×

NMB BANK
NIC ASIA

परिपक्व बन्दै जनकपुर विमानस्थल: डिजिटल एक्स–रे र इन्धन रिफ्युलिङ शुरू, रात्रि उडानमा तयार

साउन १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम– जनकपुर विमानस्थल स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा जनकपुर आइपुगेका तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीले पत्रकारमाझ विमानस्थलको स्तरोन्नति र सुधारमा आफू लागिपरेको बताएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकारीको निधन भएको झण्डै ५ महिनापछि विमानस्थलको स्तरोन्नति कार्यले अन्तिम रूप पाउन लागेको हो ।


Advertisment
Nabil box
Kumari

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमणका क्रममा पनि तत्कालीन मन्त्री अधिकारीले रात्रिकालीन उडान छिट्टै शुरू गर्ने र डिजिटल एक्स–रेका लागि बजेट छुट्याएको बताएका थिए । 

Vianet communication
Laxmi Bank

अहिले जनकपुर विमानस्थलमा डिजिटल एक्स–रे जडान भइसकेको छ भने रात्रिकालीन उडानको संरचना पनि तयार भएको छ । जनकपुरबाटै हवाई इन्धन भर्ने काम समेत शुरू भइसकेको अवस्थामा अब छिट्टै रात्रिकालीन उडान शुरू हुने विमानस्थल स्रोतले जनाएको छ ।

आगामी पुसभित्रमा नयाँ टर्मिनल भवन निर्माण कार्य सम्पन्न हुने बताइएको छ । 

रिफ्युलिङ स्टेसन अब जनकपुरमा पनि 

जनकपुरधाम विमानस्थलमा २०७५  साउन ११ गतेदेखि हवाई इन्धनको रिफ्युलिङ स्टेसन नेपाल आयल निगमले स्थापना गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले त्यसको उद्घाटन समेत गरिसकेका छन् । नेपाल आयल निगमका उक्त स्टेसन इञ्चार्ज सरोजकुमार रायका अनुसार शुक्रवार ५ वटा विमानमा २ हजार १ सय ८३ लिटर, शनिवार ४ वटा विमानमा २ हजार ८ सय ३ लिटर इन्धन भर्ने काम समेत गरिएको छ । 

अहिले पर्याप्त मौज्दात गरेर राख्ने भण्डारण क्षमता भने छैन । १६ हजार लिटरको २ वटा ट्यांकर र १० हजार लिटरको एउटा डिस्पेन्सरी ट्यांकरसहित कुल ४१ हजार लिटर इन्धन मात्र भण्डारण हुने गरेको छ । आयल निगमको विराटनगर स्थित हवाई इन्धन डिपोमा भण्डारण गरेर राखिएको इन्धन ट्यांकरमा ल्याउने गरिएको छ । 

उद्घाटनका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले आउदो एक वर्ष भित्रमा जनकपुर विमानस्थलमा नै ७०/७० हजार लिटर क्षमताको २ वटा ट्यांक निर्माण गर्ने प्रतिबद्धता समेत जनाइसकेका छन् । 
आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पनि जनकपुर विमानस्थलमा हवाई इन्धन भण्डारणका लागि अन्तर्राष्ट्रिय स्तरकै पूर्वाधार निर्माण गर्ने आश्वासन दिएका छन् । 

हवाई इन्धन भण्डारणका लागि अन्डर ग्राउण्ड ट्यांकी निर्माण गर्नुपर्ने आवश्यकता छ । भविष्यमा जनकपुर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकसित गर्नुपर्ने भएकाले पनि यस्तो अवश्यकता देखिएको हो ।

जनकपुरधामदेखि काठमाडौंसम्म मात्र उडान हुने गरेको उक्त विमानस्थलमा बुद्ध एयरले ३ वटा र यति एयरले २ वटा उडान गर्दै आएका छन् । अब ती विमानहरूले जनकपुरबाटै हवाई इन्धन भर्न सक्नेछन् । 

यसअघि विमानहरू काठमाडौंमा मात्र हवाई इन्धन भरेर उडान भर्ने गर्थे भने काठमाडौंमा हवाई जहाज अवतरणमा समस्या हुँदा विराटनगर वा भैरहवामा अवतरण गर्नुपथ्र्यो । जनकपुर विमानस्थल स्थित निगमका इञ्चार्ज रायले भने, ‘अब अन्य विमानस्थलमा अवतरण गर्नुको साटो जनकपुर विमानस्थलमै फर्किन सक्छ ।’

जनकपुर विमानस्थलका वरिष्ठ अधिकृत तथा हवाई नियन्त्रक मोहन ठाकुरका अनुसार जनकपुर विमानस्थलमै पनि अब जहाज पार्किङ गर्ने क्षमतामा समेत स्तरोन्नति भएकाले अब रातिको समयमा समेत जनकपुरमा जहाज पार्किङ गरेर राख्न सकिने विकल्प उपलब्ध छ ।

‘हवाई इन्धन समेत यहाँबाट भर्न सकिने व्यवस्था भएकाले आपतकालीन अन्य उडानलाई समेत अब यहाँ अवतरण गराउन सकिन्छ,’ ठाकुरले भने, ‘अब एयरलाइन्सले पनि जहाजको भाडा घटाउन सक्छन्, जसले यात्रुलाई सहज हुनेछ ।’

यसअघि विराटनगर, झापा, काठमाडौं, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत र भैरहवामा मात्र हवाई इन्धनको डिपो थियो । 

जनकपुरबाट गत असारमा मात्रै कुल ११ हजार ५ सय ३७ यात्रुले यात्रा गरेका छन्, जसमध्ये काठमाडौंबाट ५ हजार ७ सय ७९ यात्रु जनकपुर आएका छन् भने ५ हजार ७ सय ७९ यात्रु जनकपुरबाट काठमाडौं गएका छन् । एक दिनमा औसत २ सय २५ जना यात्रु जनकपुरबाट काठमाडौं जाने गरेका छन् भने त्यतिकै संख्यामा काठमाडौंबाट जनकपुर आउने गरेका छन् । 

रात्रिकालीन उडानको तयारी अन्तिम चरणमा 

अहिले जनकपुर विमानस्थलमा दिनको समयमा मात्र उडान हुने गरेको छ । तर, रात्रिकालीन उडानका लागि समेत आवश्यक उपकरणहरू जडान भइसकेको छ ।

रात्रिकालीन उडानका लागि आवश्यक पर्ने विभिन्न किसिमका लाइट जडान गरिएको छ । जनकपुर विमानस्थलका निमित्त कार्यालय प्रमुख समेत रहेका ठाकुरका अनुसार करीब २० करोडको लागतमा विभिन्न किसिमका बत्ती जडान गरिएको छ ।

१७ वटा एप्रोच लाइट, १६ वटा पापी लाइट, ३५ वटा रनवे लाइट, २० वटा ट्याक्सी वे लाइट, एउटा विकन लाइट र ३ वटा फ्लड लाइट जडान गरिएको छ । ६० फिट दूरीको अन्तरालमा रनवे लाइट जडान गरिएको छ । पार्किङ एरियामा सोलार लाइट समेत जडान गरिएको छ ।

त्यति मात्र होइन गत जेठ १२ गते बुद्ध एयरले रात्रिकालनि हवाइ उडानको सफल परीक्षण समेत गरिसकेको छ । साँझ ६ बजे जनकपुरमा अवतरण गरेको उक्त विमान साढे ६ बजे काठमाडौंका लागि उडान भरेको थियो । नागरिक उडडयन प्राधिकरणका विज्ञ प्राविधिकहरू समेत आएर परीक्षण गरेर गइसकेका छन् ।

रात्रिकालिन उडान गर्नका लागि विमानस्थलको बाह्य परिसरको वरपर रहेका करीब ६ सय रुख समेत जिल्ला प्रशासन कार्यालय र वन कार्यालयको सहकार्यमा कटान गरिएको छ ।

‘रात्रिकालिन उडानका लागि ती रुखहरू अवरोधक भएकाले रुख काट्ने काम गरिएको छ,’ ठाकुरले लोकान्तरसँग भने, ‘रात्रिकालिन उडानका लागि भौतिक पूर्वाधारको सबै काम सम्पन्न भइसकेको छ, मात्र केही कागजी काम बाँकी छ ।’

अबको दुई महिनामा जनकपुर विमानस्थलमा रात्रिकालिन उडान हुनसक्ने ठाकुरले बताए । 

रात्रिकालिन उडानका लागि सबैभन्दा बढी आवश्यक पर्ने आईएफआर र एरिया नेभिगेसन प्रविधि समेत जडान भइसकेको छ । ती सबै लाइटको कन्ट्रोल सिस्टम विमानस्थलको टावरमा समेत जडान भइसकेको छ ।

यति मात्र होइन विमानस्थलमा एकैपटक एटीआर—७२ सिटको ४ वटा विमान एकै साथ अटाउन सक्ने गरी पार्किङ क्षेत्रको समेत विस्तार गरिएको छ । ‘स—साना ८ वटासम्म तथा ठूला ४ वटासम्म जहाज एकसाथ पार्किङ गर्न सकिने गरी पूर्वाधार स्तरोन्नति गरिएको छ,’ ठाकुरले भने, ‘पहिले एउटा ठूलो र सानो दुईवटा जहाज मात्र पार्क गर्न सकिने क्षमता थियो ।’

डिजिटल एक्स—रे जडान 

जनकपुर विमानस्थलमा डिजिटल एक्स—रे पनि जडान भइसकेको छ । पहिले उक्त एक्स–रे नहुँदा यात्रुहरूको लगेज सामान जाँच गर्नका लागि सबै ब्याग, झोला तथा सुटकेस आदि सामानहरू खोलेर नै देखाउनुपथ्र्यो, जसले गर्दा यात्रुहरूलाई निकै सास्ती थियो । डिजिटल एक्स—रे मेसिन जडान भएपछि यात्रुहरूलाई समेत सहज भएको छ ।

एक करोडको लागतमा उक्त एक्स—रे मेसिन जडान गरिएको हो ।

त्यसका अतिरिक्त जनकपुर विमानस्थलमा कहिल्यै नदेखिने फायर भेहिकल समेत प्राधिकरणले किनेर राखिसकेको छ । एम्बुलेन्स पनि किनेर ल्याउने तयारी भएको ठाकुरले जानकारी दिए । एम्बुलेन्स र फायर भेहिकल नहुँदा कुनै दुर्घटना भए तत्काल उद्धारमा खट्न समस्या थियो ।

टर्मिनल टावर नियन्त्रण भवन निर्माणमा ढिलाइ 

नयाँ टर्मिनल टावर नियन्त्रण भवन निर्माणको काम समयमा सम्पन्न हुन नसकेका कारण पुरानै टर्मिनल टावर अहिले पनि सञ्चालनमा छन्, जसले गर्दा ठाउँ अभावका कारण यात्रुहरूलाई समस्या हुने गरेको छ ।

त्यति मात्र होइन, अन्य काउन्टर राख्न सकिने स्थानकै अभावका कारण दुईवटा एयरलाइन्सले बुद्ध र यतिले एउटा/एउटा मात्र काउन्टर राखेका छन् । अन्य कम्पनीले आफ्नो काउन्टर राख्न सकेका छैन । 

काठमाडौंको आन्तरिक उडान हुने टर्मिनल टावर र जनकपुर विमानस्थलका लागि पनि टर्मिनल टावर निर्माणका लागि प्राधिकरणले एकैदिन सम्झौता गरेको थियो । काठमाडौंमा उक्त टर्मिनल भवन निर्माण भएर सञ्चालनमा आएको पनि वर्षौं भइसक्यो, तर जनकपुरमा हालसम्म निर्माणाधीन अवस्थामा नै रहेको छ । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीको लापरबाहीका कारण धेरै ढिलो भएको छ । दुई अलग–अलग चरणमा प्राधिकरणको केन्द्रीय कार्यालयले नै सम्झौता गरेका कारण त्यसबारे आफूहरूलाई कुनै जानकारी नरहेको जनकपुर विमानस्थलका निमित्त कार्यालय प्रमुख ठाकुरले बताए ।

अहिले दोस्रो फेजको ठेक्का सम्झौता प्राधिकरणले थेगिनरगल्भारउमा एण्ड कम्पनीसँग गरेको छ । २०७५ साल असार १७ गते ठेक्का सम्झौता भई असार ३२ गते देखि काम शुरू गरेर त्यसै वर्षको असार मसान्तसम्ममा काम सम्पन्न गर्न सम्झौता गरिएको थियो ।

सम्झौता रकम २१ करोड २७ लाख ७ हजार ७ सय ३० रूपैयाँ रहेको छ । ‘पहिले अर्कै कम्पनीसँग स्ट्रक्चरल कामका लागि सम्झौता गरिएको थियो, त्यही कम्पनीले सम्झौता अनुसारको काम गर्न निर्धारित म्यादभन्दा चार वर्ष बढी समय लगाएकाले ढिलो भएको हो,’ प्राधिकरणका सिभिल इञ्जिनीयर तथा साइट इञ्चार्ज समेत रहेका गणेश थापाले भने, ‘अहिले गरिएको सम्झौता फिनिसिङ कार्यका लागि हो ।’

गत असार मसान्तमै दोस्रो चरणको निर्माण काम सम्पन्न हुनु पर्नेमा पहिलेकै ठेकेदारले गरेका काममा धेरै कमी कमजोरी भएकाले त्यसलाई सच्याएर काम गर्नुपर्दा समस्या भएको जिकिर थापाले गरे ।

अहिले भौतिक रूपमा ६० प्रतिशत प्रगति भइसकेको भए पनि प्राधिकरणले ४० प्रतिशत कामको मात्र ८ करोड ५४ लाख १९ हजार १ सय ६१ रूपैयाँ भुक्तानी गरेको छ । थप कामका लागि निर्माण कम्पनीले ७० प्रतिशत जति निर्माण सामग्री समेत साइटमा झारिसकेको हुनाले अब थप गरिएको पुस मसान्तसम्मको म्यादभित्रै सबै निर्माणको काम सम्पन्न हुने साइट इञ्चार्ज थापाले बताए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x