×

NMB BANK
NIC ASIA

प्रदेशमा चहलपहल

जनकपुरधाम ‘स्थायी राजधानी’ हुने पर्खाइ, करोडौंका होटलदेखि अस्पताल खुल्दै

साउन १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा लगानीकर्ताले विभिन्न क्षेत्रमा लगानी गर्न उत्साहित भएका छन् ।

Muktinath Bank

पछिल्ला २ वर्षभित्र जनकपुरका लगानीकर्ताले होटेल, अस्पताल, विद्यालय तथा कलेजदेखि ठूला शपिङ मलका लागि लगानी गर्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुरधाम उपमहानगरपालिकाका स्थानीय अभिषेककुमार झुनझुनवाला र चन्दन अग्रवालले संयुक्त रुपमा जनकपुरधाममा ठूलो होटेल निर्माण गर्न नक्सा पास गराएका छन् । 


Advertisment
Nabil box
Kumari

२०७५ वैशाख २० गते नक्सा इजाजत दर्ता गराएको होटेलको नक्सा पास समेत भइसकेको छ । जनकपुरधाम–४ मा रामायना हस्पिटालिटी प्रालिका लागि उनले ५९ हजार ९ सय ५५ वर्गफिटमा ५ तलासम्मको सुविधासम्पन्न होटेल भवन निर्माण  रिरहेका छन् । होटेलको लागि नक्सा पास गराउन नक्सा दस्तुर मात्रै उनले ५ लाख ४ हजार ४ सय ८५ रुपैयाँ राजस्व उपमहानगरलाई बुझाएका छन् । 

Vianet communication
Laxmi Bank

हालसम्मको जनकपुर उपमहानगरको इतिहासमा भवन निर्माणका लागि पास गराउने नक्सा सबैभन्दा बढी नक्सा दस्तुर होटेलले नै बुझाएका छन् ।

पहिलेदेखि नै जनकपुरको केन्द्र मानिने शिवचोकमा झुनझुनवालाको होटेल वेलकम छ । ‘प्रस्तावित होटेल फोर स्टारको हुने गरी लगानी गरिएको छ । स्विमिङ पुल, ४९ वटा कोठा, ८ सय जनाजति अट्ने २ वटा ठूला हल रहने ड्रीम प्रोजेक्ट नै हो,’ लगानीकर्ता झुनझुनवालाले भने, ‘जमिन त फाइभ स्टार होटेलको क्षमता जति नै छ तर १ सय कोठा नहुने हुनाले फोर स्टारको सुविधा दिने गरी होटेलमा लगानी गर्दैछौं ।’

अभिषेकका बुवा विजय झुनझुनवाला यसअघि नै अन्यत्र होटेल खोल्न चाहन्थे तर पछिल्लो समय जनकपुर अस्थायी राजधानी हुनु र सडक विस्तार हुनुले जनकपुरमै लगानी गरेको उनले बताए । 

जनकपुरमा विगतको तुलनामा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन पनि बढेकाले जनकपुरधाममा नै लगानी गर्न लागेको उनले बताए । जग्गा समेत गरेर १ सय ५० करोड रुपैयाँको लगानी छ भने जग्गाको मूल्य ७० करोडजति रहेको उनले बताए । केही महिनामा नै काम शुरू गरेर २ वर्षभित्र होटेल सञ्चालनमा ल्याउने गरी अगाडि बढेको झुनझुनवालाले बताए ।

जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित मुजेलियामा मुन्नुकुमार साहले पनि होटेल निर्माण गर्नका लागि नक्सा पास गराएका छन् । राजमार्गमै रहेको स्थानमा ५३ हजार ५ सय ३२ वर्गफिट क्षेत्रफलमा ६ तलासम्म भवन निर्माणका लागि साहले ४ लाख ५७ हजार ७ सय ९२ रुपैयाँ नक्सा दस्तुर बुझाएका छन् । २०७५ मंसिर ३ गते उनले नक्सा आवेदन उपमहानगरमा दर्ता गराएका थिए ।

जनकपुरधाम उपमहानगरपालिका–२३ मा अग्रज पत्रकार राजेश्वर नेपालीले पनि ठूलो अस्पताल निर्माणका लागि नक्सा पास गराएका छन् । नेपालीका छोरा स्व. रविन्द्र साहको नाममा रविन्द्र मेमोरियल अस्पताल निर्माण गर्नका लागि नक्सा पास गरिएको छ । ६० हजार १ सय ८१ वर्गफिट क्षेत्रफलमा ५ तलासम्म निर्माण गरिने भवनको नक्सा पास गराउँदा ४ लाख ५१ हजार १ सय २१ रुपैयाँ नक्सा दस्तुर बुझाइएको छ ।

उनका छोरा रविन्द्र साह पत्रकार थिए । उनको निधन भएका कारण उनको नाममा अस्पताल निर्माण गर्न लागिएको हो । पत्रकार नेपालीका छोरा राघवेन्द्र साहका अनुसार मधेश आन्दोलनका क्रममा प्रहरीले चलाएको अश्रुग्यास लागेर घाइते भएपछि काठमाडौंको वीर अस्पतालदेखि भारतको दिल्लीसम्म उपचार गराउने बेला दिल्लीमै रविन्द्रको निधन भएको थियो ।

