प्रभु बैंकको दुई नयाँ शाखा सञ्चालनमा

साउन १३, २०७६

कास्की- प्रभु बैंक लिमिटेडले एकैसाथ दुई नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवा र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ स्थित विरेठाँटीमा बैंकले शाखा सञ्चालन गरेको हो । 


ADVERTISEMENT

उक्त कार्यालयहरुमध्ये डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले र बिरेठाँटी शाखा कार्यालयको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चपाईले छुट्टाछुट्टै रूपमा आयोजित उद्घाटन समारोहका बीच शाखा कार्यालयका उद्घाटन गरेका हुन् । 

आजदेखि सञ्चालनमा आएका प्रभु बैंकका दुवै शाखा कार्यालयहरू उद्घाटनका क्रममा दुवै प्रमुख अतितिहरूले उद्घाटन मन्तव्य राख्दै प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरूमा बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरूलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बताए ।

बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ पहुँचभन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ्ग पँहुचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने अवसर नगुमाउन उपस्थित सर्वसाधारणहरुलाई आग्रह समेत गरेका थिए । 

साउन १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस