×

NMB BANK
NIC ASIA

पोखराको लेकसाइड २४सै घण्टा खुला गर्न माग

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा–पोखराको लेकसाइडमा पर्यटकको चाहनालाई ध्यानमा राख्दै २४सै घण्टा खुला गरी सरकारले शान्ति सुरक्षाको प्रत्याभूत गरे व्यवसाय सञ्चालन गर्न सकिने व्यवसायीले बताएका छन् । नेपाल भ्रमण वर्ष सन् २०२० सफल पार्न सरकारले देशका प्रमुख तीन पर्यटकीय गन्तव्य काठमाडौँको ठमेल, चितवनको सौराहा र पोखराको लेकसाइडलाई चौबिसै घण्टा खुल्ला गर्ने गरी तयारी अगाडि बढाएको छ । 

Muktinath Bank

    सो विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीले सरोकारपक्षबीच छलफल चलाएको थियो । सरकारले आवश्यक पूर्वाधारको विकास गरी शान्ति सुरक्षाको प्रत्याभूत गराउन सके व्यवसाय सञ्चालन गर्न सकिने पर्यटन व्यवसायीले बताएका छन् । लेकसाइडलाई पर्यटकको एउटा आकर्षक गन्तव्य बनाउन अब विकल्प सोचेर पर्यटनमैत्री वातावरण तयार गर्नुपर्ने व्यवसायीले धारणा राखेका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    “लेकसाइड ११ बज्न नपाउँदै सुनसान हुन्छ, प्रमुख पर्यटकीय गन्तव्य लेकसाइडमा प्रहरीले सुरक्षा प्रदान गर्न सके खोल्नु उपयुक्त हुन्छ”, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया भन्नुभयो, “होहल्लाको व्यवस्थापन गरेर यहाँका स्थानीय बासिन्दाको जीवनमा असर नपर्ने गरी सुरक्षाको व्यवस्था दिन सके होटल रेष्टुरेण्ट खोल्दा धेरै फाइदा हुन्छ ।” 


Advertisment
Nabil box
Kumari

    पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले लेकसाइडमा रु पाँच खर्ब बढीको लगानी भएको र अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखराको पर्यटन बजार फराकिलो हुने भएकाले आजदेखि नै गृहकार्य थाल्न जरुरी रहेकामा जोड दिनुभयो । सिसिटिभी, सुरक्षा गार्ड, खुला स्थान, आकस्मिक कक्ष, स्टाफलाई डियुटिपछि घर पु¥याउने जिम्मा, महिला कर्मचारीको सुरक्षा लगायतका विषयमा व्यवसायी जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो ।  

Vianet communication
Laxmi Bank

    रेष्टुरेण्ट एण्ड बार एशोसियशनका ९रेवान० पोखरा अध्यक्ष भिमसेन भुजेलले अहिले पनि भारतीय पर्यटक आफ्नो साधनमा पोखरा आउँदा राति ११÷१२ बज्ने गरेकाले समस्या हुने गरेको बताउनुभयो । अहिले राति १० बजे नै प्रहरीबाट हुने धरपकडले रेष्टुरेण्टमा खाइरहेका पर्यटकलाई आतङ्कित पार्ने काम हुँदै आएको बताइएको छ ।  

    नेपाल टुर्र एण्ड ट्राभल्स एजेन्टस् ९नाट्टा० गण्डकीका अध्यक्ष सन्तोष पोखरेल लेकसाइडमा व्यवसाय गर्नेहरुको मात्रै नभएर आवासीय बासिन्दाको पनि भावना बुझनुपर्ने बताउनुभयो । महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले कसैले जितेको र कसैले हारेको रुपमा लेकसाइडको व्यवसाय अघि बढ्न नसक्ने बताउनुभयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x