विद्यार्थीको खाजाका लागि लक्ष्मी बैंक र लक्ष्मी केयर्सको सहयोग

साउन १६, २०७६

काठमाडौं – लक्ष्मी बैंकले काठमाडौं वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयका विद्यार्थीको खानपानका लागि २ लाख ४० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ ।

सामान्यतः आर्थिक रुपले विपन्न परिवारका करीब २ सय जना विद्यार्थी अध्ययनरत नवआदर्श माध्यमिक विद्यालय सरकारी सहयोगमा समुदायबाट सञ्चालित विद्यालय हो ।


ADVERTISEMENT

न्यून पारिवारिक आयका कारण पोषणयुक्त आहारको कमी भई कतिपय बालबालिका कुपोषणको समेत शिकार हुन पुगेको कुरालाई मध्यनजर राख्दै बैैंकले सो सहयोग प्रदान गरेको हो । यसका अलावा बैंकको कर्मचारीद्वारा सञ्चालित लक्ष्मी केयर्स नामक गैरसरकारी संस्थाको माध्यमबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग पनि प्रदान गरेको छ । 

बैंकको न्यूरोड बिजनेस सेन्टरको १२ औं वार्षिकोत्सवका उपलक्ष्यमा बिजनेस सेन्टरमा कार्यरत कर्मचारीबाट संकलित १० हजार रकम र विद्यार्थीका लागि २० थान विद्यालय पोशाक समेत सहयोगस्वरुप प्रदान गरिएको छ । 

बिहीवार आयोजित एक कार्यक्रममा आर्थिक सहयोगको रकम र पोशाक विद्यालय तथा विद्यार्थीलाई हस्तान्तरण गरिएको छ ।

साउन १६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस