वायु प्रदूषणका कारण सोचविचार क्षमतामा ह्रास आउने अध्ययनको निष्कर्ष

साउन १३, २०७६

काठमाडौं – निरन्तर वायु प्रदूषणको सामना गर्ने व्यक्तिको सोचविचार क्षमतामा ह्रास आउने एक नयाँ चिनियाँ अध्ययनले देखाएको छ । 

अनुसन्धानकर्ताहरूले प्रदूषणको नकारात्मक प्रभाव उमेर बढ्दै जाँदा वृद्धि हुने अनि कम शिक्षित व्यक्तिलाई बढी असर पर्ने बताएका छन् ।


ADVERTISEMENT

विगत चार वर्षमा चीनमा २० हजार व्यक्तिको गणित र बोलीचालीको क्षमतालाई अध्ययनले अवलोकन गरेको थियो । 

अनुसन्धान परिणामको विश्वव्यापी सान्दर्भिकता भएको अनुसन्धानकर्ताहरू विश्वास गर्छन् । अहिले विश्वको ८० प्रतिशत भन्दा बढी जनसंख्या असुरक्षित वायु प्रदूषणको चपेटामा परेको छ । 

प्रदूषण र परीक्षामा कम अंकबीच सम्बन्ध सथपित गरे पनि यस अध्ययनले कारण र कार्य सम्बन्ध प्रमायिात गरेको छैन । 

अध्ययनमा बेइजिङको पेकिङ विश्वविद्यालय र अमेरिकाको येल विश्वविद्यालयका अनुसन्धानकर्ता संलग्न थिए । अध्ययनमा सहभागी व्यक्ति बस्ने क्षेत्रको सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड र १० माइक्रोमिटरभन्दा साना

पार्टिकुलेटहरूको मापन गरिएको थियो । यी प्रत्येक प्रदूषकहरू कत्तिको दोषी छन् भन्ने प्रस्ट हुन सकेको छैन । 

अध्ययनमा कार्बन मोनोक्साइड, ओजोन र ठूला पार्टिकुलेटहरूलाई समावेश गरिएको थिएन ।

अदृश्य हत्यारा भनिने वायु प्रदूषणका कारण संसारभरि वर्षैपिच्छे ७० लाख मानिस उमेरअगावै मारिने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

बीबीसीबाट

साउन १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस