×

NMB BANK
NIC ASIA

मधेश आन्दोलनले जन्माएका यात्री : जनकपुरदेखि मुक्तिनाथ र पाथिभरासम्म साइकलमै !

साउन ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – जनकपुरधामका ३१ वर्षीय रञ्जितकुमार साह साइकल यात्रा गरेर नै ‘तराई, पहाड, हिमाल, हाम्रो मातृभूमि नेपाल’ नारासहित राष्ट्रिय एकताको सन्देश प्रवाह गरिरहेका छन् ।

Muktinath Bank

नेपाल र भारतका विभिन्न भूभागमा साइकल यात्रा गर्दै राष्ट्रिय एकताको सन्देश छरिरहेका रञ्जितको साहस प्रशंसा योग्य मात्र होइन, उनलाई प्रदेश सरकारले सद्भावना दूत बनाउनुपर्ने २ नम्बर प्रदेशका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुरधाम उपमहानगरपालिका–४ कटैया चौरीमा घर भएका रञ्जित परिवारको जीविकोपार्जन गर्न जिरोमाइलस्थित बसपार्कमा पुर्ख्यौली पान पसल सञ्चालन गर्दै आएका छन् । उनका बुवा किशोरी साहले थापेको पान पसलमालाई विगत १५ वर्षदेखि  रञ्जितले हेरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

जनकपुरको संकट मोचन माध्यमिक विद्यालयमा ७ कक्षासम्म पढेका रञ्जित बहिनीलाई पढाउने उद्देश्यले पैसा कमाउनतिर लागे । रञ्जितका जेठो दाजु वैद्यनाथ साह पढाइ गर्न नसकेर एम्बुलेन्स चालक छन् । २ बहिनी भने उच्च शिक्षा गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

मधेश आन्दोलनले जन्मिएका साइकल यात्रा !

२०७२ सालमा मधेश आन्दोलनको समयमा अनिश्चितकालीन आमहड्ताल थियो । रञ्जितका साथी रुपेश ठाकुर काठमाडौंबाट जनकपुर आउँदै गर्दा हड्तालका कारण महोत्तरीको बर्दिबासमै फसे । त्यसपछि रञ्जित ‘हिरो रोयल’ साइकलमा जनकपुरबाट बर्दिबास आए र साथीलाई घरसम्म पुर्‍याए ।

जनकपुरदेखि बर्दिबाससम्म ३४ किलोमिटर दूरी पर्छ । केही घण्टामै उनी जनकपुरदेखि बर्दिबास पुगे र बर्दिबासबाट साथी रुपेशलाई जनकपुर पुर्‍याए । यहीँ घटनाले रञ्जितमा जन्मियो साइकल यात्राको योजना ।

साइकलमा जनकपुरदेखि पशुपतिनाथसम्म

मधेश आन्दोलनको आमहड्तालका कारण बजारदेखि सवारीसाधन सबै ठप्प थियो । उनी फुर्सदिला थिए । त्यतिबेला उनले साइकलमा घुम्ने योजना बनाए । २०७२ भदौं २१ गते उनी जनकपुरबाट काठमाडौं प्रस्थान गरे । 

बिहानै ३ बजे उठेर साइकल लिएर बीपी राजमार्ग हुँदै रञ्जित राति १२ बजे २१ घण्टामा काठमाडौं पुगे । उनी राति साथीको घरमा बास बसे । अर्काे दिन त्यसै गरी उनी साइकलमै जनकपुर फर्किए । काठमाडौं जाँदा–आउँदा उनले खानामा २ सय २० रुपैयाँ मात्रा खर्च गरे ।

साइकलमै हलेशीसम्म यात्रा

साइकलमा काठमाडौंसम्म यात्रा गरिसकेका रञ्जितमा घुम्ने नशा चढिसकेको थियो । काठमाडौंबाट फर्किएको केही दिनमै २०७२ असोज ७ गते उनी ‘हिरो’ साइकल लिएर खोटाङको हलेसी महादेव मन्दिर दर्शन गर्न हिँडे । हलेशी पुग्न उनलाई २ दिन लाग्यो ।

पहिलो दिन उदयपुरको कटारीभन्दा अलिमाथि घुर्मीमा पुगेर उनी होटेलमा बास बसे । दोस्रो दिन उनले हलेशी पुगेर भगवान् महादेवको दर्शन गरे । १ सय ८५ किलोमिटर दूरीको यात्रा साइकल चढेर २ दिनमा पूरा गरेको रञ्जितले बताए । १ दिन हलेशीमा बास बसेर फेरि उनी भोलिपल्ट बिहानै साइकल चढेर जनकपुर फर्किए । हलेशी यात्राका क्रममा १५ सय रुपैयाँ खाना तथा आवासमा खर्च भएको उनले बताए ।

साइकलमै जनकपुरदेखि मुस्ताङको मुक्तिनाथधाम यात्रा  

उनले जनकपुरबाट मुस्ताङको मुक्तिनाथधामसम्म साइकल यात्रा गर्ने निर्णय गरे । जनकपुरबाट मुस्ताङ जिल्लाको मुक्तिनाथधामसम्म रन्जितले ६ दिनमा साइकल यात्रा पूरा गरे । २०७२ चैत्र २४ गते उनी जनकपुरदेखि मुक्तिनाथसम्म ५ सय ४४ किलोमिटर साइकल यात्रा गर्न निस्किए ।

यात्राका क्रममा उनी पहिलो दिन हेटौडा, दोस्रो दिनमा अब्बु खैरेनी, तेस्रो दिन फेदीमा बास बसे । चौथो दिन रातोपानीमा, पाँचौं दिन मार्खामा बास बसेका रञ्जित छैठौं दिन मुक्तिनाथधाममा पुगेका थिए । धामको दर्शनपछि उनी साइकलमै जनकपुरधाम फर्किए । यात्राका क्रममा प्रतिदिन १ हजार रुपैयाँ बास बस्न तथा खाना खान लागेको रञ्जितले बताए ।

साइकलबाट भारतको अयोध्या–लखनउ यात्रा 

नेपाल–भारत सम्बन्ध तथा मैत्रीपूर्ण सम्बन्ध कायम रहोस् भन्ने उद्देश्यले उनले साइकलमा नेपाल–भारतको झन्डा बोकेर जनकपुरदेखि भारतको उत्तर प्रदेश राज्यको अयोध्यादेखि लखनउसम्म यात्रा गरे । २०७५ कात्तिक २ गते जनकपुरबाट साइकल चढेका रञ्जित ४ दिनमा अयोध्यासम्म पुगेका थिए ।

पहिलो दिन भारतको शिवहर, दोस्रो दिन गोपालगञ्ज, तेस्रो दिन कप्तानगञ्ज बास बसेका रञ्जित चौथो दिन अयोध्या पुगेका थिए । जनकपुरदेखि अयोध्यासम्म ४ सय २५ किलोमिटर यात्रा उनले सहजै पूरा गरेका थिए । अयोध्या पुगेर उनले मेयरसँग भेट गरी जनकपुर–अयोध्या सम्बन्धबारे कुराकानी गरेका थिए ।

करीब ५ दिनजति अयोध्या बसेर त्यहाँबाट उनी उत्तर प्रदेशको राजधानी लखनउ एकैदिनमा साइकलबाट पुगेका थिए । अयोध्यादेखि लखनउ १ सय ३५ किलोमिटर दूरी छ । ४ दिनपछि उनी लखनउबाट जनकपुर फर्किए । अयोध्या–लखनउ यात्राका क्रममा १३ दिनमा ७ हजार भारतीय रुपैयाँ खर्च भएको उनले बताए ।

साइकलबाट पाथिभरासम्म यात्रा 

लखनउबाट फर्किएपछि उनले जनकपुरदेखि ताप्लेजुङस्थित पाथिभरा मन्दिरसम्म साइकल यात्रा गर्ने निर्णय गरे । यात्राका लागि धनुषा च्याम्बर अफ कमर्सले रञ्जितलाई एउटा नयाँ हिरो रोयल साइकल उपहार दियो । जनकपुरधामका मेयर लालकिशोर साहले १ हजार रुपैयाँ, राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले २ हजार रुपैयाँ र अयोध्याका मेयरले १ हजार भारतीय रुपैयाँ सहयोग दिए ।

२०७५ चैत्र २२ गते जनकपुरबाट पाथिभरा मन्दिरसम्म जान जनकपुरको जानकी मन्दिरमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ उनलाई बिदाइ गरेका थिए । ५ सय ८४ किलोमिटरसम्मको यात्रा उनले ७ दिनमा पूरा गरे । नेपालको झण्डा समेत साइकलमा राखेर देश एकताको सन्देश झल्किने पर्चा समेत साइकलमा राखेर रञ्जित पाथिभराको लागि हिँडेका थिए ।

पहिलो दिन सुनसरीको महुली, दोस्रो दिन झापाको बिर्तामोड, तेस्रो दिन पशुपतिनगरको माइखोला, चौथो दिनमा राँके, पाँचौं दिन काबेली खोला र छैठौं दिन देउराली बास बस्दै उनी सातौं दिनमा ताप्लेजुङको पाथिभारा पुगेका थिए ।

‘पाथिभरा पुगेर देवीको दर्शन गरेपछि उपहारमा पाएको नयाँ साइकल त्यहाँको पूजा समितिलाई हस्तान्तरण गरें,’ रञ्जितले भने, ‘सहयोगवापत पाएको रकम जनकपुरको वृद्धाश्रम र अनाथाश्रमलाई दिएँ ।’ १२ दिनसम्म पैदल यात्रा गरेर पाथिभराबाट उनी जनकपुर फर्किएका थिए । 

रञ्जितका अनुसार १ दिनमा औसत ४० देखि ४५ किलोमिटरसम्म पैदल यात्रा गरिएको थियो । यात्राका लागि उनले २१ हजार रुपैयाँ गोजीमा बोकेर गएका थिए, जसमध्ये २० हजार रुपैयाँ खर्च भएको थियो ।

‘समथर सडकमा १ दिनमा १ सय २० देखि १ सय २५ किलोमिटरसम्म साइकल यात्रा गर्न सक्छु,’ रञ्जितले भने, ‘उकालो–ओरालो पहाडमा ८० देखि ९० किलोमिटरसम्म साइकल यात्रा गर्न सक्छु र भगवान्को कृपाले यात्रा गर्न सफल पनि भएको छु ।’

त्यति मात्र होइन, रञ्जितले हालसम्म २६ पटक रक्तदान समेत गरिसकेका छन् । जनकपुर अञ्चल अस्पतालमा १ जना साथीको भाउजुको रगत अभावका कारण मृत्यु भएपछि उनले प्रत्येक ३/४ महिनामा रक्तदान गर्ने निर्णय गरेका थिए । 

‘बुवा आमाले पढेर देशको लागि केही गरोस् भन्ने सपना साकार नभएपनि साइकल यात्रा गरेर राष्ट्रिय एकताको सन्देश दिन खोजेको हुँ,’ रञ्जितले थपे, ‘अब अर्को ठूलो यात्राको लागि मैले सोचेको छु, त्यो अहिले सार्वजनिक गर्दिनँ ।’

उनले साइकल यात्रा पूरा भएपछि सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट साइकल यात्रा पूरा गरेको पत्र समेत लिने गरेका छन् ।

यात्राका क्रममा हरेक स्थानमा पुग्दा स्थान खुल्ने गरी आफ्नो तस्विर समेत सामाजिक सञ्जालमा राख्ने गरेका छन् । ‘साइकलमै चढेर नगएको पनि हुन सक्छ भन्ने कसैले शंका व्यक्त गर्न सक्ने हुनाले सबै स्थानको साइकल सहितको आफ्नो फोटो फेसबूकमा समेत सार्वजनिक गर्ने गरेको छु,’ रञ्जितले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x