नेप्सेमा सामान्य सुधार

साउन ७, २०७६

काठमाडौं- धितोपत्र बजारमा मंगलवार शेयर कारोबार मापक नेप्से परिसूचक करीब छ अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको छ । 


ADVERTISEMENT

परिसूचक बढे पनि आज कारोबार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन । सोमवारको तुलनामा कारोवार रकम वृद्धि भएको छ । कूल १६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता शेयर ३६ करोड ८९ लाख ८० हजार ८६० मूल्यमा खरीद बिक्री भए । सोमवार कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको थियो । 

स्टकका अनुसार कुल कारोबार भएका ११ उपसमूह मध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ । यस्तै सात उपसमूहको शेयर भने वृद्धि भएको छ । होटल ३.९२, जलविद्यसत् २.८, उत्पादन ४.२२ र अन्य उपसमूह ०.६५ बिन्दुले घटे । यस्तै बैंकिङ ६.९७, विकास बैंक ४.१७, वित्त ०.४३, निर्जीवन बीमा ३८.०५, लघुवित्त २८, जीवन बीमा ५.१९ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । 

  

साउन ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस