रक्सी पिएको मानिससँग झगडा परेको भन्ने खबरको मेस्सीले गरे खण्डन

साउन १५, २०७६

काठमाडौं – फूटबल खेलाडी लियोनेल मेस्सीले नाइटक्लबमा मदिराले उन्मत्त व्यक्तिसँग लगभग झगडा परेको भनी आएको खबरको खण्डन गरेका छन् । 

बार्सिलोनाका सुपरस्टार मेस्सीले नाइटक्लबमा पत्नी र साथीहरूसँग रमाइलो गर्दै गर्दा एकजना मानिसले उनीसँग झगडा गर्न खोजेको अनि मेस्सीलाई सुरक्षित बाहिर ल्याउनुपरेको खबर छापिएको थियो । 


ADVERTISEMENT

तर कुनै पनि अप्रिय घटना नभएको भन्दै मेस्सीले सबै हल्लालाई चिर्ने कोशिश गरे । उनले आफू र पत्नी अनि साथीहरूले मुस्कुराइरहेको तस्वीर प्रकाशित गर्दै यस्तो सन्देश दिए : ‘इबिजामा साथीहरूसँग गजबको राति । तपाईं पढ्नुभएको कुनै पनि कुरामा विश्वास नगर्नुहोला, त्यसमा केही पनि वास्तविकता छैन । हिजो राति सबै कुरा गजब थियो र सबैजनाले हामीले सधैंजस्तो गरी राम्रो व्यवहार गरे ।’ मेस्सीले ह्याशट्याग फेकन्युज पनि लेखे । 

मेस्सीसँग बार्सिलोनाका साथीहरू लुईस सुआरेज र जोर्डी आल्बा अनि उनीहरूका पार्टनर र मोनाकोका मिडफील्डर सेस्क फाब्रेगास र उनकी पत्नीले नाइटक्लबमा रमाइलो गरेका थिए ।

एजेन्सी 
 

साउन १५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस