चार्ज बनाएर 'पुरस्कार', अन्य २ सह-इञ्चार्ज तोकिए !
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...