×

NMB BANK
NIC ASIA

सुर्खेत - जम्बुकाँधकी चित्रकला उपाध्याय घरकै आँगनमा पानीको धारा खस्ला भन्ने कहिल्यै सोचेकी थिइनन । डाँडाको बस्ती भएकाले वर्षामा कुवामा जम्मा भएको आकाशे पानी उपभोग गर्थिन । हिउँदमा घण्टौं पैदल हिँडेर पानीको जोहो गर्थिन । तर, अचेल उनको घरको आँगनमा पानीको धारा खसेको छ । आँगनमा पानीको धारा खसेसँगै उनको जीवनमा खुसी छाएको हो । धुपीधारा मुहानको पानी डाँडामा निस्केको देख्दा सपनाजस्तो लागेको उनले बताइन ।

Sagarmatha Cement
Muktinath Bank

‘पानीले गर्दा कतिबेला यो ठाँउ छाडेर जाने होला भन्ने हुन्थ्यो,’ उनले भनिन्, ‘हिजोआज विगतका सबै दुःख बिर्सिएका छौं ।’ उनले भनिन्–


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी मात्र होइन वर्षौंदेखि कुवा जम्मा भएको पानी उपभोग गर्दै आएका जम्बुकाँका स्थानीयका घरघरमा पानीका धारा बनेपछि उनीहरु निकै हौसिएका छन् । लामो दूरीबाट पानी बोकेर खाने गरेका स्थानीयहरु आँगनमै खानेपानी पुगेपछि हौसिएका हुन । हरेक चुनावमा ’गाउँमा पानी ल्याइदिन्छौँ’ भन्दै भोट माग्नेहरूबाट उनीहरू आजित भइसकेका थिए । यो पटक जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरे ।  ‘हाम्रो जिउ छँदै घरमा पानीको धारा देख्न पाइन्छ भन्ने आश थिएन तर स्थानीय सरकारको पहलमा पानी आयो’ उपाध्यायले भनिन् ,


Advertisment
Nabil box
Kumari

पानीको जोहो गर्ने दुःखका दिन गएकामा स्थानीय खुसी देखिन्छन । सोलारमार्फत ४५ मिनेट टाढाको धुपि धारा मुहानबाट लिफ्टमार्फत पानी तानेर जम्बुकाँधमा खानेपानी ल्याइएको छ ।

Vianet communication
Laxmi Bank

चामुण्डाविन्द्रासैनी नगरपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना  मार्फत साढे ३७ लाख रूपैयाँ लागतमा जम्बुकाँध लिफ्ट खानेपानी तथा सरसफाई योजना  निर्माण भएको हो । ‘घरघरमा धारा जोडिएका छन’ स्थानीय खम्ब विष्टले भने, ‘आँगनमा पानीका धारा खसेसँगै दुःखका दिन गए भन्ने भएको छ । पँधेराको पानी घरमै आउँदा सबै जना खुसी छौं ।’

खोल्साको पानी डाँडामा आउला भन्ने कहिल्यै नसोचेको कुरा पूरा भएको स्थानीय मानकुमारी शाहीले सुनाइन । ‘आगन निजकै चिटिक्क धारा निर्माण गरेका छांै,’ उनले भनिन, ‘डोको बोकेर पानी भर्ने दिन अतीत जस्तै लाग्छ ।’

उपभोक्ता समिति मार्फत  जम्बुकाँधका ४८ घरपरिवारलाई घरघरमा धारा निर्माण भएको जम्बुकाँध लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रणबहादुर खड्काले बताए । ‘जम्बुकाँधमा सोलारमार्फत लिफ्टमार्फत पानी र्पुयाएका छौं,’ खड्काले भने, ‘यसले स्थानीयलाई विद्युत् महसुल तिर्न पनि परेको छैन ।’ चामुण्डाविन्द्रासैनी नगरपालिका–६ जम्बुकाँधका स्थानीयको वर्षौंदेखिको पानीको सपना साकार भएको छ ।

जम्बुकाँधमा लिफ्टमार्फत पानी झरेको छ । ‘जम्बुकाँधमा पानी आउला भन्ने आशा नै थिएन,’ एक स्थानीय भने, ‘काकाकुल डाँडा थियो । अहिले घरैपिच्छे पानीका धारा छन । घण्टौं पानी बोक्ने समस्या रहेन ।’ पानीको समस्याले धेरै बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको उनले सुनाए । ‘छोराछोरीलाई पनि पानी बोक्न लगाउँथ्यौं,’ उनले भने, , ‘अहिले समयमै पढ्न जान पाउने भए ।’

चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले नगरवासीको खानेपानीको समस्यालाई समधान गर्न नगरपालिका कठिवद्ध भई लागेको बताए । जम्बुकाँध मात्र नभई नगरवासी खानेपानीको समस्यालाई समधान गर्न मजुवा खानेपानी आयोजना संगै कर्णाली लिफ्टलाई अघि बढाईएको उनले जानकारी दिए । अबको केही समय पछि  नगरवासीले खानेपानीको समस्या भोग्नु नपर्ने उनको भनाई छ ।

स्थानीयको जनश्रमदानसहित साढे ३७ लाख रुपैयाँ लगानी भएको जम्बुकाँध लिफ्ट खानेपानी सरसफाई उपभोक्ता समिति अध्यक्ष खड्काले जानकारी गराए । मुहानबाट पानी तानेर बत्काचौरमा १८ घनमिटरको पानी ट्यांकी निर्माण भएको छ । मुहानबाट करिब ४००सय मिटरको दूरीमा रहेको ट्यांकीमा पानी ल्याइएको हो ।

चामुण्डाविन्द्रासैनी नगरपालिका र ग्रामीण जलस्रोत परियोजनाको आर्थिक सहयोगमा आयोजना निर्माण भएको हो । नगरपालिकाको १५ लाख, परियोजनाको १५ लाख र स्थानीय समुदायको श्रमदान ७ लाख १४ हजार लागतमा आयोजना पूरा भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x