×

NMB BANK
NIC ASIA

जनकपुरधाम – धान मुख्य खेती रहेको २ नम्बर प्रदेशका विभिन्न जिल्लामा धान रोपाइँको काम चलिरहेको छ ।

Muktinath Bank

अविरल वर्षाका कारण कतिपय ठाउँमा रोपिसकेको धान बगेर नष्ट भएको छ भने कतिपय ठाउँमा बेर्ना पनि बाढीले बगाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाढीबाट कम प्रभावित भएका र पानी सुकिसकेका क्षेत्रमा किसानले रोपाइँको काम गरिरहेका छन् तर धान उत्पादनका लागि आवश्यक रहेको रासायनिक मलको चरम अभाव भएको छ ।


Advertisment
Nabil box
Kumari

एकातिर बाढीले रोपाइँमा क्षति गरेर धान उत्पादन घट्ने भएको छ भने अर्काेतिर रासायनिक मल नहुँदा उत्पादनमा कमी आउने देखिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–५ का किसान रहिमन मण्डलले भने, ‘धान रोप्न त रोपियो तर रासायनिक मल नै बजारमा उपलब्ध नभएपछि धान उत्पादन घट्ने निश्चित छ । जलेश्वरका सबै कृषि सहकारी पसलमा रासायनिक मल किन्न जाँदा कृषि सामग्री संस्थानले नै आपूर्ति नगरेका कारण रासायनिक मल नरहेको जवाफ दिने गर्छन् ।’

Vianet communication
Laxmi Bank

धनुषाको हंसपुर नगरपालिका–३ कठपुल्लाका अर्का किसान कामेश्वर सिंह पनि रासायनिक मल बजारमा नपाउँदा धान रोपाइँको काम नै पूर्णरुपले प्रभावित भएको गुनासो गर्छन् । ‘धान रोप्ने बेला आवश्यक पर्ने मुख्य रुपमा डीएपी र युरिया मल बजारमा कहीँ पनि उपलब्ध नभएका कारण कृषि सामग्री कम्पनी शाखा कार्यालय जनकपुर पनि पुगें,’ सिंहले भने, ‘त्यहाँ पनि रासायनिक मल खास गरेर डीएपी मल आपूर्ति नै नभएकाले कुनै पनि सहकारी संस्थालाई बिक्री नगरिएको जवाफ दिने गरेका छन् ।’ मलका लागि सहकारी संस्थादेखि कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरसम्म धाउने किसान रित्तै हात फर्किन बाध्य छन् ।

‘रासायनिक मल हुँदै नभएको त होइन । क्षेत्रीय कार्यालय वीरगञ्जबाट गत वर्ष नै आपूर्ति गरिएको रासायनिक मलमध्ये केही मात्र मौज्दात रहेको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा  आपूर्ति गरिएको ५५ टन डीएपीमध्ये ३ टन र ६ सय ९९ टन युरियामध्ये ६१२ टन मात्र बाँकी छ,’ कृषि सामग्री कम्पनी शाखा कार्यालय जनकपुरका स्टोर किपर ध्रुवप्रसाद साहले भने, ‘वितरण गरिने वितरक सहकारी संस्थाको नामावली भेरिफाई भइरहेकाले ती संस्थालाई पनि मौज्दातमा रहेको सीमित मल बिक्रीवितरण गरिएको छैन ।’

कृषि सामग्री कम्पनी जनकपुरले धनुषा र महोत्तरीका लागि २ सय ७० वटा सहकारी संस्थामार्फत अनुदानमा रासायनिक मल बिक्री वितरण गर्दै आएको छ । शाखा कार्यालय जनकपुरका प्रमुख रविकुमार केसरी भन्छन्, ‘क्षेत्रीय कार्यालय वीरगञ्जमा नै रासायनिक मल आपूर्ति नभएकाले हामीले पनि पाएका छैनौं ।’ केही दिनमा नै उताबाट आपूर्ति भए किसानले पनि सहज रुपमा रासायनिक मल पाउने केसरीले बताए ।

कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख गोविन्द पराजुली भने रासायनिक मलको चरम अभाव रहेको भन्ने कुरा मान्न तयार छैनन् । ‘गत वर्षमा आवश्यक परेको रासायनिक मल आपूर्ति गरिएकै हो तर यस वर्षमा नेपाल सरकारले मल किन्नका लागि बजेट नै अलि ढिलो विनियोजन गरेकाले आपूर्तिमा केही समस्या भने भएको छ,’ उनले भने, ‘अहिले धान खेतीका लागि खास गरेर डीएपी मलको माग बढी हुन्छ, त्यो मल क्षेत्रीय कार्यालयमा पनि मौज्दात छैन । केही दिनमै ढुवानी गर्ने व्यवसायीसँग सम्झौता भएपछि मल आपूर्ति सहज हुनेछ ।’

धनुषा र महोत्तरीमा मात्रै धान खेतीको लागि असारदेखि भदौ महिनासम्म ५ हजार टन युरिया, ६ हजार मेट्रिक टन डीएपी, ३० टन पोटास आवश्यक पर्छ तर कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरमा वार्षिक कार्यक्रम अन्तर्गत १० हजार टन मात्रै रासायनिक मल आपूर्ति हुने गरेको छ । परिणाम स्वरूप प्रत्येक वर्ष धान खेतीसँगै अन्य खेतीका लागि पनि रासायनिक मलको चरम अभाव हुँदा किसान मर्कामा पर्ने गरेका छन् । 
धनुषा र महोत्तरीमा वर्षभर ११ हजार टन युरिया, १५ हजार टन डीएपी, ५ सय टन पोटास आवश्यक पर्ने गरेको कृषि सामग्री कम्पनी जनकपुरका स्टोर किपर साहले बताए ।

साल्ट ट्रेडिङ कर्पोरेसनमा पनि मल छैन

सरकारले अनुदानमा किन्ने गरेको मलको ७० प्रतिशत रासायनिक मल कृषि सामग्री संस्थान र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आपूर्ति गर्ने गर्छ । यस वर्ष पनि ३ लाख टन रासायनिक मल किन्नका लागि ९ अर्ब रुपैयाँ सरकारले विनियोजन गरेको छ तर हालसम्म नेपाल सरकारले चालू आर्थिक वर्षका लागि रासायनिक मल नै किन्न सकेको छैन ।

साल्ट ट्रेडिङ कोर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरका प्रमुख बासुदेव उपाध्यायका अनुसार अनुदानमा खरिद गरिएको डीएपी र युरियामध्ये कुनै पनि मल मौज्दातमा छैन । धनुषा, महोत्तरी र सिन्धुली गरी ३ जिल्लाका लागि साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जनकपुरले पनि सहकारीमार्फत बिक्री वितरण गर्ने गर्छन् ।

गत वर्ष कर्पोरेसनले धनुषामा ८ सय ७२ टन युरिया, ९ सय १७ टन डीएपी र १८ टन पोटास बिक्री गरेको थियो । महोत्तरीमा १ हजार ३ सय ३० टन युरिया, १ हजार १ सय ५१ टन डीएपी र ३६ टन पोटास तथा सिन्धुलीमा ९ सय ९६ टन युरिया, ४ सय २७ टन डीएपी र २ टन पोटास बिक्री गरेको थियो तर यस आर्थिक वर्षमा धान खेतीका लागि कुनै पनि रासायनिक मल नरहेको उपाध्यायले बताए ।

रासायनिक मलले माटोको अम्लियपनलाई हटाउँदै खुकोलो बनाउने, बिरुवालाई जरैसम्म फैलाउने, वृद्धि गर्ने र टिकाउनेजस्ता काम गर्ने हुनाले किसानले मलको माग गर्ने गरेको जनाइएको छ ।

देशभर ७ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता रहेकोमा अनुदानको रकमबाट ३ लाख टन मल मात्र खरिद हुने भएकाले वर्षैभर मलको अभाव हुने गरेको छ । सरकारले ग्लोबल टेन्डरमार्फत मल किन्ने गरेको छ । सरकारले किनेको मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत बिक्री वितरण गर्ने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x