×

NMB BANK
NIC ASIA

हाइब्रिड कार नेपालका लागि उपयुक्त, सरकारको दूरदर्शी निर्णय

साउन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– बिजुली र पेट्रोल दुवैबाट चल्ने स्मार्ट हाइब्रिड गाडीको नेपालमा बिक्री शुरू भएको छ । हाइब्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ । यस्ता कारहरूमा अधिकांश समय इलेक्ट्रिक मोटरले काम गर्दछ भने बाटोको अवस्था हेरी इन्जिनले पनि कार्य गर्दछ । यस्तो कारमा इन्धनको खपत कम हुन्छ । अर्थात् कहिले ब्याट्रीको मात्र खपत हुन्छ भने कहिले ब्याट्रीको साथसाथै इन्धनको पनि खपत हुने गर्दछ । ब्याट्रीले मात्र इन्जिनमा शक्ति पुर्‍याउन नसकेको अवस्थामा इन्धन इन्जिनले सहयोग गर्दछ । 

Muktinath Bank

हाइब्रिड कार पनि अन्य कार जत्तिकै चलाउन सहज हुन्छ । पछिल्लो समय यो कार संसारकै प्रमुख रोजाइमा पर्दै आएको छ ।  हाइब्रिड कारमा चालकले आफ्नो आवश्यकता वा बाटोको प्रकृति हेरी कारलाई कुन मोडमा चलाउनु पर्ने हो सो कुरा आफैं तय गर्न सकिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाइब्रिड कारमा रहेको इलेक्ट्रिक मोटर ब्याट्रीमा जोडिएको हुन्छ । जसले गर्दा हाइब्रिड प्रविधिबाट इन्जिनको क्षमता बढाउन सकिन्छ । साधारण कारमा जब ब्रेक लगाइन्छ त्यस अवस्थामा काइनेटिक इनर्जी खेर जान्छ तर हाइब्रिड प्रविधियुक्त कारमा जब ब्रेक लगाइन्छ त्यस अवस्थामा उत्पन्न भएको काइनेटिक इनर्जीले हाइब्रिड कारमा भएको ब्याट्री चार्ज हुन्छ । 


Advertisment
Nabil box
Kumari

हाइब्रिड इन्जिनका विभिन्न प्रकारहरू हुने गर्दछन् तीमध्ये प्यारलल हाइब्रिड, प्लगइन हाइब्रिड, सिरिज हाइब्रिड, माइल्ड हाइब्रिड, स्मार्ट हाइब्रिड हाल प्रयोगमा आइरहेका छन् । 

Vianet communication
Laxmi Bank

हाइब्रिड कारका धेरै विशेषता छन्, जस्तो यसमा इन्धनमा हुने मूल्य वृद्धिले पनि अन्य कारलाई जस्तो असर गर्दैन । कार्बन उत्सर्जन पनि न्यून मात्रामा गर्ने हुँदा वातावरणमा पनि यसले ठूलो योगदान दिन्छ । प्रत्येक वर्ष विश्वको तापक्रम बढ्दै गइरहेको वर्तमान अवस्थमा यस्ता कारहरूले पर्यावरणीय सन्तुलनमा ठूलो योगदान पुर्‍याउने भएकोले आज विश्वका हजारौं वैज्ञानिकहरूले यस्ता कारहरूमा अझ बढी गहिरो अन्वेषण गर्दै आएका छन् । 

ब्रेक लगाउँदा उत्पन्न हुने काइनेटिक इनर्जीले ब्याट्री चार्ज हुने यसको अर्को विशेषता हो । त्यसैगरी यस्ता कारहरूको निर्माण गर्दा हलुका कच्चा सामग्रीहरूको प्रयोग गरिएको हुन्छ, अर्थात् हलुका भएका कारण यस्ता कारहरूले कम इन्धन खपत गर्दछन् । यस्ता कारहरूको दिनप्रतिदिन माग बढ्दै गइरहेको अवस्थामा माग ज्यादा भएको हुँदा उच्चतम मूल्यमा रिसेल गर्न पनि सहजै सकिन्छ । 

विश्वमा पेट्रोलियम पदार्थको स्रोत क्रमशः घट्दै गइरहेको वर्तमान अवस्थमा यस्ता कारहरुले निश्चय पनि इन्धन बचतमा ठूलो योगदान पुर्‍याउने विश्वास लिन सकिन्छ । त्यसैले विश्वमा यस्ता कारहरूको खरीदमा सरकारले समेत सहुलियत प्रदान गर्दै आएका छन् । नेपाल सरकारले यस्ता कारमा दिन लागेको सहुलियतले इन्धन खपत कम गर्ने कारप्रति नेपाली उपभोक्ताको आकर्षण बढ्ने अटोमोबिल्स क्षेत्रका जानकारहरू बताउँछन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x