सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बैतडीको एयरपोर्ट रोडमा

साउन १३, २०७६

बैतडी- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले बैतडी शाखाको मंगलवार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दबाट उद्घाटन भएको हो । 


ADVERTISEMENT

उक्त क्रार्यक्रममा बैतडी  जिल्लाका पुर्व उप–सभापतिहरू, दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा विभिन्न सरकारी निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनीय सहभागिता रहेको थियो । 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरू दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरूलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा दिँदै आएको छ । 

साउन १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस