मुक्तिनाथ विकास बैंक ग्राण्डी इन्टरनेशनल अस्पतालबीच सहकार्य

साउन ६, २०७६

काठमाडौं- मुक्तिनाथ विकास बैंक र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच बैंकका ग्राहकहरूलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा ग्राण्डी अस्पतालको तर्फबाट बजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे ।


ADVERTISEMENT

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक ग्राहकहरूले ग्राण्डी अस्पताल, टोखामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरूमा आकर्षक छुट पाउने व्यवस्था गरिएको छ । 

मुक्तिनाथ विकास बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा एटीएम र ६ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरू उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।
 

साउन ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस