×

NMB BANK
NIC ASIA

नयाँ मौद्रिक नीति

मौद्रिक नीति : बैंकहरूको 'बिग मर्जर'लाई प्रोत्साहन, गरिएन बाध्यकारी व्यवस्था

साउन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -  राष्ट्र बैंकले मर्जरमा जाने वाणिज्य बैंकहरूलाई विशेष सहुलियत दिने घोषणा गरेको छ । यद्यपि 'बिग मर्जर'को बाध्यकारी व्यवस्था भने यसपटकको मौद्रिक नीतिमा गरिएको छैन ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा मर्जरमा जाने वाणिज्य बैंकहरूलाई ५ किसिमको सहुलियत प्रदान गर्ने उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअन्तर्गत कृषि, ऊर्जा र पर्यटन जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा न्यूनतम २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्नैपर्ने बाध्यकारी व्यवस्थाको समयसीमालाई २०७८ सालको असार मसान्तसम्म धकेलिएको छ ।


Advertisment
Nabil box
Kumari

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले कर्जा र निक्षेपबीचको ब्याजदर (स्प्रेड रेट) ४ दशमलव ४ प्रतिशत कायम गर्नुपर्ने समयसीमा पनि मर्जरमा जाने बैंकहरूको हकमा सोही अवधिसम्म तोकिएको जानकारी गराए ।

Vianet communication
Laxmi Bank

जब कि मर्जरमा जान नचाहने अन्य बैंकले भने तोकिएको स्प्रेड रेट तत्काल कायम गर्नुपर्ने हुन्छ ।

चुक्ता पूँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नुपर्ने अवधिलाई पनि लम्ब्याएर २०७८ सालकै असार मसान्तसम्म पुर्याइएको छ भने शाखा बिस्तार गर्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृतले पदबाट हटेको कम्तीमा ६ महिनासम्म अन्य बैंक तथा वित्तीय संस्थामा कुनै पनि हैसियतमा काम गर्न नपाउने विद्यमान व्यवस्था समेत मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको हकमा यसपटक लागू नहुने प्रावधान समेत मौद्रिक नीतिमा समेटिएको छ ।

जसका कारण २ वा २ भन्दा बढी वित्तीय संस्था मर्जरमा जाँदा जिम्मेवारी विहीन हुन सक्ने उच्च अधिकारीहरू तत्काल अन्य बैंक तथा वित्तीय संस्थामा काम गर्न जान सक्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x