पायोनियर मोटो कर्पद्वारा देशभर डाट्सन तथा निशान गाडीको मनसुन सर्भिस क्याम्प सञ्चालन

साउन ९, २०७६

काठमाडौं- डाट्सन तथा निशान गाडीको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले राष्ट्रव्यापी रूपमा निःशुल्क मनसुन सर्भिस क्याम्प सञ्चालन गरेको छ ।

यस क्यामको शुरू बिहीवारदेखि भएको छ । यो क्याप्प साउन ९ गतेदेखि १६ गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुँदै छ । यो सर्भिस क्याम्प नेपाल अधिराज्यभर रहेका कम्पनीका आधिकारिक सर्भिस सेन्टरहरू मार्फत् सहजै उपब्ध हुनेछ ।


ADVERTISEMENT

यो निःशुल्क सर्भिस क्याम्पमा ग्राहकहरूले अन्य विभिन्न अतिरिक्त सुविधाहरू जस्तै निःशुल्क गाडी चेक अप, निःशुल्क टप वास, स्पेयर पार्टको खरीदमा २० प्रतिशतसम्म छुट, अन्य एक्सोसरिजहरूको खरीदमा ३० प्रति छुटलगायत बाढीले क्षति भएका निशान तथा डाट्सन गाडीलाई विशेष सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । 

यो सर्भिस क्याम्प पायोनियर मोटो कर्पले आफ्ना ग्राहकहरू समक्ष उत्कृष्ट एवं ग्राहकमुखी उच्चतम् अनुभव प्रदान गर्न गरिएका एक पहल भएको कम्पनीले जनाएको छ । 
 

साउन ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस