महालक्ष्मी विकास बैंकलाई बेष्ट प्रिजेन्टेड एनुअल अवार्ड

साउन ८, २०७६

काठमाडौं- नेपाली लेखा व्यवसायीहरूको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०१८, समारोहमा विकास बैंकतर्फ महालक्ष्मी विकास बैंक लि.ले प्रथम स्थान प्राप्त गरी सो अवार्ड हासिल गर्न सफल भएको छ ।

उक्त समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गरेका थिए । 


ADVERTISEMENT

बैंकले पाएको यस सफलताको श्रेय बैंकका आदरणीय ग्राहक, नियमक निकाय, शुभचिन्तक एवं शेयरधनीलाई दिएको छ । 


 

साउन ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस