×

NMB BANK
NIC ASIA

चालू खर्च कटौतीमाथि कर्णालीका मन्त्रीको व्यंग्य - 'चालू खर्चले भवन बन्दैन !'

साउन १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेश सभामा कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७का लागि ३४ अर्ब भन्दा बढीको बजेट गत असार १ गते ल्यायो । झण्डै १३ अर्ब चालू खर्च सरकारले ल्याएको बताउँदै सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी नेकपाकै सांसदहरुले चर्को आलोचना गरे ।

Muktinath Bank

सामाजिक विकास मन्त्रालयलगायत अन्य मन्त्रालयले चालू खर्च बढाएको बताउँदै बजेट संशोधन गर्नुपर्ने र चालू खर्च घटाउनुपर्ने भन्ने चर्को आवाज उठ्यो । फलस्वरुप सरकार चालू खर्च कम गर्ने निष्कर्षमा पुग्यो र बजेट पारीत भयो । बजेट पारीत गर्दा जर्बजस्ती चालू खर्च घटाउन लगाइएको प्रति कर्णालीका मन्त्री सन्तुष्ट नरहेको बुधबार एक कार्यक्रममा प्रष्ट देख्खियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एभरेष्ट क्लब दैलेखले अक्सफामको सहयोगमा महिला तथा बालबालिका माथि हुने हिंसा अन्त्यका लागि महिलाको नेतृत्वदायी भूमिका सम्वन्धी अनुसन्धानको निष्कर्ष सम्प्रेषणका साथै अक्सफाम नेपालको राष्ट्रिय नीति सन् २०२० देखि २०२५ निर्माणधिन अवस्थामा रहेकाले प्रदेश स्तरीय सरोकारवाला निकायहरुबाट सल्लाह सुझाव संकलन कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावललेसँगै रहेका १० जना प्रदेश सभा सदस्यलाई हेर्दै व्यंग्य गरे, ‘चालू खर्चले भवन बन्दैन, चालू खर्चबाटै सचेतनामूलक अभियान सञ्चालन हुन्छन् ।’


Advertisment
Nabil box
Kumari

उनले यसो भनिरहँदा प्रदेश सभा सदस्य भने मुखमुख गर्न थाले । चालू खर्च घटाउनुपर्ने भन्दै सदनमा चर्को आवाज राख्ने प्रदेश सभा सदस्य बद्यीक्वारी बोहोरा संगै बसेकी अर्की प्रदेश सभा सदस्य कृष्णा शाहतिर हेर्दे मुस्कुराईन । ‘कर्णाली प्रदेशमा महिला हिंसा छ, बालबविवाह व्याप्त छ,'  मन्त्री रावलले भने, ‘म एकै वर्षमा सबै समस्या समाधान गर्न चाहन्थें तर जनचेतना अभिवृद्धि नगरिकन र महिला, दलित तथा पिछडिएका समुदायलाई आर्थिक रुपमा सबल नबनाएसम्म सकिदो रहेनछ ।’

Vianet communication
Laxmi Bank

उनले समाजका आपराधिक कुरीतिलाई समापन गर्न जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए । ‘जनचेतनामूलक कार्यक्रम गर्न चालू खर्च नै चाहिन्छ । चालू खर्चबाट भवन बनाउन सकिदैन । समाजको जनचेतना अभिवृद्धि गर्न चालू खर्चको आवश्यकता पर्छ ।’

संसदमा चालू खर्च कटौती गर्न दबाब दिइएको प्रति लक्षित गर्दै मन्त्री रावलले भने, ‘समाजको विकास गर्नु सबैभन्दा ठूलो कुरा हो । भवन बनाउनु र बाटो बनाउनु मात्रै विकास होइन भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’ महिला हिंसा भयावह सामाजिक संघसंस्थामा काम गरेर लामो अनुभव संगालेका मन्त्री रावलले आफ्नो अनुभव सुनाए ।

‘एक ठाउँमा यस्तै तालिम दिन गइयो । तालिममा दिउँसो रमाइलो गर्ने समय भयो । कार्यक्रममा एक दिदिले देउडा गीत गाउनुभयो । देउडा गाएको खबर उनका श्रीमानले सुन्नु भएछ । अर्को दिन उहाँ तालिममा आउनु भएन । बरु उनका श्रीमान आए र भने दिनभरी देउडा गाउन लगाउने, अर्काको जोइ लिने भनेर उनका श्रीमानले हामीसँग विवाद गरे । मैले दुइ घण्टा लगाएर काउन्सिलिंग गरें । बल्ल बल्ल उहाँले कुरा मानेजस्तो गर्नुभयो ।’

मन्त्री रावलले कर्णाली प्रदेशका १० ओटै जिल्लामा महिला हिंसा व्यापक रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x