×

NMB BANK
NIC ASIA

अपराधको सञ्जाल

काठमाडौंमा मानव बेचबिखनको अन्तर्राष्ट्रिय जालो, युवाभन्दा युवती चपेटामा

साउन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नुवाकोटको किस्पाङ गाउँपालिका राममाया तामाङ (नाम परिवर्तन) ले पछि हरि (नाम परिर्वतन) लाई २०७५ भदौ २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तुर्कमिनिस्तान बिदा गरिन् ।

Muktinath Bank

पैसा कमाउने र बालबच्चालाई राम्रोसँग शिक्षादीक्षा दिने दुवैको योजनासहित पति विदेश लागे र पत्नी घर नुवाकोटतर्फ लागिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विदेश उडेको ८/९ महिना हुँदा पनि पतिको फोन आएन । फेसबूक, भाइबर, इमोमा पतिसँग सम्पर्क हुन्छ कि भन्दै प्रयास गरिन् ।


Advertisment
Nabil box
Kumari

पतिसँग सम्पर्क हुने प्रतिक्षामा रहेकी राममायालाई १ दिन फेसबूकको म्यासेन्जरमा फोन आयो । पतिको फोन आएर खुशी भइन् तर उनको खुशी केही क्षणमै हरायो ।

Vianet communication
Laxmi Bank

युद्धग्रस्त क्षेत्रमा काम पनि नदिइ, खान पनि नदिइ बन्धक बनाएको र ज्यान बचाउन मुस्किल रहेको भनेर पतिले बताउँदा राममायाको झण्डै बेहोस भइनन् । केही क्षणमै फोन काटियो । उनी पतिको ज्यान बचाइदिनुपर्‍यो भन्दै प्रहरी प्रधान कार्यालयस्थित मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिन पुगिन् ।

राममायाका पतिसँगै रसुवाको उत्तरगया गाउँपालिका–१ का दरवाङ्दे तामाङ, मोन लामा, बुद्धिमान तामाङ, बाबुराम तामाङ र बुच्यूङ समेत अन्य ५ जनालाई बन्धक बनाइएको थियो ।

अनुसन्धान ब्यूरोले कुवेती राजदूतावासको सहयोगमा पीडितलाई गत वैशाख २६ गते उद्धार गरी नेपाल ल्याइयो । तुर्कमिनिस्तानको तेल कम्पनीमा मासिक १ लाख रुपैयाँको रोजगार मिलाइदिने प्रलोभनमा प्रत्येकबाट ४ लाख १० हजार रुपैयाँका दरले पैसा उठाएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले बताए ।

घटनामा संलग्न रसुवा उत्तरगया गाउपालिका–५ बैत्रावती की ३९ वर्षीया बोमो तामाङलाई पक्राउ गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 
... ... ...
गत साउन ६ गते लिबिया पठाइदिन्छु भन्दै पाकिस्तान, बंगलादेश र भारतका व्यक्तिहरूलाई नेपाल ल्याई बन्धक बनाएको अभियोगमा पाकिस्तानको पञ्जाबस्थित पसयलकोट घर भएका ३० वर्षीय खालिद मेहमुदलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गर्‍यो ।

पाकिस्तानी नागरिक सहजिव नजल, बंगलादेशी नागरिक शादा आलम खान र सैहिद सुमन मियालाई विदेशमा आकर्षण तलब दिलाइदिने भन्दै ललितपुरको भैसेपाटीमा कोठा भाडामा लिएर राखिएको थियो ।

खालिदले ५ देखि ७ लाख रुपैयाँ समेत उठाएका थिए । खालिदले पर्यटक भिसामा नेपाल ल्याएर खाना पनि नदिइ बन्दक बनाएका थिए । असार ६ गते मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पीडितलाई उद्धार गर्दै अभियुक्तलाई पक्राउ गरेको थियो ।

खालिद मेहमुदको साथबाट ३ वटा पाकिस्तानी राहदानी, ३ वटा भारतीय र ४ वटा बंगलादेशी राहदानी तथा भारत, पाकिस्तान र जोर्डन दूतावास तथा कन्सुलरको स्ट्याम्प, विभिन्न कम्पनीका १० वटा सिमकार्ड समेत बरामद गरेको थियो ।

उल्लेखित २ घटना प्रतिनिधि घटना मात्र हुन् । २०७४/७५ सालको तथ्यांकलाई हेर्दा पुरुष १ सय १९ र महिला ४ सय २७ गरी ५ सय ४६ जना पीडितले प्रहरीमा उजुरी गरेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) ईश्वरबाबु कार्कीले लोकान्तरलाई बताए । 

महिलाको अवस्था झन् विकराल

मानव बेचबिखन अनुसन्धान ब्यूरोको तथ्यांक हेर्दा महिला बेचबिखनको अवस्था विकराल देखिन्छ । पुरुषको तुलनामा महिला बेचबिखनको संख्या झण्डै ४ गुणाले बढी देखिएको छ । पीडित पुरुषको संख्या १ सय १९ हुँदा महिलाको संख्या ४ सय २७ छ ।

‘मानव बेचबिखनको मुद्धा हेर्ने हो भने महिलाको अवस्था झन् विकराल छ । पुरुषको तुलनामा महिलाको संख्या निकै धेरै छ,’ एसएसपी कार्कीले भने ।

बेचबिखनमा १९ देखि २५ वर्षका युवायुवती धेरै

मानव बेचबिखनको तथ्यांकलाई हेर्दा १९ देखि २५ वर्षका युवायुवती सबैभन्दा धेरै छन् । किशोर १८ जना र किशोरी १ सय ५० जना गरी जम्मा १ सय ६८ जना बेचबिखनमा परेका छन् ।

बेचबिखन हुनेमा २६ देखि ३५ वर्षका युवायुवती दोस्रो स्थानमा छन् । ३८ जना युवा र १ सय १० जना महिला गरी १ सय ४८ जना बेचबिखनमा परेको उजुरी ब्यूरोमा आएको छ ।

मानव तस्करले विभिन्न लोभलालच देखाइ, औषधि उपचार लगायतका विभिन्न बहानामा मानव बेचबिखन गर्ने गरेको एसएसपी कार्कीले बताए । मानव बेचबिखन अनुसन्धान ब्यूरो २०७६ वैशाखमा स्थापना भएपछि ११ वटा मुद्दा दर्ता भएका छन् भने १२ जना पक्राउ परेका छन् ।

भारतका ३ जना, दुबईका ११ जना, लिबियाका ९ जना, कुर्दिस्तानका २ जना, बंगलादेशका २ जना, पाकिस्तानका १ जना र क्यानडाका १ जना गरी २९ जना मानव बेचबिखन गर्ने फरार रहेको बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

२०७६ वैशाखयता मानव बेचबिखन ब्यूरोले २ सय ५१ जनाको उद्धार गरेको छ । पुरुष ५५ जना र महिला १ सय ९६ जनाको उद्धार गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x