एनआईसी एशिया डिबेन्चर २०८३/८४ निष्काशन

साउन ६, २०७६

काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडले सोमवार ‘एन आई सी एशिया डिबेन्चर २०८३/८४’ बिक्रीको लागि सार्वजनिक आह्वान गरेको छ । १०.२५ प्रतिशत वार्षिक ब्याजदर रहेको १ हजारप्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको ४ अर्ब ४० करोड रुपैयाँको उक्त ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने छ ।

ऋणपत्रको निष्काशन रकम ४ अर्ब ४० करोड रुपैयाँको ६० प्रतिशत अर्थात् २ अर्ब ६४ करोड रुपैयाँ व्यक्तिगत तवर मार्फत् निष्काशन गरिएको छ भने ४ अर्बको ४० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब ७६ करोड रुपैयाँ सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गरिनेछ ।


ADVERTISEMENT

बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको उक्त ऋणपत्रको लागि मिति २०७६/०४/०९ देखि सर्वसाधारणको लागि बिक्री खुला भई छिटोमा २०७६/०४/०९ तथा ढिलोमा २०७६/०५/०३ सम्म बिक्री खुल्ला रहने छ । 

उक्त ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडबाट Low Credit Risk जनाउने CARE-NP A ग्रेडिङका साथै, इक्रा नेपाल लिमिटेडबाट ICRANP-IR] A माइनस ICRA NP Issuer Rating A Minus साथै Care Ratings Nepalलिमिटेडबाट CARE-NP A (IS) ग्रेडिङ प्रदान गरिएको छ । उक्त क्रेडिट रेटिङ प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने उक्त ऋणपत्र नेपालको ऋणपत्र बजारको विकासको लागि एक महत्वपूर्ण कडि हुने विश्वास बैंकले विश्वास लिएको छ । 

मुलुकको हालको दीर्घकालीन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालीन रुपमा उच्चतम् प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानीको लागि विरलै प्राप्त हुने यो उत्कृष्ट अवसर भएकोले यसबाट अत्याधिक फाइदा उठाउन सम्बन्धित सबैमा बैंकले आग्रह गरेको छ । 

साउन ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस