×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री रोजगार कार्यक्रम : पौने २ लाख जनता रोजगारीसँग जोडिएको मन्त्री बिष्टको दाबी

साउन १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -बेरोजगारलाई न्यूनतम १ सय दिनको रोजगारी उपलब्ध गराउने भन्दै सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आव २०७५/७६ मा १ लाख ७५ हजार ९ सय ९ जनाले रोजगारी पाएका छन् ।

Muktinath Bank

बिहीवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री गोकर्ण विष्टले छोटो समयमा करीब २ लाख जनशक्तिलाई रोजगारीसँग जोड्नु महत्त्वपूर्ण उपलब्धी भएको बताए । बिष्टले देशलाई सरापेर मात्र मुक्त नभइने भन्दै सबैलाई देशभित्र रोजगारी सृजना गर्नेतर्फ अघि बढ्न सुझाव पनि दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'हाम्रो देशले रोजगारीको सन्दर्भमा जुन प्रकारले समस्याको सामना गरिरहेको छ, यही प्रकारको समस्या जापानले १०० वर्ष अघि गरेको रहेछ,' जापानको बारेमा आफूले प्रतिवेदन अध्ययन गरेको दाबी गर्दै विष्टले भने, 'हामी  रोजगारी सृजनातर्फ लागिरहेका छौं, ढिलै भएपनि सुखद शुरुवात गरेका छौं । यो ज्यादै महत्त्वपूर्ण छ ।'


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७५३ वटै स्थानीय तहबाट कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संचालन गर्न आयोजनाका क्षेत्र र प्रकार समेत तोकी स्थानीय तहको गरिब घरधुरी संख्या, जनसंख्या र दुर्गमताका आधारमा सूत्रद्धारा सबै स्थानीय तहमा गरी कुल २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार बजेट सशर्त अनुदानका रुपमा हस्तान्तरण गरिएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

बजेट हस्तान्तरण गर्दा एउटा स्थानीय तहमा न्यूनतम ५ लाखभन्दा कम नहुने गरी र अधिकतम १ करोडभन्दा नबढ्ने गरी बजेट बाँडफाँड गरिएको थियो ।

विनियोजित बजेटबाट स्थानीय तहहरुमा संचालन भएका आयोजना र त्यसबाट सिर्जना भएको रोजगारीको विवरण संकलन भैरहेको प्रतिवेदनले दाबी गरेको छ । 'मन्त्रालयलाई हालसम्म ५९९ स्थानीय तहको विवरण प्राप्त भएको छ भने अन्य स्थानीय तहको विवरण आउने क्रम जारी छ,' प्रतिवेदन भन्छ, 'प्राप्त पछिल्लो विवरण अनुसार ५ सय ९९ स्थानीय तहले कुल ६ हजार ८ सय ६४ वटा विभिन्न सामूदायिक आयोजनामा जम्मा १ लाख ७५ हजार ९०९ जनालाई कुल २२ लाख ६२ हजार २ सय ६९ दिनको रोजगारी उपलव्ध भएको देखिन्छ ।'

प्रत्येक स्थानीय तहमा बेरोजगार व्यक्तिले पाएको प्रतिव्यक्ति रोजगारी दिन फरक फरक रहेको छ । यद्यपि सबै स्थानीय तहको तथ्यांकका आधारमा औषत प्रतिव्यक्ति रोजगार दिन हेर्दा एक जना व्यक्तिले औषतमा १३ दिनको रोजगारी पाएको देखिन्छ ।

मन्त्री विष्टले गत आर्थिक वर्षमा प्राप्त अनुभवको समीक्षा गर्दै चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम झन् प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । यसका लागि सम्पूर्ण कानूनी संरचना बनिसकेको भन्दै मन्त्री विष्टले अहिले आएका आलोचनालाई थप मनन गर्दै अघि बढ्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x