कास्कीको पुरुन्चौरमा कामना सेवाकोे ९७ औं शाखा

साउन ७, २०७६

पोखरा- कामना सेवा विकास बैंकले गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १९ स्थित पुरुन्चौरमा ९७ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त शाखाको कारोबार शुभारम्भ गरेका थिए । कारोवार शुभारम्भ समारोहमा बैंकका सञ्चालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेश प्रमुख टुबराज बाँस्तोला लगायत स्थानीयको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरू तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरूलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।
 
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा ९७ वटा शाखा तथा ४५ वटा एटीएम ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।

साउन ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस