×

NMB BANK
NIC ASIA

जनकपुरधाम - भारतको 'आज तक'का नेपाल संवाददाता पंकज दासले शुक्रवार जनकपुरमा संचालन हुने रेलको नाउँ जानकी रहेको भन्दै इन्जिन सहितको तस्विर सामाजिक संजाल फेसबुकमा पोष्ट गरेपछि  सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

Muktinath Bank

भारतको गोरखपुर हुँदै दिल्ली गइरहेका दासले संयोगवश उक्त इन्जिन गोरखपुर स्टेसनमा देखेका थिए । ‘जानकी नाम सहितको इन्जिन गोरखपुर स्टेसनमा देखे पछि त्यहाँ जानकारी लिन खोज्दा उक्त इन्जिन नेपालको लागि रहेको तथा अहिले ट्रायलका लागि सीतामढी—रक्सौल ट्रयाकमा पठाईएको छ,’ दासले लोकान्तरसँग भने, ‘गोरखपुर स्टेसनबाट शुक्रवार नै रक्सौलका लागि उक्त इन्जिन पठाईएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतकै वाल्मिकीनगर, रामनगर, नरकटियागंज, बेतिया, सुगौली हुँदै रक्सौल पुगेर सीतामढीसम्म पुग्ने गोरखपुरका रेल्वे विभागका कर्मचारीबाट जानकारी प्राप्त भएको दासले दाबी गरे ।


Advertisment
Nabil box
Kumari

नेपाललाई बिक्री गरिने उक्त रेल भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म सञ्चालन हुने भएकाले अहिले परीक्षणका लागि सीतामढी—रक्सौल रुटमा ट्रायलका लागि पठाइएको छ । ‘रेल्वेको ट्रयाकमा केही समस्या भएकाले तत्काल बोगी भने नपठाइए पनि इन्जिन मात्र परीक्षणका लागि पठाएको आफूलाई गोरखपुर रेल्वेका पदाधिकारीले जानकारी दिएका छन्,’ दासले थपे, ‘ भारत सरकारले रेल्वे लाईन र पेट्रोलियम पाइपलाइनको एक साथ उदघाटन गर्ने तयारी गरिरहेकाले पनि छिटै रेल्वे हस्तान्तरण गर्ने काम अघि बढेको हो ।’

Vianet communication
Laxmi Bank

एता रेल्वेको इन्जिनको नाउँ जानकी नै रहेको भन्नेबारे नेपाल सरकारले कुनै निर्णय भने अहिले नगरेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘अहिले सामाजिक संजालमा रेल इन्जिन जानकी नेपालमा नै आयो भनेर कतिपयले लेखिरहेका छन्,’ महानिर्देशक मिश्रले भने, ‘त्यस्तो केही पनि छैन, निराधार कुरा हो ।’

‘भौतिक पूर्वाधार विकास मन्त्री रघुवीर महासेठ ज्यूसँग मेरो निजी कुराकानी हुँदा २ वटा रेल इन्जिनमध्ये एउटाको नाउँ जानकी नै राख्ने भन्ने छलफल गरेका छौं, मिश्रले लोकान्तरसँगको कुराकानीमा भने, ‘अर्को इन्जिनको नाउँ पशुपति वा सगरमाथा राख्ने भन्ने छलफल मात्र गरेका छौं ।’ यद्यपि नेपाल सरकारले त्यससम्बन्धी कुनै पनि औपचारिक निर्णय भने गरेको छैन ।

'जानकी' नै इन्जिनको नाउँ हो भनेर भन्नु अहिले धेरै छिटो हुने मिश्रले बताए । अहिले त फ्याक्ट्रीमा रेलको इन्जिन र बोगी बनिरहेकै कारण रेल र इन्जिन नेपाल आउन अझै ३ महिनासम्म लाग्न सक्छ । केही दिनमा हामी भारतको रेल कम्पनीमा गएर हेर्छौं, उनले बताए ।

नेपाल सरकारले भारतको मद्रासस्थित कोंकर्ण रेल्वे इन्टरनेशनल कर्पोरेसनसँग २ सेट रेल किन्ने सम्झौता गरेको छ । नेपाली रुपैयाँ ८४ करोड ६५ लाखमा २ वटा इन्जिन र ५ वटा कोच (बोगी ) किन्ने सम्झौता भएको छ । जस मध्ये केही रकम भुक्तानी समेत भइसकेको रेल्वे विभागका महानिर्देशक मिश्रले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x