‘अस्पतालमा भर्ना भएकै बेला रविन्द्रले आफूलाई जनकपुरमा यस्तो अस्पताल निर्माण होस् जहाँ सबै बिरामीको उपचार हुन सकोस् र जनकपुरका मानिसलाई बाहिर जानु नपरोस् भनेर भनेका थिए,’ राघवेन्द्रले भने, ‘त्यही सपना पूरा गर्नका लागि हामीले ५० करोड रुपैयाँ जतिको लगानीमा अस्पताल निर्माण गर्न लागेका छौं ।’ अस्पताल बनाउनका लागि करीब २ बिघा जग्गा जति बेचेको तथा एनआईसी बैंकबाट १ साता अगाडि ३ करोड रुपैयाँको ऋण समेत लिएको राघवेन्द्रले बताए । 

अस्पताल निर्माणका लागि भुइँतला निर्माण शुरू भइसकेको तथा केही महिनाभित्र २ तले भवन तत्काल निर्माण सम्पन्न गरेर अस्पताल सञ्चालनमा ल्याउने गरी अगाडि बढेको उनले बताए ।

जनकपुरधाम उपमहानगर–१४ मुजेलियास्थित राजमार्गमै ८४ हजार ८ सय ६१ वर्गफिटमा उषा अग्रवाल, अनिता मुरारका, शारदादेवी अग्रवाल, अर्चना अग्रवाल र अनिल अग्रवाल गरी ५ जनाले विद्यालय खोल्न नक्सा पास गराएका छन् । ३ तले भवन निर्माण गर्दा नक्सा पास हुनुअघि नै निर्माण कार्य शुरू गरेकाले उपमहानगरका प्रमुख लालकिशोर साहले ३ लाख ५१ हजार रुपैयाँ जरिवाना समेत लिएका छन् । नक्सा दस्तुर नै ५ लाख ८५ हजार ७ सय ४३ रुपैयाँ र जरिवाना समेत गरेर ९ लाख ३६ हजार ७ सय ४३ रुपैयाँ राजस्व उपमहानगरले असुल गरेको छ ।

‘ज्ञानदा इन्टरनेसनल स्कूलका लागि भवन निर्माण हुँदैछ,’ सञ्चालक अनिल अग्रवालले भने, ‘करीब १० करोड रुपैयाँको लगानीमा पहिलेदेखिकै विद्यालयलाई अन्तर्राष्ट्रियस्तरको विद्यालयमा रुपान्तरण गर्ने प्रयास गर्दैछौं ।’ तत्काल ८ कक्षासम्मको पढाइ हुने भएपनि १२ कक्षासम्मको पठनपाठन सञ्चालनमा ल्याउने गरी लगानी गरेको अग्रवालले बताए ।

डा. रामबाबुरमण जयसवालले जनकपुरधाम उपमहानगर–१ मा धनुषा अस्पताल निर्माण गर्नका लागि नक्सा पास गराएका छन् । १ हजार २ सय ८९ वर्गफिट क्षेत्रफलमा ३ तले अस्पताल भवन निर्माण गर्नका लागि उनले नक्सा दस्तुर १ लाख १७ हजार ३ सय रुपैयाँ बुझाएका छन् ।

जनकपुरधाम उपमहानगर–८ मा भोलासिंह लायन्स मिथिला बोडिङ स्कूलले विद्यालय भवन निर्माणका लागि नक्सा पास गराएका छन् । विद्यालय सञ्चालक रामप्रकाश साहले १३ हजार ८ सय ४६ वर्गफिट क्षेत्रफल रहेको जग्गामा १ लाख ६ हजार २ सय ७२ रुपैयाँ नक्सा दस्तुर र २५ हजार रुपैयाँ जरिवाना समेत बुझाएका छन् । 

यसरी विभिन्न अस्पताल, होटेल तथा विद्यालयदेखि शपिङ मल, सुपर मार्केटसम्मका लागि लगानी गर्न लगानीकर्ता उत्साहित भएका छन् । तत्काल जनकपुरभन्दा बाहिरका लगानीकर्ताले लगानी नगरेपनि चासो देखाइरहेको नेपाल उद्योग वाणिज्य संघ प्रदेश २ अध्यक्ष शिवशंकर साहले बताए ।

‘प्रदेश सरकारले प्रदेश सभाबाट जनकपुरलाई स्थायी राजधानीको रुपमा पारित गरेसँगै अन्य ठाउँका लगानीकर्ता पनि लगानी गर्न तयार छन्,’ साहले भने, ‘मुख्य गरेर फाइभ स्टारसम्मको स्तरको होटेलमा लगानी गर्नेदेखि विभिन्न सुपर मार्केटमा करोडौंमा लगानी गर्न लगानीकर्ता इच्छुक छन् । जनकपुरधाम स्थायी राजधानी नबन्दासम्म लागि लगानीकर्ताले पर्खिरहेका छन् ।’

जनकपुरधाम उपमहानगरपालिकाको नक्सा फाँटका प्रमुख मोहम्मद मन्सुर राइनका अनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा मात्रै जनकपुर उपमहानगरपालिकामा १ हजार ६ सय १० जनाले भवन निर्माणका लागि नक्सा दर्ता गराएका छन् । जसमध्ये १ हजार १ सय ५१ नक्सा पारित भएको छ । ३ करोड रुपैयाँ राजस्व नक्सा दस्तुरबाट मात्र असुल भएको राइनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x