प्रभू बैंक र ओर्बिटबीच सहमति पत्रमा हस्ताक्षर

साउन १०, २०७६

काठमाडौं – प्रभू बैंक लिमिटेड र ओर्बिट मेडिकल इन्ट्रान्स प्रालिबीच शुक्रवार एक सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमति पत्र अनुसार ओर्बिट मेडिकल इन्ट्रान्स प्रालिको प्रभू बैंक लिमिटेड आधिकारिक बैंक रहेको र कम्पनीसँग आवद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट सिफारिस भइ आएका उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीले बैंकको सबै शाखाबाट नगद जम्मा गर्ने, विदेशी मुद्रा सटही सुविधा, अनलाइन पेएमेन्ट ड्राफ्टका माध्यमबाट गरिने आईइएलटीएस, टीओइएफएल, पीटीई, सीएई, एसएटी, जीआरई, ट्यूसन फी लगायत शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने र शैक्षिक कर्जा आवश्यक परेमा सर्वसुलभ तरिकाबाट कर्जा उपलब्ध गराइने उल्लेख छ ।


ADVERTISEMENT

सो कार्यलाई अझ सुव्यवस्थित गर्नको लागि बैकको कमलादी शाखालाई मुख्य सम्पर्क केन्द्र तोकिएको छ । बैंकको उक्त कार्यबाट धैरेभन्दा धैरे विदेशमा अध्ययनका लागि जाने विद्यार्थी तथा तिनका आश्रितहरू लाभान्भित हुने अपेक्षा गरिएको छ । 

सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा ओर्बिट मेडिकल इन्ट्रान्स प्रालिका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक सुनिल रेग्मीले हस्ताक्षर गरेका थिए ।

साउन १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस