कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
साउन १२, २०७६
धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको शहीदगेटस्थित निलम होटलमा भएको बम विस्फोटका घाइतेहरूले मानसिक पीडामा उपचार गराइरहनुपरेको दुखेसो पोखेका छन् ।
धनगढीकै माया मेट्रो अस्पतालमा उनीहरूले प्रहरीको कडा सुरक्षा खेरामा उपचार गराइरहेका छन्, त्यसमाथि औषधोपचारको व्यवस्था हालसम्म कसैले नगर्दा समस्यामा भएकाे छ ।
धनगढीमा ट्र्याक्टर ग्यारेज सञ्चालन गर्दै आएका भारतीय नागरिक मोबिन खानलाई साउन १० गते नै अस्पतालले डिस्चार्ज गरेको थियो । तर औषधोपचारको रकम कसैले भुक्तानी नगरिँदा उनी अस्पतालमै बस्न बाध्य छन् ।
उनकी पत्नी सल्मा खातुनले हालसम्म अस्पतालमा १ लाख ५ हजारको रुपैयाँ तिर्न बाँकी देखिएको जानकारी दिइन् । पैसा तिर्न बाँकी रहेकै कारण अस्पतालले घर जान नदिएको दुखेसो सल्माले सुनाइन् ।
साउन २ गते बेलुका पौने ७ बजे भएको सो विस्फोटको जिम्मा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा समूहले लिएको थियो ।
सो समूहका सेती–महाकाली ब्यूरो इञ्चार्ज निर्माणले एक विज्ञप्ति जारी गरेर घटनाको जिम्मा लिँदै घाइतेको औषधोपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए । तर हालसम्म न सो समूहले उपचार खर्च उपलब्ध गराएको छ, न त सरकारले नै ।
उक्त विस्फोटमा ५ जना घाइते भएका थिए । घटनामा परेर उक्त समूहका रामबहादुर सिंह (राजेश)को ज्यान गएको थियो । घाइतेमध्ये होटल सञ्चालक केशवराज पाण्डेको उपचार अन्यत्रै भैरहेको छ भने भारतीय नागरिक मोबिन खान, धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका जितेन्द्र यादव र कञ्चनपुरको बेलडाँडी गाउँपालिका– ५ झिलमिलाका लक्ष्मण सेरेलाको उपचार यहीँ भैरहेको छ ।
प्रहरीले घाइते सेरेला नेकपा समूहको कार्यकर्ता रहेको भन्दै अस्पतालमै सुुरक्षा सतर्कता बढाएको छ । घटना यता सो अस्पतालमा प्रहरीले सुरक्षा सतर्कता बढाएको हो । जसले गर्दा मानसिक पीडाकाबीच उपचार गराइरहेको घाइते सेरेलाले बताए ।
घटनामा आफ्नो हात नरहेको बताउने सेरेलाले आस्थाकै भरमा प्रहरीले मानसिक तनाब दिइरहेको बताए । केही दिन अघिसम्म परिवारजन तथा इष्टमित्रलाई भेट्न समेत नदिएको बताउने उनी आजभोलि भेट्न आउनेहरूको पूरै विवरण लिएर मात्रै भेट्न दिइरहेको सुनाउँछन् ।
अण्डा तथा कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष समेत रहेका घाइते यादवले औषधोपचारमा समस्या भएको बताए । हालसम्म पूरै खर्च अस्पतालले लगाइरहेको बताउँदै उनले राज्य र विप्लव समू दुवैले उपचारमा चासो नदेखाएको गुनासो गरे ।
‘हालसम्म अस्पतालले नै उपचार खर्च बेहोर्दै आएको छ तर कतिबेला पैसा माग्ने हो, थाहा छैन । उपचार खर्च धेरै लागेको छ । व्यक्तिगत लगाउने आफ्नो हैसियत छैन । हालसम्म कसैले पनि उपचारको जिम्मा लिएको सुनेको छैन’, यादवले भने ।
घाइते यादवको पेटको अप्रेसन साउन ३ गते भएको थियो । उनको शरीरमा अझै २ वटा फलामका किल्लाहरू देखिएका छन् । जसका कारण २ वटा अप्रेसन अझै गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरूले जनाएका छन् ।
माया मेट्रो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र साउदले हालसम्म आफ्नै स्रोतसाधनबाट उपचारको व्यवस्था गर्दै आएको जनाए ।
‘बिरामीसँग १ पैसा मागेका छैनौं । हालसम्म आधिकारिक रूपमा कसैले पनि उपचारको व्यवस्था गरिदिन्छौं, भनेका छैनन् । सीडीयो सापसँग कुरा भएपनि हालसम्म केही जवाफ आएको छैन । के गर्नु हामीकहाँ आफ्नै औषधीको फ्याक्ट्री छैन ।’
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिनेबारे अस्पताल प्रशासनसँग छलफल भएको र खर्चको जोहो पनि सरकारबाटै हुने जनाकारी गराए । तर घटनाका सबै घाइतेहरू अनुसन्धानको दायरामा रहेकोले सामान्य घाइते सरह उपचारपछि घर जान नपाएको प्रजिअ बोहराले स्पष्ट पारे ।
अनुसन्धानको प्रक्रिया जारी रहुञ्जेलसम्म घाइतेहरू सुरक्षा निगरामी रहिरहने समेत उनले बताए ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...